$type=ticker$count=12$cols=4$cate=0

कता जाँदैछ नेपाली वाम आन्दोलन

SHARE:

वैद्यनाथ ठाकुर
    भारतको पश्चिम बङ्गाल कोलकाताको श्याम बजारको एक चियापसलमा २००६ सालमा नौलो जनवादी क्रान्ति गरी नेपालमा सर्वहारा वर्गको राज्यसत्ता कायम गरी समाजवादमा पुग्ने लक्ष्यका साथ गठन भएको नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालसम्म आइपुग्दा ६८ वर्ष पार गरेको छ । एउटा जीवन्त पार्टीको लागि ६८ वर्ष भनेको कम्ती होइन । मानिसको जीवनको कुरा गर्ने हो भने ६८ वर्ष भनेको ८/१० वर्ष पहिले अवकाशप्राप्त गरी आराम गरेर दिन बिताउनुपर्ने समय हो । नेपाली वाम आन्दोलनमा मूल समस्या भनेको क्रान्तिकारी वेगको साथ राजनीतिक क्षितिजमा उदाउने तर समयक्रममा दक्षिणपन्थी भासमा जाकिने गरेको देखिन्छ । २०१९ सालपछि फुटको राजनीतिमा लागेको नेपाल कम्युनिस्ट पार्टी आप्mनो ६८ वर्षे जीवनकालमा दर्जनौंचोटि फुटेर जुट्यो । प्रत्येक फुट र जुटमा कारक तŒवको रूपमा नीति तथा कार्यक्रम रहेको भनिए तापनि प्रायः नेताहरूको पदलोलुप स्वार्थ र पैसा कमाउने ध्येय नै रहेको देखियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई गद्दार भनेर हिंडेको झापाली आन्दोलन २०२८ सालको व्यापक पञ्चायती दमनपश्चात् नेकपा मालेको रूपमा निकै चर्चित कम्युनिस्ट पार्टी भई उदायो । खासगरी मदन भण्डारीको जनताको बहुदलीय जनवाद जसले सिङ्गो पार्टीलाई दक्षिणपन्थी भासमा लग्यो । महासचिव मदन भण्डारीको जीप दुर्घटनामा मृत्युपश्चात् नेकपा माले घोर दक्षिणपन्थीमा रूपान्तरण हुन पुग्यो । मालेबाट माक्र्सवादीसँग मिलेर एमाले बन्दा पार्टी अध्यक्ष मनमोहन अधिकारीले हामी कम्युनिस्ट होइनौं, हसिया–हथौडा हाम्रो टे«डमार्क मात्र हो भन्ने कुरा पछिल्ला दिनहरूमा प्रमाणित हुँदै गए । एमालेले त्यति बेला संवैधानिक राजतन्त्रलाई मात्रै स्वीकार गरेन, बरु पार्टीभित्र तस्कर, दलाल पूँजीपति तथा शैक्षिक माफियाहरूलाई प्रवेश गरायो । सर्वहारा वर्गीय चिन्तनविपरीत नेतृत्व पङ्क्तिमा नयाँ सामन्त वर्ग पैदा ग¥यो, जसले सधैंभरि कम्युनिस्ट पार्टीको टे«डमार्कलाई गरीबको झुपडीमा महलसँग साट्यो । राजाको पाउमा दाम हालेर सन्तोषपूर्वक खाइपाइ हिंडेका नेकपा एमालेले २०५२ सालको माओवादी विद्रोहको तीव्र विरोध मात्र गरेन, बरु नेपाली काङ्ग्रेस तथा राजासँग मिलेर अमेरिकी साम्राज्यवादको मिलेमतोमा माओवादीलाई आतङ्कवादी घोषणा गर्ने तथा टाउकोको मूल्य तोक्नेसम्मको कार्य ग¥यो । दश वर्षे जनयुद्धले राजतन्त्रको जग मात्र हल्लाएन राजावादी नेपाली काङ्ग्रेस र संवैधानिक राजतन्त्रवादी नेकपा एमाले जस्ता सुधारवादी दक्षिणपन्थीलाई समेत राजतन्त्रको विरुद्ध उभ्यायो । र, गणतन्त्रको पक्षमा लतारेरै भएपनि उभिन बाध्य पा¥यो । बहुल जाति, भाषा र संस्कृतिको हाम्रो देश भएपनि सङ्घीयताको पक्षमा नेपाली काङ्ग्रेस तथा नेकपा एमाले अन्तरिम संविधानमा जान मानेन     । फलस्वरूप मधेसमा अर्को ऐतिहासिक विद्रोह भयो, जसले दुवै पार्टीलाई सङ्घीयतामा जान बाध्य ग¥यो ।
    यति बेलासम्म नेकपा माओवादीको आप्mनो सेना र समानान्तर सरकार छँदै थियो । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो तर पूर्ण बहुमत प्राप्त गर्न सकेन । फलस्वरूप मिलिजुली सरकार बनाएर संविधान निर्माण गर्नुपर्ने बाध्यता आइपुग्यो । माओवादीको बलियो उपस्थिति रहेको पहिलो संविधानसभामा जनताको पक्षमा संविधान बनाउने कुराको सदैव नेकपा एमालेले काङ्ग्रेससँग मिलेर विरोध गरिराख्यो । माओवादीभित्र प्रमुख नेतृत्वमा बिस्तारै हावी हुँदै गएको दक्षिणपन्थी सोचले एमाले र नेकाको जनविरोधी षड्यन्त्रलाई समयमैं बुभ्mन सकेन । र, पहिलो संविधानसभा विघटन हुन पुग्यो । दोस्रो संविधानसभामा माओवादी तेस्रो पार्टीको रूपमा देखा प¥यो । माओवादी नेतृत्वभित्र खासगरी डा. बाबुराम भट्टराई, मोहन वैद्य तथा स्वयम् पुष्पकमल दाहाल प्रचण्डमा आउन थालेको दक्षिणपन्थी रूझानलाई पार्टीले गम्भीरतापूर्वक लिन सकेन र एकअर्काको फरक विचारको रूपमा अथ्र्याउन थालियो । संविधान जारी हुँदासम्म माओवादी पार्टी विभिन्न स्वार्थमा फुटिसकेको थियो । र, आन्तरिक जीवन पूर्णतः अराजकतावादमा रूपान्तरण भइसकेको थियो । अनुशासन नामको चिज देखिएन । यही बेला मधेसले जारी संविधानको विरोध ग¥यो । उसले आवश्यक संशोधन खोज्यो । तर बहुमतको दम्भमा रहेका नेका र एमाले कुनै कुरा सुनेनन् । संविधानको घोषणा एकातिर दीपावली र अर्कोतिर कालो दिवस गरी मनाइयो । जसोतसो सत्ताको बल प्रयोग गरेर संविधान जारी भयो । र, संविधान अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यहाँसम्म आइपुग्दा माओवादी पार्टी सातभन्दा बढी टुक्रामा विभाजित भइसकेको थियो । पार्टी फुट्ने कारण नीतिगत थिएन । केवल नेताहरूको आपसी भागबन्डा, पद र सुविधा मात्रै भएकोले फेरि आठवटा माओवादी घटकहरू मिलेर एउटै माओवादी केन्द्र गठन भयो । उता बाबुराम भट्टराई भारतीय आप पार्टीका नेता अरविन्द केजरीवाल जस्तै बन्न नयाँ पार्टी खोले, जो कतैबाट पनि कम्युनिस्ट पार्टी देखिएन । यस्तो अवस्थामा स्थानीय निर्वाचन भयो र एमाले पहिलो, नेका दोस्रो र माओवादी तेस्रो पार्टी बन्यो ।
    निर्वाचन परिणामले डा. भट्टराई, विवेकशील पार्टी, साझा पार्टी, राप्रपा, मधेसवादी सबैलाई ठूलो धक्का दियो । स्थानीय निर्वाचन सम्पन्न भइसक्दासम्म नेकपा एमाले र माओवादी केन्द्रको बीचमा सैद्धान्तिकरूपमा कुनै फरक रहेन । विकास र समृद्धि ल्याइ समाजवादमा जाने कुरामा दुवै पार्टी सहमत छन् । विकास र समृद्धि ल्याउने बाटोको सन्दर्भमा पनि दुवैको एउटै राय रहेको छ । संविधानले भने अनुसार ५/५ वर्षमा जनतामा नयाँ जनादेश लिन जाने, जनताबाट अत्यधिक बहुमतले चुनिएर आउने र संसद्बाट विकास तथा समृद्धि ल्याउने हो । यही नै अब नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको मुख्य अभीष्ट र बाटो हुने भएको छ । यहाँनिर सबैले बुभ्mने कुरा के हो भने विकास र समृद्धि भनेको के त ? हामी सबैलाई थाहा छ, हाम्रो समाज वर्गीय समाज हो । हाम्रो समाजभित्र भूमिहीन किसान, गरीब किसान, मध्यम किसान, धनी किसान र सम्पन्न किसान (पुराना जमीन्दार), मजदुर, निम्न पूँजीपति, राष्ट्रिय पूँजीपति र दलाल पूँजीपति रहेका छन् । यस्तोमा सवाल उठ्छ, कम्युनिस्ट पार्टीले गर्ने विकास र समृद्धि कसको लागि ? कुन खालको ? विकास र समृद्धि अमेरिका, जापान, युरोपका देशहरूमा पनि यथेष्ट मात्रामा देखिन्छन् । तर ती देशहरूमा गरीब जनताको अवस्था कस्तो छ ? के हामीले पनि त्यस्तै विकास र समृद्धि खोजेका हौं त ? हाम्रो कम्युनिस्ट पार्टीहरू जो अहिले संसद्मा झन्डै दुई तिहाइको उपस्थितिमा छन्, तिनीहरूले त्यस्तै विकास र समृद्धि खोजेका छन् । हाम्रा हिजोका कमरेडहरू जो हामीसँगै चप्पल लगाएर सडकमा हिंड्ने र कार्यकर्ता, जनताले दिए खाने, नदिए भोकै बस्ने हैसियतमा थिए, उनीहरूको अहिले वर्ग फेरिएको छ । हिजोका रैथाने नेताहरू यति बेला सुकिलामुकिला भएका छन् । २०४६ सालदेखि नेकपा एमालेका तथा २०७३ सालदेखि नेकपा माओवादीका नेतृत्व तहका कमरेडहरूको वर्ग बुर्जुवा नेताहरू सरह रूपान्तरण भएको देखिन्छ । यति बेला उनीहरूसँग करोडौं सम्पत्ति छ । शहरमा घर छ, विभिन्न क्षेत्रमा बाक्लो लगानी छ । शैक्षिक संस्थालगायतका संस्थानहरूमा मोटो शेयर छ । र त उनीहरूलाई अब आप्mनो पजेरो, प्राडो हुँइकाउन फराकिलो सडक चाहिएको छ । आप्mनो संस्थानसम्म लुटको धन लग्न सडक सञ्जाल नभई सम्भव छैन । जनताको छाक कसरी टार्ने ? यो उनीहरूको लागि केवल भाषणको विषय भएको छ । हिजोको दिनमा भूमिगत अवस्थामा सबै कम्युनिस्ट पार्टीले जनतालाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र बूढापाको प्रत्याभूति गर्ने सपना देखाएका थिए । तर यति बेला जनसरोकारका यी सवालहरूमा तैं चुप मै चुप नीतिमा एमाले र माओवादी हिंडेका देखिन्छन् । अमूर्तरूपमा विकास र समृद्धिका कुरा मात्र गर्छन् । एमालेभित्र २०४६ पछि जनताको नैसर्गिक अधिकारबारे कुरा उठ्नै छोडेको छ । पार्टीभित्र पार्टी र कमिटीभित्र गुट नेताहरूले आआप्mनो स्वार्थसिद्ध गर्न खडा गरेका छन् । कुनै पनि अर्थमा कम्युनिस्ट पार्टीहरू आर्थिकरूपले पारदर्शी देखिएका छैनन् । यिनका कामकारबाहीहरू नातावाद, कृपावाद तथा पैसावादमैं आधारित देखिन्छ । पार्टीभित्र कमिटी प्रणाली पूरै ध्वस्त भएको छ । जो जहाँ छ, आप्mनो हैसियत अनुसार कमाऊ, खाऊको लुटको एक सूत्रीय नीतिमा हिंडिरहेको छ । तलदेखि माथिसम्म इमानदारी, कम्युनिस्ट मूल्य र मान्यता यति बेला एकादेशको कथा हुन गएको छ । सारमा नेपाली जनताको मुक्तिको लागि फेरि पनि ढिलो चाँडो बल प्रयोग नै गर्नुपर्ने देखिन्छ । हिजोको दिनमा जसरी माओवादीलाई एमालेसहितको सरकारले आतङ्कवादी घोषणा गरेको थियो, ठीक त्यसैगरी आगामी दिनमा बन्ने एमाले–माओवादीको सरकारले जनअधिकार खोज्नेहरूलाई आतङ्कवादी भन्नेछन् र गोली ठोक्नेछन् भन्दा कुनै अन्यथा लिनुहुँदैन । नेपालको वाम आन्दोलनको मूलधार दक्षिणपन्थमा रूपान्तरण भइसकेको कुरा अभैm नदेख्नु भनेको आपैंmले आपूmलाई दक्षिणपन्थी भन्न नरुचाउनु मात्र हो । अब एमाले–माओवादीको मिश्रणले बन्ने कम्युनिस्ट पार्टी पूर्णरूपेण दक्षिणपन्थी, सुधारवादी,  अवसरवादी र उदारवादी हुनेछ भन्ने कुराको ठोकुवा गर्न सकिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कता जाँदैछ नेपाली वाम आन्दोलन
कता जाँदैछ नेपाली वाम आन्दोलन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjisonZrB5Q6f9RJbWy_Tn_GqOmv6WzW-9nQ5qRbRnrQ3uqXuR3AQ0ZHJEbNQF8b5q3MhFfqBCOtYZhstwYMixHdd_aYVPcwX2QosRAKhe7rKz6Xk0dMSMOS4cVEUFx0GjyxaZ04qkHtX4h/s200/aidnath+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjisonZrB5Q6f9RJbWy_Tn_GqOmv6WzW-9nQ5qRbRnrQ3uqXuR3AQ0ZHJEbNQF8b5q3MhFfqBCOtYZhstwYMixHdd_aYVPcwX2QosRAKhe7rKz6Xk0dMSMOS4cVEUFx0GjyxaZ04qkHtX4h/s72-c/aidnath+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/12/blog-post_452.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/12/blog-post_452.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy