प्रस, वीरगंज, १६ माघ/
शहीद दिवसको अवसरमा आजदेखि वीरगंजको नारायणी रङ्गशालामा प्रोगे्रशिभ गु्रप अफ स्कूल्सको आयोजनामा अन्तर्विद्यालय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमदले प्रतियोगिताको उद्घाटन गरेका थिए । वीरगंज गोल्डेन गेट एकेडमीका सञ्चालक सगीर अंसारीको अध्यक्षतामा शुरु भएको प्रतियोगिता उद्घाटन समारोहमा सहभागी ८ वटा टिमले मार्चपास गरेका थिए ।
आज सम्पन्न उद्घाटन खेलमा आइडियल एकेडमी जुनियर सिनियरतर्फको दुवै खेल जितेको शौकत अलिले बताए । पहिलो खेलमा सिनियरतर्फ अFइडियल एकेडमीले युनिभर्सल माविलाई १२० रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ्ग गर्दै आइडियलले १२ ओभरमा ५ विकेटको नोक्सानीमा १५१ रन जोडेको थियो । प्रतिउत्तरमा युनिभर्सल मावि ८.५ ओभरमा सबै विकेट गुमाएर ३१ रनमा सीमित भयो । यो खेलको म्यान अफ द म्याच जिसान अहमद घोषित भए ।
दोस्रो खेलमा जुनियरतर्फ पनि आइडियल एकेडमीले युनिभर्सल स्कूललाई ४७ रन अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ्ग गर्दै आइडियलले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । प्रतिउत्तरमा युनिभर्सल ११ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा सीमित रह्यो ।
यो खेलको म्यान अफ द म्याच राजन महतो घोषित भए ।
आजदेखि शुरु भएको प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने र प्रतियोगितामा ८ वटा टिम सहभागी भएको अलीले बताएका छन् ।