प्रस, वीरगंज, १२ पुस/
ज्येष्ठ नागरिक महासङ्घ नेपालको आयोजनामा बुधवार काठमाडौंमा स्थापना दिवस मनाइएको छ ।
२०६८ पुस १२ गते स्थापना भएको महासङ्घले मिलन समारोह आयोजना गर्दै आएकोमा यस वर्षदेखि ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरेको छ ।
ज्येष्ठ नागरिक दिवसका प्रमुख अतिथि ९९ वर्षीय राष्ट्रिय कवि माधवप्रसाद घिमिरेले भाठभटेनीस्थित आम्रपाली ब्यान्केट हलमा कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सो अवसरमा ६० वर्षपछि समाजसेवा गर्नेहरूको आयु लम्बिने बताए । राष्ट्रिय महाकवि घिमिरेले शास्त्रमा उल्लेख भए अनुसार पितृदेव, मातृदेवको रटान गर्नेहरूले आमाबुबाहरूलाई वृद्धाश्रममा जान नपर्ने वातावरण सृजना गर्नुपर्ने बताए । पितृदेव र मातृदेवको असली अर्थ त्यस बेला सार्थक हुन्छ, जुन बेला कुनै पनि घरका आमाबुबा वृद्धाश्रममा जाँदैनन्, उनको जिकिर थियो ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष्F ९४ वर्षीय डा. गौरीशङ्करलाल दासले अधिकार र सरल जीवनका लागि विभिन्न चरणहरू पार गर्दै महासङ्घले ६८ जिल्लामा सेवा विस्तार गरेको बताए । उनले मिलन समारोहमा ६८ जिल्लाका प्रतिनिधिहरूको सहभागिताले पनि महासङ्घको गरिमालाई बढाएको दाबी गरे ।
उपाध्यक्ष्F अम्बिका केसीको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा महासङ्घका महासचिव क्षत्रबहादुर प्रधानले पनि मन्तव्य व्यक्त गरेका थिए । मिलन समारोहमा चलचित्रकर्मीहरू यादव खरेल, बसुन्धरा भूषाललगायतको सहभागिता थियो ।