$type=ticker$count=12$cols=4$cate=0

सङ्घीय सरकारहरूको अवसर र चुनौती

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    २०७२ असोज ३ मा जारी संविधानले सङ्घीयता र गणतन्त्रको स्थापना गरे पनि तीन तहको चुनाव नहुँदै उक्त उपलब्धि कागजी मात्र थियो। उक्त उपलब्धि संरक्षणको लागि चुनाव   अपरिहार्य भएकोले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव सम्पन्न भएर स्थानीय सरकार त गठन भइसकेका छन् र प्रदेश सरकार गठन प्रक्रियामा छ। प्रदेश सरकार गठन भएपछि वास्तविक रूपमा सङ्घीयता कार्यान्वयन हुनेछ भने प्रदेश सरकारहरूले जनचाहना अनुसार काम गरे भने जनताले दिएको बलिदानको उपलब्धि प्राप्त हुनेछ। गठन भएर प्रदेश सरकारले जनतालाई सेवा दिन थालेपछि मात्र सङ्घीयता कार्यान्वयनको पहिलो चरण पूरा हुनेछ। कुनै पनि संविधानको लोकतान्त्रिक मर्म भनेको समग्र जनताको अपनत्व पाउनु  र कार्यान्वयनमा सहज हुनु हो। लगभग अढाई सय वर्षको एकात्मक राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउनु आमजनताको लागि ठूलो उपलब्धि हो भने नेपाली संविधानसभाको विशव सामु सफलताको सन्देश हो। जनप्रतिनिधिहरूले प्रथमपटक आप्mनो उद्देश्य पूरा गर्न सफल भएको दृष्टान्त पनि हो। संविधान निर्माण भयो तर संविधान निर्माताहरूको सफलता तब मात्र सार्थक हुन्छ जब सबै नेपालीले सङ्घीय सरकारमार्फत् विभेद अन्त र समृद्धिको शुरुआत हेर्न पाउँछन्। यसर्थ विभेद अन्त गर्दै समृद्धिको मार्ग खोज्नु नै सङ्घीय सरकारको पहिलो कार्यभार हो।
    नेपाली जनताले सङ्घीय गणतन्त्रात्मक संविधान पाउनु पहिलो उपलब्धि हो भने संविधान मुताबिक सङ्घीय सरकारहरू गठन हुनु दोस्रो उपलब्धि हो। प्रदेश र स्थानीय सरकार देश र जनताको समृद्धिमा सफल हुनु अर्को उपलब्धि हुनेछ। चुनावपछि उपलब्धिको चरण बिनाअवरोध अगाडि बढनुपर्नेमा विवाद बढदैछ, जुन चिन्ताको विषय हो। जसलाई समयमैं समाधान गर्दै जानुपर्छ। चुनावलगत्तै राष्ट्रियसभा चुनाव प्रक्रियाको विवादले लामो समयसम्म सरकार गठन हुन नसकी काम चलाऊ सरकारले काम गर्नुपरेको छ। काम चलाऊ सरकारले चौतर्फी आलोचनाको बावजुद एकमाथि अर्को दीर्घकालीन निर्णय गर्दैछ। अहिले सात सय ५३ वटा स्थानीय सरकार र ७ वटा प्रदेश सरकार तथा एउटा सङ्घीय सरकारको खर्च नै अत्यधिक भएको अवस्थामा सबै शक्ति सहमति र सहकार्यको बाटोमा नहिंडेसम्म उपलब्धि संरक्षित रहन सक्दैन। तर मुलुक उपर अत्यधिक आर्थिक भार बढने गरी निर्णय हुँदैछ भने आपसी विवाद बढी र आय आर्जन ठप्प छ। अहिले दलहरूबीच दूरी बढनु नै सङ्घीयतामाथि चुनौति हो। अस्थायी राजधानीको विषयमा दलहरू बीच सहमति हुन नसक्नु, जताततै विवाद हुँदै जानु, आन्दोलन र अनशन बढदै जानु सङ्घीयताको लागि चुनौति हो। २ नं प्रदेशमा राजधानीको विवादले नागरिक एकता नै खल्बल्याउने चिन्ता बढाएको छँदैछ।             मुख्यमन्त्रीको नियुक्तिको पनि विवाद कम देखिन्न। पूर्व–पश्चिमको विवाद त्यतिकै चर्किेने अवस्था छ। वीरगंजसँग अन्याय नै भएको आम बुझाइ  छ। मधेस आन्दोलनको मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड नै रहेको वीरगंजले न राजधानी बन्ने अवसर पायो, न प्रदेश प्रमुख, न मुख्यमन्त्री पाउने सम्भावना छ । बितेको तीनै तहको चुनावमा बारा, पर्सा, रौटहटले अत्यधिक योगदान गरे पनि त्यो अनुसार अवसर पाउन सकिरहेको छैन। जसमा वीरगंजेलीहरूको चित्त दुखाइ छ। वीरगंजले कुनै अवसर पाउन नसक्नुको मुख्य कारण यहाँ शीर्ष नेता नहुनु हो। यसले मधेसको एकतामा नै प्रतिकूलता आउन सक्ने सम्भावना छ । यो सङ्घीय सरकार र जनप्रतिनिधिहरूको लागि ठूलो चुनौति हो। यसलाई मधेसवादी नेताहरूले गम्भीरतापूर्वक लिनुपर्छ। नागरिक एकता खलबलिन दिनुहुँदैन। सबै नागरिकको चाहना सन्तुलित किसिमले सम्बोधन गर्दै जानु आवश्यक छ भने राजधानी र मुख्यमन्त्रीजस्तो अस्थायी मागको कारणले मात्र नागरिक एकता र प्रमुख उपलब्धि सङ्कटमा नपरोस् भन्ने सबैले बुझ्नु पनि पर्छ। मधेसको एकता हेर्न नचाहने कतिपय प्रतिगामी शक्तिले यस्तै मौकामा पानी धमिलो पारी माछा मार्न खोजेको पनि बुझ्न सकिन्छ। मुख्य उपलब्धि संरक्षणको लागि आप्mनो गोरुको बा¥है टक्काजस्तो मानसिकता त्याग्नुपर्छ। यसले प्रतिगामीले गोटी चाल्ने अवसर पाउँछ।
    संविधान संशोधनजस्तो महŒवपूर्ण माग यथावत् छ। यसको लागि एकता चािहन्छ नै। उक्त माग निस्तेज होस् भनेर कतिपय शक्तिले दूरी बढाउन सक्ने सम्भावना पनि छ। यसर्थ संविधानमा नरहेको कुरा संशोधनद्वारा पूरा गराउने कुरालाई महŒव दिनैपर्छ। अहिलेको चुनावमा मधेसवादीहरूले पहिलेको तुलनामा बढी जनमत पाएको कुरा गैरमधेसीको लागि चिन्ता बनेको हो भने त्यो मधेसवादीको लागि अवसर हो। यस अवसरलाई झिनोमसिनो कुराले ओझेलमा पर्न दिनुहुन्न। अपुग कुरा संशोधनबाट पूरा गर्दै अगाडि बढनुपर्छ। प्रदेश प्रमुख र राजधानी वीरगंजले नपाए पनि बारा, पर्सा, रौटहटमा कमसेकम मुख्यमन्त्री दिंदा अलिअलि सन्तुलित हुन्छ । फेरि मधेसमा जातीय कुराले पनि धेरै विभेद हुने गरेको आशङ्का छ। यसर्थ शीर्ष नेताहरूको जातिभन्दा अन्य जातिलाई प्रोत्साहन दिंदा सन्तुलन कायम हुन्छ। वर्तमान संविधानमा संशोधनको लागि सङ्घीय संसद्मा पनि दुईतिहाई बहुमत पु¥याउन सक्ने दलहरूसँग समबन्ध सुधार गर्दै जानुपर्छ। सत्ता समीकरण गर्दा संशोधनको सवाललाई ओझेलमा पर्न दिनुहुन्न। वास्तवमा भन्ने हो भने मधेसवादी दलहरूको लागि यो परीक्षाको घडी हो।
    मधेसवादीहरूको अहिले केन्द्रीय तहमा पनि राम्रै हैसियत छ भने २ नं प्रदेशमा पनि। अहिले २ नं प्रदेशको आप्mनो सरकार भएर पनि विकास हुन सकेन र विभेद हटन सकेन भने  जनताले अर्को विकल्प खोज्न सक्छ । आम जनताले धेरै सोचीसम्झी मधेसवादीलाई अवसर दिएको छ। यसर्थ सत्तामा गए पनि सत्ता स्वार्थमा लाग्नुहुन्न । पार्टी फोडने कार्यमा लाग्नुहुन्न । विदेशीको गोटी बन्नुहुँदैन । अख्तियारले औंला ठड्याउन सक्ने खालको काम गर्नबाट सजग रहनैपर्छ। २ नं प्रदेशभित्र ओझेलमा परेको हुलाकी राजमार्ग, अन्तर्राष्टिय विमानस्थल निर्माण, द्रुत मार्ग, रेल्वे लाइन, पेट्रोलियम पाइप लाइन  तथा सिंचाइको विकासमा विशेष पहल गर्नै पर्छ। वर्तमान संविधानले संविधान संशोधनको प्रावधान त्यति कठोर बनाएको छैन। यो संविधानको सहज संशोधनको प्रावधान संविधानको गतिशीलताको प्रमाण हो। संविधानको गतिशीलता संविधानको आयु बढाउने महŒवपूर्ण खम्बा पनि हो। अपरिवर्तनीय वा संशोधनमा कठोर हुने संविधान कि निरङ्कुश हुन्छ कि अल्पजीवी हुन्छ। जस्तै २०१९ र २०४७ को संविधानमा भयो। विश्वका ठूला एवं विकसित मुलुकका संविधानहरू सयौं वर्ष टिक्नुको पछाडि एउटा मात्र कारण गतिशीलता हो।
    संविधान कसले कसरी बनायो त्यो महŒवपूर्ण हुँदैन। संविधानले कसरी आम जनताको असन्तुष्टि सम्बोधन गर्न सक्छ, त्यो महŒवपूर्ण हो। संविधान संशोधनको सहज प्रक्रियाले नै भारतको संविधान १२२ पटक संशोधन भएको छ भने अमेरिकाको संविधान २७ पटक। जापानको संविधान सेनाले बनाए पनि सबै जनताले मात्र होइन, लोकतान्त्रिक संसद्ले पनि अनुमोदन गरेको थियो र त्यही संविधानले जापानलाई विश्वमैं विकसित एवं शक्तिसम्पन्न बनाएको छ । यो गतिशीलताले नै मुलुक समृद्ध एवं शक्तिशाली बनेको छ। यसर्थ भएकै संविधानमा सहमति एवं सहकार्य गरी समृद्धिको मार्ग खोज्न आवश्यक छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सङ्घीय सरकारहरूको अवसर र चुनौती
सङ्घीय सरकारहरूको अवसर र चुनौती
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJdrAc8pl5pEt_3HoWEuVshQInnvTDJJpVMvwtLnxsFwjo6qPBlob4bB4ivrrpSJS73kNrDy54rk_sFuwIFl4f1zFNIppCO-Gdy8wy-9WWLMvGt6Kqk1mZ8HI5kFwWbheYlZnWWBGvc3gC/s1600/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJdrAc8pl5pEt_3HoWEuVshQInnvTDJJpVMvwtLnxsFwjo6qPBlob4bB4ivrrpSJS73kNrDy54rk_sFuwIFl4f1zFNIppCO-Gdy8wy-9WWLMvGt6Kqk1mZ8HI5kFwWbheYlZnWWBGvc3gC/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/01/blog-post_219.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/01/blog-post_219.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy