विश्वराज अधिकारी
‘आम्दानी अठन्नी खर्चा रुपैयाँ’ अर्थात् जति आम्दानी हुन्छ, त्यसको ठीक दोब्बर खर्च गर्ने बानी । सुन्दा सैद्धान्तिकरूपमा यो भनाइ जति शिक्षाप्रद लाग्छ, व्यवहारमा यो भनाइ अति नै शिक्षाप्रद भने होइन । राष्ट्रिय अर्थव्यवस्था विकासको लागि उपयोगी होइन । यो भनाइ वा शिक्षाले खर्च कम गर्नु भन्ने सल्लाह दिन्छ । बढीभन्दा बढी बचत गर्न निर्देशित गर्छ । तर व्यक्तिहरूको बढी बचत गर्ने बानीले अर्थव्यवस्थालाई सुस्त तुल्याउँछ । धनीहरूको पैसालाई गरीबहरूसम्म पुग्न अप्ठ्यारो पार्छ ।
आम्दानी अठन्नी खर्चा रुपैयाँ जस्ता समाजमा चलेका अनेक अवैज्ञानिक भनाइ वा मुहाबराहरूले हाम्रो अर्थतन्त्रलाई सुल्टो होइन, उल्टो दिशामा दौडाइरहेका छन् । यस्ता किसिमका कारण (व्यवहार)हरूले हामी दक्षिण एसियालीहरूलाई सदा गरीब रहन बाध्य पारिरहेका छन् ।
व्यक्तिहरूमा रहेको अति खर्च वा उपभोग गर्ने बानीले अर्थव्यवस्थालाई गतिशीलता प्रदान गर्छ । धनीहरूको पैसालाई गरीबहरूसम्म पुग्ने प्रभावकारी वातावरण सृजना गर्छ ।
हाम्रो समाजमा खर्च वा अति उपभोग गर्ने बानी ज्यादै कम छ । भ्रमणमा जानु, होटलमा खानु, ब्युटीपार्लर जानु, भोजभतेर गर्नु, जन्मदिन मनाउनु, सिनेमाहल वा थिएटर जानु, मनोरञ्जनस्थल अवलोकन गर्नु, लजमा बस्नु आदि जस्ता कार्यहरूमा गरिने खर्चलाई हाम्रो समाजले ‘फजुल खर्ची’ भन्ने गर्छ । तर यस किसिमका कार्यहरूमा गरिने खर्चहरूले थप रोजगार सृजना गरेर धनीहरू (जसको आर्थिक क्षमताले त्यस किसिमले खर्च गर्न सक्छ)को पैसा (बचत) गरीबहरूसम्म पु¥याउने कार्य गर्छन् । त्यस कारण देशको अर्थव्यवस्था खर्चमा आश्रित वा उपभोगमा आधारित (ऋयलकगmउतष्यल द्यबकभम) हुनुपर्छ । नागरिकहरूमा बढी उपभोग गर्ने प्रवृत्ति हुनुपर्छ ।
अर्थव्यस्थालाई गतिशीलता प्रदान गर्न वा देश र देशवासीहरूलाई धनी तुल्याउन व्यक्तिहरूमा उपभोग गर्ने प्रवृत्ति तीव्र हुन आवश्यक छ ।
संसारमा नै सर्वाधिक धनी देश
(प्रतिव्यक्ति आय ५९ हजार ४९५ डलर वार्षिक रहेको) संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्था उपभोगमा आधारित छ । अर्थात् अमेरिकालाई अतिधनी यस देशका नागरिकहरूमा रहेको अति उपभोग गर्ने प्रवृत्तिले तुल्याएको हो । र, त्यही उपभोग गर्ने प्रवृत्तिले यो देश र नागरिक दुवैलाई समृद्ध पारेको हो । अमेरिकी नागरिकहरूले आम्दानीको तुलनामा खर्च अति नै कम गरेको भए वा उपभोग ज्यादै कम गरेको भए यो देश पनि गरीब राष्ट्रहरूको सूचीमा पर्न आउँथ्यो ।
विश्व बैंकको तथ्याङ्क (सन् २०१३) अनुसार अमेरिकाले आप्mनो कुल गार्हस्थ उत्पादन (न्चयकक म्यmभकतष्अ एचयमगअत)को ७१ प्रतिशत उपभोगमा खर्च गरेको थियो । सोही अवधिमा चीनले आप्mनो कुल गार्हस्थ उत्पादनको केवल ३४ प्रतिशत मात्र खर्च गरेको थियो । अमेरिका, बेलायत, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रसिया र चीन अर्थात् छानिएका आठ राष्ट्रको उपभोग स्थितिको तुलना गर्दा बेलायत, जापान, फ्रान्स, क्यानडा, जर्मनी र रसियाले आप्mनो कुल गार्हस्थ उत्पादनको क्रमशः ६६, ६१, ५८, ५८, ५८, ३९ प्रतिशत उपभोग गरेको देखिएको थियो ।
यसरी अमेरिका अति उपभोग गर्ने राष्ट्रहरूमध्येमा प्रथम स्थानमा रहेको छ । उपभोग गर्नमा अगाडि छ ।
अमेरिकाबारे एउटा धारणा ज्यादै प्रचलित छ । अमेरिकामा प्रत्येक आवश्यकता वस्तु वा सेवामा तत्काल रूपान्तरित हुन्छ । कुनै किसिमको नयाँ आवश्यकता सृजना हुनेबित्तिकै व्यापारकर्ताहरू (द्यगकष्लभकक एभचकयलक)ले त्यसलाई तुरुन्तै नयाँ वस्तु वा सेवामा परिणत गर्छन् । उदाहरणका लागि कुनै एक व्यक्तिले औषधि खाँदा सिङ्गो एक टेबलेटलाई आधा पारेर बिहान र बेलुका खानुपरेको छ र टेबलेट टुक्रा पार्ने काम उसले औंलाले गर्नुपरेको छ । यो कुरा
(आवश्यकता) व्यापारकर्ताहरूले थाहा पाउनेबित्तिकै यो आवश्यकतालाई उनीहरूले तत्काल वस्तु (औषधि टुक्रा पार्ने उपकरणको विकास गरेर)मा परिणत गर्छन् । अर्थात् सृजना भएको नयाँ आवश्यकता (उपभोग)को लागि नयाँ वस्तुको तत्काल सृजना हुन्छ । यसरी व्यापारकर्ताहरूले उपभोग्य वस्तुको सङ्ख्या तथा परिणाम सदैव वृद्धि गरेर उपभोक्ताहरूलाई थप उपभोग गर्न प्रेरित गर्छन् । यो कारणले गर्दा नयाँ नयाँ वस्तु एवं सेवाको बढी विकास अमेरिकामा हुन्छ ।
अमेरिकाले आप्mना नागरिकहरूलाई बढी खर्च गर्न अर्थात् बढी उपभोग गर्न बेलाबेलामा उत्प्रेरित गर्ने कार्य गर्दछ । सन् २००८ मा अमेरिकी अर्थव्यवस्था सुस्त (च्भअभककष्यल) भएको बेला अमेरिकी सङ्घीय सरकार (Fभमभचब िन्यखभचलmभलत)ले प्रत्येक अमेरिकीलाई ३०० डलर उत्प्रेरक रकम यो विश्वासका साथ दिएको थियो कि उक्त किसिमले पाएको रकम नागरिकहरूले थप खर्चको रूपमा खर्च गर्नेछन् र अर्थव्यवस्थाले गतिशीलता प्राप्त गर्नेछ । त्यस्तो भयो पनि । उक्त किसिमबाट वितरण गरिएको रकमले सुस्त हुन थालेको अमेरिकी अर्थव्यवस्थालाई थप गतिशील तुल्याउन सहयोग गरेको थियो । यस किसिमबाट नागरिकहरूलाई रकम बाँड्न
(सरकारलाई पछि भुक्तान नगर्नुपर्ने वा भुक्तानी दायित्व नभएको) अमेरिकी सङ्घीय सरकारले एक कानून नै
(भ्अयलयmष्अ क्तष्mगगिक ब्अत या द्दण्ण्ड) निर्माण गरेको थियो ।
अमेरिकीहरूले आप्mनो कुल आम्दानीको लगभग २१ प्रतिशत स्वास्थ्य सेवामा खर्च गर्छन् । यसैगरी गृह, सेवा तथा इन्धनमा १८.८५, यातायातमा १०.२५, रमाइलो र मनोरञ्जनमा ८.९५, खाद्य एवं पेयमा ८.०५, वित्तीय सेवा तथा इन्सुरेन्समा ७.६५, अन्य वस्तु एवं सेवामा ७.०५, रेस्टुरेन्ट तथा अन्य सुविधामा ६.५५, गृह सम्बन्धित फर्निचर, शृङ्गार, औजार एवं मर्मतमा ४.२५, कपडा, जुत्ता, चप्पलमा ३.४५, शिक्षामा २.५५ तथा सञ्चारमा २.४५५ खर्च गर्छन् ।
नेपाल, भारत, पाकिस्तान जस्ता विकासशील मुलुकका बहुसङ्ख्यक नागरिकले आप्mनो जीवन अवधिभरिमा केवल १५ देखि २० हजार थरीका वस्तु वा सेवाहरू उपभोग गर्छन् भने विकसित मुलुकका नागरिकहरूले आप्mनो जीवन अवधिभरिमा ५० देखि ६० हजार थरीका वस्तु एवं सेवाहरूको उपभोग गर्छन् । विकसित वा धनी देशमा, उदाहरणका लागि, बल्छी खेल्ने शौकिनहरूले थरीथरीका बल्छी मात्र खरिद गर्दैनन्, बल्छीमा हाल्ने थरीथरीका खाना, जुन माछालाई मन पर्छ, पनि खरिद गर्छन् । यतिमात्र होइन, माछा मार्ने ‘लाइसेन्स’ लिएर निर्धारित पोखरीमा माछा मार्न पाउँछन् । बल्छी खेल्ने शौक मिटाउन पाउँछन् । यस तथ्यबाट पनि विकसित मुलुकका नागरिकहरूले बढी उपभोग गर्छन् भन्ने तथ्यलाई पुष्टि गर्छ ।
हामी नेपालीहरू बचत गर्नमा बढी जोड दिन्छौं । हाम्रो समाजमा चलेका अनेका किसिमका कुसंस्कारहरूले पनि यस्तो गर्न हामीलाई बाध्य पार्छ । उदाहरणका लागि दाइजो दिने प्रथाले गर्दा परिवारहरूले एक/एक पैसा जम्मा गरेर, आवश्यक खर्चमा पनि कटौती गरेर बचत गर्छन् । आवश्यकरूपमा गर्नुपर्ने खर्च पनि गर्दैनन् । उपभोगको परिमाणलाई कम तुल्याउँछन् । तर यस्तो किसिमको चलनले राष्ट्रिय अर्थव्यवस्थालाई प्रतिकूल प्रभाव पार्छ । अर्कोतिर यस किसिमका प्रथाले दाइजो पाउने व्यक्तिलाई अल्छी वा भाग्यवादी तुल्याउँछ । दाइजो पाउने व्यक्तिले कुनै परिश्रम नगरेर नै ठूलो चिठा हात पारेको हुनाले उसमा उद्यमी भावना पलाउन पाउँदैन । दाइजो वा दहेज दिने व्यक्ति त झन् आर्थिक मारमा पर्छ । धेरै छोरीहरू छन् भने जीवनकाल गरिबीले थिचिएर बित्छ ।
रोजगारका विभिन्न अवसरहरू सृजना गरेर, व्यक्तिहरूको आम्दानी वृद्धि गरेर, राष्ट्रिय अर्थव्यवस्थालाई समृद्ध पार्न आर्थिक क्षमता बलियो भएका व्यक्तिहरूले बढी खर्च वा उपभोग गर्न आवश्यक छ । व्यक्तिहरूमा खर्च गर्ने प्रवृत्ति वृद्धि गर्न, खरिद कार्यलाई सहज पार्न नेपालमा ‘क्रेडिट कार्ड’को प्रचलन विस्तार गर्न अति आवश्यक छ । केवल मुद्राद्वारा मात्र गरिने खरिदले खरिदमा वृद्धि ल्याउन सक्तैन । क्रेडिट कार्डको प्रयोगले खरिदलाई सहज पारेर खरिदको वा उपभोगको परिमाण वृद्धि गर्नमा सहयोग पु¥याउँछ । व्यक्तिको खरिद क्षमतामा वृद्धि ल्याउँछ । नेपालमा अहिले पनि लगभग सम्पूर्ण खरिदमा केवल नोट वा मुद्राको प्रयोग हुन्छ । तर विकसित मुलुकहरूमा ज्यादै कम क्षेत्रहरूमा मात्र मुद्राको प्रयोग हुन्छ । नोटको प्रचलन हराउँदै जान थालेको छ । बढी मात्रामा क्रेडिट कार्ड एवं चेकको प्रयोग हुन्छ । पश्चिमी समाज बिस्तारै मुद्राविहीन समाज (ऋबकजभिकक क्यअष्भतथ) हुन थालेको छ । बपयगतष्थिब२नmबष्।िअयm