प्रस, वीरगंज, १२ पुस/
प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विद्यासागर माविले जितेको छ ।
आदर्शनगर रङ्गशालामा मङ्गलवार सम्पन्न फाइनल खेलमा विद्यासागरले मास्कोट एकेडेमीलाई १४ रनअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गर्दै विद्यासागरले २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । प्रतिउत्तरमा १०८ रनको विजयी लक्ष्य लिएको मास्कोट निर्धारित ओभरमा सबै विकेट गुमाएर ९३ रनमा सीमित भएको थियो । सो खेलमा म्यान अफ दि म्याच विद्यासागरका शेख तौफिक घोषित भए ।
प्रतियोगिताको समापन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशङ्कर साहको अध्यक्षता र वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यानको उपाधि माउन्ट एडमन्डका सुदीप पटेलले पाए ।
यसैगरी, उत्कृष्ट बलर विद्यासागरका आबिद आलम, उत्कृष्ट फिल्डर गौतमका आदर्श यादव, उत्कृष्ट कीपर मास्कोटका रञ्जन यादव र प्रतियोगिताकै उत्कृष्ट खेलाडी विद्यासागरका शेख तौफिक घोषित भए । पुस १ गतेदेखि सञ्चालित प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध विद्यालयमध्ये २९ वटा विद्यालय सहभागी थिए ।
त्यस्तै फाइनल खेलको बीचमा प्याब्सन पर्साका संस्थापकहरूबीच दश ओभरको मैत्रीपूर्ण खेल सम्पन्न भएको प्रतियोगिताका सहसंयोजक आलोक चौरसियाले बताए ।