अनन्तकुमार लाल दास
हुनत विद्यालयको प्रचार–प्रसार वर्षभरि टेलिभिजन, एफएम र समाचारपत्रहरूमा भइरहन्छ, तर खासगरी नयाँ सत्र प्रारम्भ हुनुपूर्व चैत र वैशाख महिनामा यस्ता प्रचारको बाढी नै आउँछ । प्रत्येक विद्यालय, खासगरी संस्थागत आकर्षक टैग लाइनसहित आआप्mनो विद्यालयको विशेषता प्रचारित–प्रसारित गर्ने कोशिशमा कुनै कमी गर्दैनन् । यस प्रकारको विज्ञापनको एक मात्र लक्ष्य बढीभन्दा बढी अभिभावकहरूलाई आपूmतर्पm आकर्षित गर्नु हो । केटाकेटीहरूको लागि राम्रो शिक्षा दिलाउने जिम्मेवारी अभिभावकहरूको हुन्छ भन्ने कुरामा विद्यालय सञ्चालक पूर्णरूपले विश्वस्त हुन्छन् । यस कारण विद्यालयको विशेषता अभिभावक समक्ष पु¥याउनु विद्यालय सञ्चालकहरूका लागि आवश्यक हुन्छ । अर्कोतर्पm सामुदायिक अर्थात् सरकारी विद्यालयहरूमा खस्दो नामाङ्कन र कम नामाङ्कनले गर्दा विद्यालयहरू गाभिने कार्य भइरहेको हुँदा सरकारी विद्यालयहरूले पनि प्राइभेट विद्यालयझैं प्रचार–प्रसार गर्न आवश्यक ठान्छन् ।
उसो त सरकारले पनि सरकारी विद्यालयहरूमा नामाङ्कन वृद्धिका लागि भर्ना अभियानको थालनी गरेको छ तर यो मात्र एक दिने ¥यालीमा सीमित हुन्छ । यस कारण आम मानिसले प्राइभेट विद्यालयजस्तै सरकारी विद्यालयहरूले पनि प्रवेशोत्सव कार्यक्रम गर्नुपर्ने कुरा आवश्यक ठान्छन् । यी सबै कुराको एक मात्र उद्देश्य विद्यालयमा नामाङ्कन बढाउनु हो तर एउटा अभिभावकको नाताले विज्ञापनको यस भीड र चमकदमकमा एउटा राम्रो विद्यालयको पहिचान गर्नु जटिल प्रश्न बनेको छ । राम्रो शिक्षा दिने ग्यारेन्टीको वास्तविकता र त्यस पछिको मान्यता बुझ्नका लागि प्राइभेट विद्यालयहरूले प्रयोग गर्ने शब्दावलीलाई सूक्ष्मता साथ विश्लेषण गर्नुपर्ने हुन्छ । के पनि बुझ्नुपर्ने हुन्छ भने एउटा विद्यालयले गर्ने वाचामा कहीं विरोधाभास त छैन ? यस आलेखद्वारा यिनै वाचाको अन्तर्सम्बन्ध बुझ्ने कोशिश गरिएको छ । सँगसँगै एक्काइसौं शताब्दीको शिक्षालाई किन प्रचार–प्रसारको यति आवश्यकता छ भनी बुझ्ने जमर्को गरिएको छ ।
राम्रो शिक्षा कि उपयुक्त शिक्षा ?
जुनबेला हामीले राम्रो शिक्षा, राम्रो संस्कार, राम्रो मूल्यजस्ता कुरा गर्छौं, सबभन्दा पहिले के बुझ्नुपर्छ भने राम्रो शिक्षाको अर्थ के हो ? शिक्षाको विशेषतालाई हामी कुन रूपमा हेर्छौं ? के राम्रो शिक्षामा संस्कार निहित हुँदैन ? के नैतिक मूल्य र मान्यताविहीन शिक्षाको कल्पना गर्न सकिन्छ ? फेरि यो संस्कार भनेको कस्तो हो ? कुन वर्ग वा समुदायको मान्यतामा आधारित छ ? के संस्कारको कुनै सर्वमान्य परिभाषा छ ? यी प्रश्नहरूको गहन अध्ययन गर्दा के पाइन्छं भने विद्यालयहरूले आप्mनो विज्ञापनको विषयवस्तुमा यसलाई स्पष्ट गर्दैनन् ।
विज्ञापनमा लेखिएका कुराहरू अत्यन्त व्यक्तिसापेक्ष हुन्छ । जुन कुरो हाम्रो लागि राम्रो हो त्यो अरूलाई पनि राम्रो लाग्छ भन्ने छैन । राम्रोको सम्बन्ध हाम्रो आवश्यकता, सन्दर्भविशेषमा त्यसको उपयुक्तता र व्यापक नैतिक र सामाजिक मूल्यप्रति निष्ठामा पनि आधारित हुन्छ । कुनै पनि व्यक्ति, समुदाय वा वर्गविशेषका लागि त्यो शिक्षा उपयुक्त हो, जसले उसका आवश्यकताहरूको पूर्ति त्यसको व्यापक सामूहिक हित र मूल्यलाई ध्यानमा राखेर गर्दछ । यस कारण राम्रो शिक्षाको लागि के आवश्यक छ भने त्यो शिक्षा मानिसको व्यापक सामाजिक र आर्थिक हितका लागि उपयुक्त होस् । राम्रो शिक्षा दिने वाचामा के कुरो प्रस्ट पार्नुपर्छ भने यो कसरी ती विद्यार्थीका लागि उपयुक्त छ, जो त्यस विद्यालयमा पढन आउँछ ।
प्रविधि साधनको रूपमा वा साध्यको
कम्प्युटर प्रविधि र श्रव्य–दृश्य सामग्रीहरूको प्रयोगले शिक्षण प्रक्रियालाई अझ राम्रो र रोचक बनाउन सकिन्छ । राम्रो पक्ष के हो भने धेरैजसो विद्यालयहरूले यस्ता सुविधाहरू उपलब्ध रहेको दाबी गरिरहेका छन् । तर यहाँ के प्रस्ट हुनुपर्छ भने यी सुविधाहरू केटाकेटीहरूको सिकाइ प्रक्रियामा ‘साधन’ हो ‘साध्य’ । केटाकेटीहरूलाई कम्प्युटर चलाउन सिकाउनु, कम्प्युटर प्रविधिमा निपुण बनाइदिनु एउटा कुरो हो तर कम्प्युटरको माध्यमले बेग्लाबेग्लै विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गर्नु बेग्लै कुरा हो । यहाँ महŒवपूर्ण कुरो के हो भने विद्यालयले यसको उपयोग कसरी गरिरहेको छ ? विषयवस्तुको छनोटको आधारले पनि केही सावधानी आवश्यक हुन्छ । जस्तै जुन विषयवस्तु हामी छनोट गर्छौं त्यसबाट कस्तो सामाजिक र नैतिक मूल्यको विकास गर्न सकिन्छ ? खासगरी कक्षामा कम्प्युटरको प्रयोग कति र कहाँ–कहाँ गर्ने हो त्यसको स्पष्टता आवश्यक छ । श्रव्यदृश्य सामग्रीको प्रयोग कुनै शिक्षण प्रक्रियाको उद्देश्य हुन सक्दैन तर यो विषयवस्तुलाई रोचक तरिकाले केटाकेटीहरू समक्ष पु¥याउने माध्यम बन्न सक्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने विषयवस्तु महŒवपूर्ण हो तर कुनै पनि निजी विद्यालयको प्रचार सामग्रीमा ‘विषयवस्तु’ माथि चर्चा हुँदैन ।
परीक्षा पास गर्ने बाध्यता भर्सेज नियमित सिक्ने प्रक्रिया
माध्यमिक शिक्षा परीक्षाको बेला विशेष तयारी र व्यक्तिगत कमजोरीलाई हटाउने कोशिश गरिरहेको दाबी प्रायः सबै विद्यालयहरूको हुन्छ । वर्षभरि राम्रो शैक्षणिक प्रक्रिया सञ्चालन गर्ने वाचा गरे तापनि यदि माध्यमिक शिक्षा परीक्षाको बेला विशेष प्रयास गर्नुप¥यो भने त्यस्तो गतिविधिमाथि प्रश्न खडा हुनु स्वाभाविक हुन्छ । के विद्यालयको यस वाचालाई परीक्षाको बेला घोकाएर पास गराउने विशेष प्रबन्ध त्यहाँ छ भन्ने कुरोलाई यसरी बुझ्न सकिंदैन ? यदि यसो हुँदैनथ्यो भने माध्यमिक शिक्षा परीक्षाको बेला व्यक्तिगत सम्पर्क र विशेष ध्यान दिने कुरा नगरी वर्षभरि शैक्षणिक प्रक्रिया यस्तै हुन्छ भन्ने कुरा गरिन्थ्यो । आज विद्यालयको गुणस्तरीयता माप्ने माध्यम आधारभूत तहको अन्तिम परीक्षा र माध्यमिक शिक्षा परीक्षाको परिणाम बनेको छ । आज माध्यमिक शिक्षा परीक्षाको परिणामले अगाडिको पढाइको विषय र कलेज निर्धारित गर्न थालेको हुनाले नै विद्यालयहरूले पनि येन–केन–प्रकारेण केटाकेटीहरूले राम्रो ग्रेड ल्याऊन् भन्ने हुन्छ । यहींनिर के बुझ्नुपर्ने हो भने शिक्षाको अर्थ तथ्य र सूचनालाई घोकेर परीक्षामा राम्रो ग्रेड हासिल गर्नु मात्र होइन ।
मनोरञ्जन भनेको खेलकूद, नृत्य, सङ्गीत मात्र हो ?
धेरैजसो विज्ञापनहरूमा अतिरिक्त क्रियाकलापको रूपमा खेलकुद, नृत्य र सङ्गीतको बखान गरिन्छ । खेलकूद र नृत्यको प्रयोग मात्र केटाकेटीहरूको मनोरञ्जनका लागि गरिन्छ वा एक प्रकारको शिक्षण विधिको रूपमा ? यदि यो शिक्षण विधिको रूपमा छ भने कुनै खास दिनको काम नभई दैनिक क्रियाकलापको हिस्सा हुनुपर्छ । यहाँ अर्को महŒवपूर्ण कुरो के छ भने हामी खेल र नृत्यलाई शिक्षण विधि वा मनोरञ्जन, जुन उद्देश्यले पनि शिक्षणमा सामेल गरिरहेका छौं भने यसप्रति सावधानी अपनाउनु अति आवश्यक हुन्छ । खेल केटाकेटीहरूको आवश्यकता र क्षमतामाथि केन्द्रित हुनुपर्छ । कुनै पनि रूपमा लैङ्गिक असमानता, गैरबराबरी, छुवाछूत, उँच–नीचजस्ता गैरसामाजिक मूल्यलाई बढावा दिने खेल वा गतिविधि चयन गर्नुहुँदैन । यस्ता खेल र गतिविधि चयन गर्न शिक्षकहरूमा विशेष दक्षता, सीप र संवेदनशीलताको आवश्यकता हुन्छ । विद्यालयमा खेल र अन्य यस्ता गतिविधिको महŒव स्वीकार गर्न थालिएको अवस्थामा आप्mनो विद्यालयको शैक्षणिक प्रक्रियाको सफलताको लागि खेलकुद, नृत्य र सङ्गीतको प्रयोगलाई यी विज्ञापनहरूले प्रस्ट पारेका हुँदैनन् ।
अङ्ग्रेजी माध्यम र केटाकेटीहरूको भाषा
देश र दुनियाँको शिक्षा र समाजशास्त्रीहरूले प्राथमिक शिक्षा मातृभाषामा हुनुपर्ने कुराको वकालत गरिरहेको बेला शिक्षाको पहिलो पाइलामा अङ्ग्रेजी माध्यममा शिक्षा दिने विचार सन्देहास्पद छ । मातृभाषामा शिक्षा दिने कुरोको वकालत मात्र भाषाप्रतिको प्रेमको कारण नभई केटाकेटीहरूको सिक्ने क्षमता र प्रक्रियामा गरिएको शोधले स्थापित गरेको छ । नेपाली र अङ्ग्रेजी माध्यमबाट शिक्षा नै अधिकांश विद्यालयहरूको प्रचार सामग्रीमा देखापर्छ । स्थानीय वा मातृभाषालाई यी विद्यालयहरूले केटाकेटीहरूको सिक्ने प्रक्रियामा कसरी हेर्छन् भन्ने कुरा कहीं पनि प्रस्टाइएको हुँदैन । मानौं पर्सा जिल्लाको कुनै एउटा भारतीय सीमासँग जोडिएको गाउँमा भोजपुरी भाषामा कुरा गरिन्छ । हिन्दी यहाँका केटाकेटीहरूको दोस्रो भाषा हो र अङ्ग्रेजी भाषाको ज्ञान केटाकेटीहरूलाई नाईंको बराबर छ । यस्तो भाषायी परिवेशको विद्यालयमा यदि पूर्व प्राथमिक र प्राथमिक तहमा शिक्षणको माध्यम अङ्ग्रेजी राखिन्छ भने त्यस विद्यालयको कक्षा शिक्षणको गुणस्तरीयताबारे सहज अनुमान गर्न सकिन्छ । वास्तविकता के हो भने अङ्ग्रेजी आज बाजारको सबैभन्दा सम्भ्रान्त भाषा बनेको छ । प्राथमिक कक्षामा राम्रो सिकाइ मातृभाषाबेगर सम्भव छैन भन्ने कुरा अङ्ग्रेजीको आकर्षणले गर्दा बहिष्कारमा परेको छ । बहुभाषिक कक्षा त झन् टाढाको विषय हो । यस कारण नयाँ नेपालमा शिक्षा मानिसको आधारभूत आवश्यकता हो भनेर संविधानमा लेखेर मात्र हुँदैन । समयमैं गुणस्तरीय शिक्षा प्राप्त गर्नु सबै बालबालिकाको अधिकार हो भनेर पनि हुँदैन । राम्रो शिक्षाको व्यवस्था गर्न आवश्यक व्यापक गृहकार्य गर्नैपर्छ ।