सञ्जय मित्र
महिलालाई शास्त्रमा नारी भनेर सम्मान गरिएको छ । अहिले बढी प्रचलनमा रहेको शब्द महिला नै हो । नेपालको वर्तमान संविधान जारी हुनुपूर्वदेखि महिला जागरणको क्षेत्रमा धेरै कदमहरू चालिएका छन् । कतिपयले महिला जागरणको क्षेत्रमा माओवादी जनयुद्धको महŒवपूर्ण योगदान रहेको कुरा मान्दछन् । जनयुद्ध शुरु भएपछि महिलाले हतियार उठाए । खेतमा हलो जोते । काँधमा मुर्दा बोकेर मलामी गए । यी यस प्रकारका क्रान्तिहरू हुन्, जो सम्भवतः तीन दशक पहिले नेपाली लोकजीवनमा असम्भव प्रायः मानिन्थ्यो । यदि कसैले साहित्यमा पनि यस किसिमको तथ्यलाई ल्याउँथे भने स्वैरकल्पना मानिन्थ्यो । तर जब बन्दुक उठाएर युद्ध मैदानमा उत्रिएर नेपाली महिलाले जे पुरुषार्थ गरे, धेरै प्रवृत्ति, मनोवृत्ति र पछौटेपनमा पूर्ण विराम लाग्यो र जडतामा नवचिन्तनको बीउ उम्रेको देखियो ।
माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण भइरहेको थियो । त्यति बेला हेटौंडामा माओवादीको नेतृत्वमा एउटा जुलुस प्रदर्शन भयो । जुलुसमा मानिस कति थियो, अहिले अनुमान लगाउन कठिन छ तर स्थानीयले त्यस जुलुसमा महिलाको सहभागितालाई देखेर अब युग पल्टेछ भन्ने टिप्पणी गरेका थिए । महिलाहरूले जुलुसमा गरेको मार्चपास, पहिरन र पोसाक, हाउभाउ र अग्रसरता तथा भाषण चल्दाको क्षणमा महिलाको बोलीमा आकाश नै थर्किने गरी बजेको ताली हेटौंडाको धरती र आकाश दुवैको लागि अपूर्ण थियो । त्यति बेला सम्भवतः मधेसका ग्रामीण महिलाले तिनीहरूका कुरा लोककथाको जस्तै अलिकति अविश्वास, अलिकति विश्वास र अलिकति मनोरञ्जनका लागि सुन्थे र कहालिन्थे मात्र ।
शान्ति सम्झौतामा प्रचण्ड र गिरिजा कोइरालाले हस्ताक्षर गरेपछिको दिनमा महिला जागरणको क्षेत्रमा सरकार र गैरसरकार सबैतिरबाट परिवर्तनको चौतर्फी प्रयासको थालनी भयो । जुनसुकै समूह बनाउँदा पनि महिला नभई हुँदैन । समावेशिता माओवादीको देन हो भन्दा अत्युक्ति नहोला । जसले जेसुकै भने पनि त्यो तर्क मात्र हुन सक्छ, माओवादी आन्दोलन नभएको भए महिलाको सहभागिता अहिलेको जस्तो कल्पना पनि गर्न सकिन्नथ्यो ।
अहिले मधेसमा पनि महिलाको अवस्था फेरिएको छ, जागरणको क्षेत्रमा । घुम्टोभित्र रहेर पनि मधेसी महिला अधिकार खोज्ने दिशामा अग्रसर भएकै छन् । के देखिएको छ भने कुनै कार्यक्रमको लागि पुरुषको सहभागिता जुटाउन सजिलो छैन तर महिलालाई भने जति रोक्न खोज्यो, उति विशाल सहभागिता हुन थालेको छ । कार्यक्रमको आयोजना र महŒवको दृष्टिले हेरेर महिलाहरू सहभागी हुन थालेका छन् । कतिपय अर्थमा सहभागिता भनेको भीड मात्रै होला । कतिपय सवालमा दर्शककै हैसियत होला । कतिपय कार्यक्रममा उत्सुकता मात्र होला । कार्यक्रमको उद्देश्य पूरा हुन नसक्नु अर्को पाटो होला तर महिलाले भने घरबाट निस्किन हिच्किचाएको अवस्थालाई भने पार गरेका छन् । यदि कोही घरबाट निस्केका छन् भने उसले बाटोमा हिंड्न र लक्ष्यतिर बढ्न बाँकी छ । लक्ष्यको पहिचान गराउन सकियो भने महिलाहरू अब कर्ममा डटेर लाग्न तयार छन् भन्ने देखाउँछन् । अहिले बढिरहेका पाइलाले आगामी एक/दुई दशकमा ग्रामीण मधेसी महिलाहरू पनि हरेक क्षेत्रमा आपूmलाई सक्षम साबित गर्न सफल हुन्छन् भन्ने बलिया आधारहरू निर्माण गर्न थालेका छन् । यो स्वागतको क्षण त हो नै, साथमा नेपाली महिला अब पछाडि नफर्कने गरी आपूmलाई अगाडि बढाइरहेको पूर्ण सत्य हो ।
महिला अग्रसरताले केवल महिलाको मात्र विकास हुन्छ भन्नुहुँदैन । सबैले व्यावहारिक भएर आप्mनै टोलछिमेकमा हेर्ने हो भने पनि के देख्न सकिन्छ कि जुन घरमा महिला तुलनात्मकरूपमा बढी सक्रिय छन्, त्यस घरले अन्य छिमेकीको तुलनामा बढी प्रगति गरेको छ । मानिसले लक्ष्य अनुसारको प्रगति गर्नु नै पर्दछ । जीवनलाई जसरी पनि सकारात्मक परिवर्तनतिर अझ क्रियाशील भएर र अरूका लागि उदाहरण हुन सक्ने गरी बढाउन सक्नुपर्दछ । हो, सकेसम्म विकृतिरहित हुनुपर्दछ । महिलाको कदम यदि विकृतितिर बढ्दछ भने त्यसले एउटा घरपरिवार नभएर घर, माइती, नातागोतासमेतलाई प्रभावित पार्ने किसिमको हाम्रो सामाजिक बनोट रहेको छ । सबैतिरबाट यो एउटा आरोप नै रहेको छ कि मधेसमा नकारात्मक कुराहरूको विस्तार छिट्टै हुन्छ । विभिन्न एनजिओ, बचत समूह, महिला समूह, आमा समूह, किशोरी समूह र अनेक नाममा सङ्गठित भइरहेका मधेसी महिलाहरूले आप्mनो परम्परा, धर्म, संस्कृति र सामाजिक जीवनव्यवहारका पुरातन विकृतिहरूलाई चिर्दै समाज तथा परिवारमा परिवर्तन ल्याउनेतिर जति ध्यान दिनु आवश्यक छ, त्यत्तिकै महŒवपूर्ण घरपरिवारको प्रतिष्ठाको अभिवृद्धिमा आपूmलाई तल्लीन राख्नु पनि छ । सकारात्मक अर्थमा बढिरहेका हरेक पाइलालाई समाजले हृदयले स्वागत गरेको छ ।
अहिले सङ्गठनकै महŒव बढी छ । विभिन्न सङ्गठनमार्पmत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय महिलाहरूको कदमले हाम्रोपछाडि लागेको पछौटेपनको ठप्पालाई मेटाउने विश्वास रहेको छ ।