सञ्जय साह मित्र
कतिपय कुरामा आलोचना सहनुपर्दा पनि त्यति दुःख लाग्दैन । यस आलेखको सम्बन्धमा पनि मेरो सन्दर्भमा यो लागू हुन्छ किनभने कतिपयलाई यो मन नपर्न सक्छ । यद्यपि यो स्वतन्त्र विचार हो, यसकारण आप्mनो वैचारिक स्वतन्त्रताको उपयोग, कसैलाई दुरुपयोग लागे पनि दुस्साहस गर्दैछु ।
“प्रभु साह जे वाचा करइछई, ऊ पूरा होखलई” नवनिर्वाचित सFंसद एवं पूर्वमन्त्री प्रभु साहले एक सन्दर्भमा भनेका छन् । साहलाई विकास पुरुषको संज्ञा दिनेको कमी छैन, सार्वजनिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा पनि । उनले विकासको थालनी गरेका छन् । सामान्य परिवारबाट उठेर उनी देशमा राजनीतिको क्षेत्रमा आप्mनो नाम स्थापित गर्न सफल बनेका छन् । उनी लेखक पनि हुन् । उनका राजनैतिक दर्शनका पुस्तक पनि प्रकाशित छन् । अन्य लेखहरूको सङ्ग्रह पनि प्रकाशित छ । चारभन्दा बढी पुस्तकाकार कृति प्रकाशित साह गीतकार पनि हुन् । कैयौं गीति एलबम पनि निस्केको छ । उनको एउटा आर्थिक प्रस्तावले संसद्मा लामो समय बहस ल्याएको थियो । हरेक स्थानीय तहमा अनिवार्यरूपमा ‘क’ वर्गको बैंक पुग्नुपर्छ भन्ने अवधारणालाई उनले स्थापित गराएका हुन् । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उनको निरन्तर सक्रियता रहेको छ । उनले सर्जकलाई अन्तर्हृदयदेखि सम्मान गर्दछन् । तर यस आलेखमा उनको विकासको तरिका अर्थात् मोडेलबारे केही चर्चा गर्ने प्रयास गरिएको छ ।
गत वर्ष प्रधानमन्त्री रहेकै बेला पुष्पकमल दाहाल रौतहटमा सडक बचाओ अभियानमा सहभागी भएका थिए । सडक बचाओ अभियानका अभियन्ता प्रभु साहले हरेक घरलाई सडकसित जोडने अभियान सञ्चालन गरेका छन् । राज्यले करोडौं खर्च गर्नुपर्ने तथा वषौंF लगाएर गर्नुपर्ने सडकसम्बन्धी कामलाई साहले आप्mनो अभियानमार्फत् केही दिनमैं सम्पन्न गर्ने गरेका छन् । अभियानमार्फत् नयाँ सडक निर्माण, पुराना सडकको मरम्मतदेखि नयाँ राजमार्गको रूपरेखा नै तयार पारिसकेका छन् । उनी बडो सजिलो तरिकाले सडक निकालेर रौतहटलाई सम्भवतः तराईकै सबैभन्दा बढी सडकको विकास भएको जिल्लाका रूपमा चिनाउन सफल भएका छन् । जति सजिलो गरी रौतहटका गाउँगाउँमा पुग्न सकिन्छ, उति सजिलो छिमेकी बारा र सर्लाहीमा अहिलेसम्म सकिंदैन । साहको अभियान थालिनुभन्दा पहिले बकैयाभन्दा पश्चिमको रौतहटलाई सबैले दुर्गम मानेका थिए तर अब कुनै पनि गाउँमा कुनै पनि महिना सजिलै मोटर पुग्न सक्छ । अधिकांश गाउँलाई पिचले जोडने अभियान नै रहेको छ । साहको पहलमा साँच्चै बकैया नदीको कैयFैं ठाउँमा पुल निर्माण भएको छ, कैयौं ठाउँमा पुल निर्माण भइरहेको छ । उनी भन्छन् –जिल्लामा सयभन्दा बढी पक्की र झोलुङ्गे तथा साधारण पुल केन्द्रीय योजनाबाट ल्याउन सफल भएको छु, यसका धेरैको सहयोग रहेको छ ।
हरेक गाउँलाई राजमार्गसित जोडनुपर्छ । गाउँलाई व्यवस्थित बनाउनुपर्छ । गाउँ राजमार्गसित जोडिएमा र व्यवस्थित बसोवास भएमा शहरको सुविधा गाउँमा आउन सक्छ । मानिसलाई शहर पुग्न पनि सजिलो हुन्छ । गाउँको परम्परागत पेशाले आधुनिकरूप पाउन सकेमा गाउँमा रोजगारको सम्भावना बलियो हुन्छ जस्ता अवधारणालाई निरन्तर सार्वजनिक गर्ने गरेका साहले यस अनुरूप काम गरेर प्रमाणित पनि गरेका छन् । साहको गाउँ मौलापुरलाई मैले व्यक्तिगत किसिमले कम्तीमा तीस वर्ष पहिलेदेखि राम्ररी चिनेको छु । अहिले आएर उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा बम नहरसित जोडिएको छ । मौलापुरलाई पूर्वमा जनकपुर र पश्चिममा वीरगंजसित जोडने प्रयास पनि भइरहेको छ । अहिले मौलापुरबाट गौर र वीरगंज दिवासेवा बस सञ्चालनमा छ भने बिहान टाटा सुमो र साँझ रात्रि सेवाका बसहरू काठमाडौंको लागि प्रस्थान गर्ने गरेका छन्, नियमितरूपमा । विकासको पथमा मौलापुरलाई अगाडि बढाउने क्रममा सम्भवतः देशमा नै पहिलोपल्ट नगरपालिकालाई धूवाँमुक्त भान्छा भएको नगर घोषणा गरिंदैछ । करिब हरेक घरमा साहले ग्याँस सिलिन्डर र ग्याँस चुल्हो वितरण गरिसकेका छन् तथा सधैंभरि निश्शुल्क ग्याँस सिलिन्डर दिइरहने रणनीति निर्माण गर्न लागेका छन् । सडकको सन्दर्भमा मौलापुर नगरपालिकालाई पाँच वर्षभित्र दोगाडीमुक्त अर्थात् साँघुरो गल्लीमुक्त नगरपालिका बनाउने योजना छ । हरेक घरलाई अनिवार्यरूपमा सडक, नाला, खानेपानी र बिजुलीसित जोडने घोषणाको कसले पो सराहना नगर्ला ? उनले गरेका घोषणाहरू कार्यान्वयन हुन्छन्, यसकारण के आशा गरिन्छ भने आगामी पाँच वर्षभित्र साहको क्षेत्रमा फुसको छाप्रो भएको एउटै घर रहने छैन, अर्थात् सबै गरिबले कुनै न कुनै रूपमा पक्की घर पाउने छन् । रौतहटका पुराना बजारहरू शिवनगर, गरुडा, कटहरिया, समनपुर, बंकुल, राजपुर आदि भएर राजमार्गको उनले परिकल्पना गरेका छन् अब साकार हुनै लागेको छ । सबैतिरबाट उपेक्षित रहेको कटहरियालाई उनी तेस्रोपल्ट जनताबाट निर्वाचित भएपछि गज्जब तरिकाले जोडने उपक्रमलाई साकार पार्नै आँटेका छन् । कलैयाबाट बाराकै मलाहीसम्म ठूलो सडकको काम भइरहेको अवस्थामा त्यहाँबाट कटहरिया जोडन दुई ठाउँमा सडक अभाव देखिएपछि रौतहटको सन्तपुरमा चार किलोमिटर भन्दा लामो नयाँ सडक कम्तीमा पन्द्रदेखि बीस मिटर फराकिलो निकालेका छन् । कटहरियाभन्दा पश्चिम पनि सडक अभाव पूरा गरेका छन् भने कटहरियामा पनि सडकको नयाँ सञ्जाल खोलेर निर्माण कार्य प्रारम्भ भएको छ । कटहरियाबाट गरुडा जान करिब तीन किलोमिटर घुमाउरो बाटो रहेकोमा सीधा पार्ने उनको प्रयास सफल भएको छ ।
जहाँ सडक खोल्नु छ, त्यहाँका सबै बासिन्दालाई भेला गराएर स्थानीय सबै प्रमुखलाई समेटी विकासमा सबैको सहभागिताको सुनिश्चिता गर्ने साहको तरिकालाई सबैले मोडल मान्न थालेका छन् । अहिले भर्खरै कार्यान्वयनमा रहेको उनको सन्तपुरको ठूलो सडक निकाल्ने तरिका राजनीतिकरूपमा फरक विचारको रहेको व्यक्तिको संयोजकत्वमा उनलाई नै कार्यको श्रेय जाने गरी समिति बनाएर सडक खोलेको देखिन्छ । सकेसम्म सबै प्रमुख दलका सबैजना स्थानीयलाई जिम्मा दिएपछि सडक डिभिजन कार्यालय र आफ्नो जिम्मा पनि केही कार्य विभाजन गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा महँगो जमिन मानिने गरुडामा सडकको नयाँ ट्र्याक खोल्नेदेखि पिच गर्ने र पुल निर्माण गर्नेसम्मको जिम्मेवारी बाँडफाँडमा करिब एक घण्टा पनि लागेन । सबै पक्ष खुशी र सन्तुष्ट भए, र नयाँ मोडेलको विकासमा सबै पक्ष विनविनको अवस्थामा पुगे । तीन किलोमिटर घुमाउरो बाटो डेढ किलोमिटरमा सीधा पार्दा एकातिर कटहरियाको बाटो छोटो हुने र अर्कोतिर सडक फराकिलो हुने हुँदा सबैले खुशीसाथ स्विकारे । गरुडाका नगर प्रमुखको संयोजकत्वमा नौ सदस्यीय सडक निर्माण समिति बनाउँदा एमाले र माओवादीबाट एकएकजना पार्दा सबैभन्दा बढी फोरम र नेपाली काङ्ग्रेसका स्थानीय हैसियतवाला मान्छेलाई राखेर सडकको रेखाङ्कन गर्ने मूल जिम्मेवारी दिंदै उपस्थितहरूबाट अनुमोदन गराए । साथै सडक डिभिजन कार्यालयका डिईलाई विभागको यन्त्र ल्याएर समितिको रोहबरमा माटो पुर्ने काम गर्ने जिम्मा दिए । पूर्वमन्त्री साहले सडक पिच गर्न र लमाहा नदीमा पुल र नहरमा कल्भर्ट निर्माण गर्न बजेट विनियोजन गराउने जिम्मा लिए । साथै सबैको सामु बजेट आउनासाथ डेढ वर्षभित्र पिच गराई छाडने जिम्मेवारीपूर्ण प्रतिबद्धता डिईबाट सार्वजनिक गराए । डिईले एउटा वाक्य यस्तो पनि भने – माननीय साहको सार्थक सक्रियताले दुई वर्षमा पूरा गर्ने भनी ठेकेदारले लिएको सडक निर्माणको ठेक्का एक वर्ष पनि पूरा नहुँदै पूरा हुन लागेको छ । यो कुरो कटहरियालाई गरुडासित जोडने सडकको हो, जुन एउटा चार पाङ्ग्रे मुश्किलले चल्ने किसिमको थियो, अहिले कम्तीमा पन्ध्र मिटर फराकिलो बन्दैछ, जसमा घटीमा सातमिटर चौडा कालोपत्रे रहेको छ ।
सबै पक्षलाई समेटेर सडक निर्माणको कार्य गर्ने, सडक निर्माणको श्रेय सबैलाई दिने तथा केन्द्रबाट बजेट ल्याउने र समयमैं कार्यान्वयन गराउने मात्र नभई नियमानुसार भए नभएको नियमित अनुगमन गर्ने साहको तरिकालाई स्थानीयले मोडेल भन्न थालेका छन् । शिक्षा, स्वास्थ्य, बिजुली, सडक, भवन लगायत भौतिक पूर्वाधार र अन्य क्षेत्रमा साहले साँच्चिकै सराहनीय काम गरेका छन् । यसै कारणले होला हरेकचोटि निर्वाचित हुँदा साहले पहिलेभन्दा मतान्तर बढाउँदै लगेका छन् । यसलाई साहको विकासवादी छविको जनताद्वारा अनुमोदन ठानिएको छ ।
आफैंले श्रेय नलिने, सबैलाई स्वामित्वको गौरव दिलाउने र कहिल्यै पनि खाली नबस्ने साहको विकासवादी सिद्धान्तबाट अन्य राजनेताहरूले पनि प्रेरणा लिने कि ?