Posts

Showing posts from December, 2017

२०७४ पुस १६ गते आइतवारको प्रतीक दैनिक

२०७४ पुस १६ गते  आइतवारको प्रतीक दैनिक पढ्नुहोस ।

२०७४ पुस १५ गते शनिवारको प्रतीक दैनिक पढ्नुहोस् ।

Image
२०७४  पुस १५ गते शनिवारको प्रतीक दैनिक पढ्नुहोस् ।

शीतलहरसँगै चिसो बढेपछि बिरामी बढ्न थाले

Image
प्रमोद यादव, रङ्गपुर १४ पुस/     शीतलहरसँगै चिसो बढेपछि पर्साका ग्रामीण क्षेत्रमा बालबालिका तथा वृद्धवृद्धाहरू बिरामी हुन थालेका छन् ।     बिहान र बेलुकीपख शीतलहरसँगै बढेको चिसोले बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको पटेर्वा सुगौली स्वास्थ्य चौकीका इन्चार्ज भुजेन्द्र यादवले बताए ।     चिसोबाट प्रभावित बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य चौकीमा दैनिकजसो १५ जनाको सङ्ख्यामा आउने गरेको इन्चार्ज यादवले बताए ।     शीतलहरबाट जोगिन ग्रामीण क्षेत्रका गरीब, विपन्न, दलित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति पर्सा, नेरेसोलगायतका संस्थाहरूले न्यायो कपडा, कम्बलहरू बाँड्ने काम हिजोदेखि शुरू गरेको छ ।     प्रभावित धेरै अनि वितरण कम भएको कारण पर्साका थुपै्र स्थानमा चिसोको समस्याबाट गरीब, विपन्न, दलित परिवारका मानिसहरू प्रभावित भएका छन् ।     समितिले विभिन्न संस्थासँगको सहकार्यमा वितरण प्रणालीको समन्वय गर्न नसक्दा बढ्दो चिसोबाट प्रभावित परिवारले तुरुन्त राहत पाउन नसकेका हुन् ।     अहिले स्थानीय तह गठन भएपनि पुस मसान्तमा परिषद् गरेर रकम विनियोजन गरेपछि मात्र खर्च गर्ने अधिकार प्राप्त हुने

गण्डकमा स्थानीयद्वारा सडक विभागका कर्मचारीहरू लखेटिए

प्रस, वीरगंज, १४ पुस/     सडक विभागका कर्मचारीहरूलाई गण्डक बहुअरीका स्थानीय बासिन्दाहरूले शुक्रवार लखेटेका छन् ।     सडक डिभिजन कार्यालय हेटौंडाबाट आएको टोलीले सडक सर्वे गर्नेक्रममा स्थानीयहरूले लखेटेपछि उनीहरू भागेको प्रहरीले बताएको छ ।     पथलैयादेखि परवानीपुरसम्म सर्वे कार्य सम्पन्न भएको छ । आज गण्डकस्थित तेजबहादुर अमात्यको सालिकबाट बाइपास सडक मध्यकेन्द्रबाट २५–२५ मिटर नापी घरमा चिनो लगाउन थालेपछि स्थानीयहरूले उनीहरूलाई लखेटेका हुन् ।     टोलीमा १२–१३ जना रहेको सडक विभागका प्राविधिक कर्मचारीहरूले सो सडकखण्डबाट भागेर नजिकैको प्रहरी चौकीमा शरण लिएका थिए ।     वीरगंजमा बाइपास सडकको  विस्तार यसअघि भइसकेको छ भने गण्डकदेखि त्रिभुवन राजपथ अन्तर्गत घण्टाघर, भन्सारसम्मको सडकखण्ड विस्तार गर्ने योजना रहेको छ । तर ती कर्मचारीहरूले त्रिभुवन राजपथमा नापनक्सा नगरी बाइपास सडकमा नापी गर्न थालेपछि घरधनीहरूले उनीहरूलाई धपाएको प्रहरीले जनाएको छ ।

पाँचौं अन्तरविद्यालय सिजी एजुकेसन कप–२०१७, गत वर्षको विजेता एसओएस चितवन फाइनलमा

Image
प्रस, वीरगंज, १४ पुस/     चौथो अन्तरविद्यालय सिजी एजुकेसन कप–२०१६ को उपाधि विजेता एसओएस स्कूल चितवन वीरगंजमा जारी पाँचौं अन्तरविद्यालय सिजी एजुकेसन कप–२०१७ को फाइनलमा प्रवेश गरेको छ । डिपिएसको खेल मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा मूनलाइट मावि वीरगंजलाई ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै एसओएस फाइनलमा प्रवेश गरेको हो । आज सम्पन्न सेमिफाइनलमा एसओएसले सात गोल ग¥यो भने मुनलाइटले एक मात्र सान्त्वना गोल सक्यो । डिपिएसका प्रमुख व्यवस्थापक निम ग्याल्बो लामाले प्रतियोगिताको फाइनल खेल पुस १६ गते  आइतवार एसओएस र सोलिडारिटी मावि हेटौंडाबीच हुने बताए ।

अल्पविराम

Image
गताङ्कको बाँकी     तारा ः जीवनले शहरमा राम्रो काम खोजेर लगाइदिने भन्दैछ, म त जानुप¥यो ।     माला ः तलाई विश्वास छ ? ती केटाहरूले पक्कै काम खोजिदेलान् त ?     तारा ः शहरमा बस्ने केटाहरू हुन् । सक्ने भएर त भने होलान् नि । राम्रो ठाउँमा काम खोजेर लगाइदिने हो भने म त जाने । दिनरातको घाँस दाउरा गरेर बस्नुभन्दा त बरु टाढा गएर काम गर्ने । सानिमाको दिनरातको अत्याचार, हेलचेक्रयाइँ सहेर बस्नुभन्दा त जाने । आखिर जहाँ गए पनि यो अभागीले दश नङ्ग्रा नखियाइ हँुदैन ।     माला ः त्यो त ठीकै छ तर आँखा चिम्लेर विश्वास गर्नु पनि त सकिंदैन । कस्ता मान्छे हुन् ? के काम गर्छन् ? कतै हामीलाई बेपत्ता बनाउने पो हुन् कि ?     तारा ः शङ्का गर्न थाल्यो भने त मनमा दशथरीको तर्कना आउँछन् । काम खोजिदिने हो भने त जाने हो । ल ल एक क्षण चुप लाग् । जीवन र अशोक आइपुगे ।     जीवन ः घाँस काटेर पनि फर्कन लागेका हौ कि कसो ?     तारा ः हो अब फर्कने बेला पनि भयो ।     जीवन ः आज त गाईभैंसी टन्न अघाउने गरी डोको भरेका रहेछौ नि ? हेर् त अशोक ।     अशोक ः देखें, कति गा¥हो भयो होला हगि ? (मालाको हात समातेर) यति सुकोमल हातमा कतै काँड

नेपालका रजहन दोनवार जातिको ऐतिहासिक विवरण

Image
बासुदेवलाल दास, पीएच. डी. सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिल ब्राह्मण एवं भूमिहार ब्राह्मणमा यस्ता अनेक ‘मूल’ छन्, जुन ‘दोनवार’ शब्दसित ध्वनिसाम्य राख्ने देखिन्छन् । उदाहरणका लागि, मैथिल ब्राह्मणमा वत्स गोत्रमा पलिवार, शाण्डिल्य गोत्रमा कोकिलवार, पगुलवार, गङ्गौलीवार, काश्यप गोत्रमा ओइनवार, सिमरवार, सकरिवार, नोतवार, बुधवार, भारद्वाज गोत्रमा रतवार, सोइनीवार, पराशर गोत्रमा पिहवार, सोइनीवार, कररीवार,  कात्यायन गोत्रमा नोवितवार, जलकिवार र कौशिक गोत्रमा निकुतिवार मूलहरू रहेका छन् । यसमध्ये सोइनीवार मूल भने पराशर र भारद्वाज गरी दुवै गोत्रमा पाइन्छन् । यसरी नै मिथिला क्षेत्रका भूमिहार ब्राह्मण जातिमा भारद्वाज गोत्रमा नूनितवार, सोरनवार, चकेवार, टकेवार, जठरवार, शाण्डिल्य गोत्रमा सम्भीवार, दोहिलवार, मेरवार, गहवार, कौशिक गोत्रमा पौछलवार, निखुतवार, नेकतोवार, करमुवार, काश्यप गोत्रमा घुरवार, दोस्तीवार, कटैवार, किनवार, मझिलवार, ओकिनवार, कुम्हीटवार, मेरवार, वत्स गोत्रमा करहिवार, डगसिवार, दोनवार, गौतम गोत्रमा मझिलवार, सावण्र्य गोत्रमा डमीछ

उद्योगपर्व–४९

Image
उमाशङ्कर द्विवेदी     मैले त भीष्मजीले दिएको वस्तु नै लिन चाहिरहेको छु, मैले तिमीसित केही पनि लिनु छैन । यो तिमी निश्चित मान जहाँ भीष्मजी छन्, त्यही मात्र द्रोणाचार्य छन् । अतः तिमीले पाण्डवहरूलाई आधी राज्य दिइहाल । म त जसरी उनीहरूको गुरु हुँ, त्यसरी तिमीहरूको पनि गुरु हुँ । मेरोलागि दुवैमा कुनै भेद छैन तर जय त उतै हुनेछ, जता धर्म छ ।     यसपछि विदुरजीले पितामह भीष्मतिर हेर्दै भने– भीष्मजी, म जुन निवेदन गर्दैछु, त्यो सुन्नुहोस् । यो कुरुवंश त एकताका नष्ट भई नै सकेको थियो । तपाईंले नै यसको पुनर्उद्धार गर्नुभएको थियो । अहिले आएर तपाईंले दुष्ट दुर्योधनको बुद्धिको अनुसरण गर्न थाल्नुभएको छ तर उसमाथि त लोभको सवारी भइसकेको छ । ऊ बडो अनार्य तथा कृतघ्न हो । हेर्नुहोस्, यसले आप्mनो धर्म र अर्थको विचार गर्ने पिताजीको आज्ञा पनि उल्लङ्घन गरिरहेको छ । यस दुर्योधनको कारणले नै समस्त कौरवहरूको नाश हुनेछ । महाराजा कृपा गरेर यस्तो काम गर्नुहोस्, जसको कारणले यिनीहरूको नाश हुन नपाओस् । कौरवहरूको नाश हुने देखेर तपाईंले त्यसको उपेक्षा नगर्नुहोस् । लाग्दछ, कुरुवंशको नाश समीप आइपुगेको हुनाले नै तपाईंको बुद्ध

प्रेमा शाह, वीरगंज र म

Image
ध्रुवचन्द गौतम     प्रेमा शाह वीरगंजकी हुन्, यति सूचना मेरोलागि पर्याप्त थियो, उनीसित निकटता अनुभव गर्नलाई । मैले उनका रचनाहरू पढिसकेको थिएँ, चिनजान भने थिएन । २०२१ सालको कुनै दिन भेट भयो, शैलेन्द्रकुमार उपाध्यायले आप्mनै घरमा आयोजना गरेको एउटा गोष्ठीमा । उनी प्रसिद्ध भइसकेकी थिइन् । त्यस बखतसम्म, मेरो भने, भर्खर रचना छापिएको थियो, एउटा/दुईटा । त्यस भेटमा म उनीसँग सङ्कोच मानीमानी कुरा गरिरहें । उनी रुचि लिएर मसित कुरा गरिरहिन् । हामीलाई जोड्ने दुई कुरा थिए, लेखन र वीरगंज ।     पछि उनीसित राम्रै र सधैं सह्दयी सम्बन्ध रह्यो । गोष्ठीहरू र बाटोमा भेट हुन्थिन्, कुरा हुन्थ्यो । २०३० सालतिर ध्रुव सापकोटाको संयोजकत्वमा सहलेखकका रूपमा ‘आकाश विभाजित छ’ शीर्षकको उपन्यास प्रकाशित भयो, चर्चित पनि भयो । ‘आकाश विभाजित छ’ मा एउटै आकाशका दुईजना थिए । एकजना प्रेमा शाह, अर्को म, हामी दुवैको आकाश वीरगंजको थियो, अहिले काठमाडौंमा भएपनि ।     प्रेमा शाह आप्mनो कविता र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कयौं कथामार्पmत् अत्यन्त चर्चित भइन् । एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि उनी चर्चित भइन् । विद्रोही साहित्यकारमा

साङ्गठनिक अभ्यासतिर बढिरहेका पाइलाहरू

Image
सञ्जय मित्र     महिलालाई शास्त्रमा नारी भनेर सम्मान गरिएको छ । अहिले बढी प्रचलनमा रहेको शब्द महिला नै हो । नेपालको वर्तमान संविधान जारी हुनुपूर्वदेखि महिला जागरणको क्षेत्रमा धेरै कदमहरू चालिएका छन् । कतिपयले महिला जागरणको क्षेत्रमा माओवादी जनयुद्धको महŒवपूर्ण योगदान रहेको कुरा मान्दछन् । जनयुद्ध शुरु भएपछि महिलाले हतियार उठाए । खेतमा हलो जोते । काँधमा मुर्दा बोकेर मलामी गए । यी यस प्रकारका क्रान्तिहरू हुन्, जो सम्भवतः तीन दशक पहिले नेपाली लोकजीवनमा असम्भव प्रायः मानिन्थ्यो । यदि कसैले साहित्यमा पनि यस किसिमको तथ्यलाई ल्याउँथे भने स्वैरकल्पना मानिन्थ्यो । तर जब बन्दुक उठाएर युद्ध मैदानमा उत्रिएर नेपाली महिलाले जे पुरुषार्थ गरे, धेरै प्रवृत्ति, मनोवृत्ति र पछौटेपनमा पूर्ण विराम लाग्यो र जडतामा नवचिन्तनको बीउ उम्रेको देखियो ।     माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण भइरहेको थियो । त्यति बेला हेटौंडामा माओवादीको नेतृत्वमा एउटा जुलुस प्रदर्शन भयो । जुलुसमा मानिस कति थियो, अहिले अनुमान लगाउन कठिन छ तर स्थानीयले त्यस जुलुसमा महिलाको सहभागितालाई देखेर अब युग पल्टेछ भन्ने टिप्पणी गरेका थिए । म

कता जाँदैछ नेपाली वाम आन्दोलन

Image
वैद्यनाथ ठाकुर     भारतको पश्चिम बङ्गाल कोलकाताको श्याम बजारको एक चियापसलमा २००६ सालमा नौलो जनवादी क्रान्ति गरी नेपालमा सर्वहारा वर्गको राज्यसत्ता कायम गरी समाजवादमा पुग्ने लक्ष्यका साथ गठन भएको नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालसम्म आइपुग्दा ६८ वर्ष पार गरेको छ । एउटा जीवन्त पार्टीको लागि ६८ वर्ष भनेको कम्ती होइन । मानिसको जीवनको कुरा गर्ने हो भने ६८ वर्ष भनेको ८/१० वर्ष पहिले अवकाशप्राप्त गरी आराम गरेर दिन बिताउनुपर्ने समय हो । नेपाली वाम आन्दोलनमा मूल समस्या भनेको क्रान्तिकारी वेगको साथ राजनीतिक क्षितिजमा उदाउने तर समयक्रममा दक्षिणपन्थी भासमा जाकिने गरेको देखिन्छ । २०१९ सालपछि फुटको राजनीतिमा लागेको नेपाल कम्युनिस्ट पार्टी आप्mनो ६८ वर्षे जीवनकालमा दर्जनौंचोटि फुटेर जुट्यो । प्रत्येक फुट र जुटमा कारक तŒवको रूपमा नीति तथा कार्यक्रम रहेको भनिए तापनि प्रायः नेताहरूको पदलोलुप स्वार्थ र पैसा कमाउने ध्येय नै रहेको देखियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई गद्दार भनेर हिंडेको झापाली आन्दोलन २०२८ सालको व्यापक पञ्चायती दमनपश्चात् नेकपा मालेको रूपमा निकै चर्चित कम्युनिस्ट पार्

कछुवा गतिमा हुलाकी मार्ग

    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने पुरानो पद्मरोड, हुलाकी राजमार्ग अनि अहिले आएर तराई सडक परियोजनाको काम १२ वर्ष बितिसक्दा पनि कछुवा गतिमा नै छ । राणाकालमा पद्म शम्शेरले शिलान्यास गरेको कारण पद्मरोड नामाङ्कन गरिएको यो सडकखण्ड पछि चिठीपत्रहरू ढुवानीका लागि हुलाकीहरूले प्रयोग गरेको कारण हुलाकी मार्गको रूपमा चिनिएको हो । २०४६ सालमा नेपालको राजनीतिक परिवर्तनपछि तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा बनाउने आश्वासन दिएका थिए ।     सो आश्वासनको १४ वर्षपछि भारत सरकारसँग सैद्धान्तिक सहमति भएको थियो । त्यसपछि २०६२/०६३ सालमा पूर्वमा भद्रपुरको झापादेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्म १४४० किमि सडकखण्ड निर्माण गर्ने सम्झौता भयो । त्यत्तिखेरदेखि काम शुरु भएको यस सडकखण्डको निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनीले बीचमा काम छाडेपछि अहिले नेपाल सरकार आपैंmले सडक निर्माणको काम गर्दै आएको छ । सडक निर्माणको काम शुरु भएको १२ वर्षमा अहिलेसम्म केवल ३३ प्रतिशत मात्र काम भएको छ । झापा, सप्तरी, मोरङ आदि ठाउँका केही सहायक सडकहरू कालोपत्र भएको छ भने केही २ वर्षभित्र पूरा गर्ने लक्ष्यका

२०७४ पुस १४ गते शुक्रवारको प्रतीक दैनिक पढ्नुहोस् ।

Image
२०७४  पुस १४ गते शुक्रवारको प्रतीक दैनिक पढ्नुहोस् ।

५/६ दिनमैं सिमेन्ट उद्योग बन्द हुने, क्लिङ्करको विषयमा सरकारी निकाय निष्क्रिय

Image
प्रस, परवानीपुर, १३ पुस/     क्लिङ्कर आयातमा उत्पन्न समस्याले नेपालका सिमेन्ट उद्यFेगहरू एक साताभित्रै बन्द हुने अवस्थामा छन् ।     सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ क्लिङ्कर, कोइला, जिप्सम, फलाइ–एसलगायत कच्चा पदार्थ रक्सौलबाट ल्याउन रोक लागेपछि मध्य तराईका १३ वटा सिमेन्ट उद्योगसँगै अन्य जिल्लाका सिमेन्ट उद्योगहरू पनि बन्द हुने अवस्थामा पुगेको एकजना सिमेन्ट उद्योगीले बताए ।     वीरगंज–२१ पटेलनगरस्थित विश्वकर्मा सिमेन्टका प्रबन्धक विशाल कर्णानीका अनुसार यदि एक साताभित्र क्लिङ्कर समस्या समाधान नभए सबै सिमेन्ट उद्योग बन्द हुनेछन् ।     सिमेन्ट उत्पादनको लागि आयात गरिने क्लिङ्कर रक्सौलवासीको आन्दोलनका कारण रक्सौलबाट नआएको ५ दिन बित्न लागेको छ । गत डिसेम्बर २२ देखि क्लिङ्कर रक्सौलबाट नआएको उनले बताए । उनले स्टकमा रहेको क्लिङ्करलगायतका कच्चा पदार्थ सकिनै लागेको बताए । क्लिङ्कर आयातमा रोक लागेपछि तीन दिनदेखि उत्पादनमा ५० प्रतिशत गिरावट आएको पनि उनले जानकारी गराए । प्रतिदिन १ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हँुदै आएकोमा तीनदेखि करिब ५ सय मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भइरहेको छ । क्लिङ

आर्थिक गतिविधि र चुनौतिबारे अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १३ पुस/     नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा आर्थिक गतिविधि अध्ययनको महŒव, प्रक्रिया एवं चुनौती विषयक एक दिने अन्तत्र्रिmया कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।     कार्यक्रममा स्थानीय तह निर्माण भएपछि सबै अधिकार स्थानीय तहमा गएको कारण तथ्याङ्क सङ्कलन निर्देशन तथा त्यसबाट आउने चुनौतीमा छलफल भएको थियो । कार्यक्रममा बारा र पर्साका वित्तीय संस्थाहरूका प्रतिनिधि, उद्योगीहरू सहभागी थिए ।     कृषि, स्वास्थ्य, शिक्ष्Fा, उद्योग, सेवा, पूर्वाधार विकासका सबै अधिकार स्थानीय तहमा गएपछि त्यसको तथ्याङ्क नेपाल राष्ट्र बैंकसँगै नेपाल सरकारको लागि पनि चुनौतीको विषय बनेको सहभागीहरूले बताएका थिए । देशभरिबाट जिल्ला विकास समितिको अधिकार क्षेत्र कटौती गरी जिल्ला समन्वय समिति बनाइएपछि स्थानीय तहबाट हुने आर्थिक कारोबारको अध्ययन तथा अनुगमन कार्य नै चुनौतीपूर्ण बनेको छ।     जिल्ला समन्वय समितिको काम र अधिकार नतोकिएकोले पनि समस्या आउने कार्यक्रममा बताइएको थियो । सामूहिक सेवा दिनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न कसले सहजीकरण गर्ने खोजीको विषय भएको कार्यक्रममा उठाइएको थियो । नेपाल राष्ट्

तरलता अभावबाट अर्थतन्त्रमा पर्ने असर

Image
शीतल महतो     यतिखेर वाणिज्य बैंकहरूमा तरलता (लगानीयोग्य पूँजी)को चाप देखिन थालेको छ । तरलता अभावसँगै देशको अर्थतन्त्र सङ्कटग्रस्त बन्ने चुनौतीसमेत अगाडि आएको छ । बैंकिङ क्षेत्रको तरलतामा विशेषगरी दुई किसिमका कारक तŒवले बढी प्रभाव पार्ने गरेको देखिन्छ । त्यो हो– नीतिगत र स्वचालित । नीतिगत कारक तŒवमा मौद्रिक नीतिले निर्धारण गर्ने विभिन्न नीतिगत दरहरू तथा स्वचालित कारक तŒवमा चलनचल्तीमा रहेका मुद्राको मात्रा, सरकारी आय–व्ययको स्थिति र विदेशी मुद्रा प्रवाह प्रमुख हुन् । वास्तवमा भन्ने हो भने स्वचालित कारकहरूमा आएको परिवर्तनले समग्रमा तरलताको अवस्थाबारे निर्धारण गर्छ । नीतिगत दर परिवर्तनले अर्थतन्त्रमा उपलब्ध तरलताको उचित समायोजन गर्ने मात्र हो, यसले समग्र अवस्थालाई निर्धारण गर्ने होइन । त्यसैले नीतिगत अवस्था यथावत् रहेको अहिलेको अवस्थामा देखा परेको तरलतालाई न्यूनीकरण गर्न स्वचालित कारकहरूको विश्लेषण गर्नुपर्दछ । यसका लागि विशेष गरेर नगद चलनचल्ती, सरकारी बजेट र विदेशी मुद्रा प्रवाहको अवस्थालाई विश्लेषण गर्नुपर्दछ ।     तरलतालाई प्रभाव पार्ने महŒवपूर्ण कारक भनेको सरकारको बजेट कार्य प्रणा

खर्चमा आश्रित अर्थव्यवस्था किन आवश्यक छ ?

Image
विश्वराज अधिकारी     ‘आम्दानी अठन्नी खर्चा रुपैयाँ’ अर्थात् जति आम्दानी हुन्छ, त्यसको ठीक दोब्बर खर्च गर्ने बानी । सुन्दा सैद्धान्तिकरूपमा यो भनाइ जति शिक्षाप्रद लाग्छ, व्यवहारमा यो भनाइ अति नै शिक्षाप्रद भने होइन । राष्ट्रिय अर्थव्यवस्था विकासको लागि उपयोगी होइन । यो भनाइ वा शिक्षाले खर्च कम गर्नु भन्ने सल्लाह दिन्छ । बढीभन्दा बढी बचत गर्न निर्देशित गर्छ । तर व्यक्तिहरूको बढी बचत गर्ने बानीले अर्थव्यवस्थालाई सुस्त तुल्याउँछ । धनीहरूको पैसालाई गरीबहरूसम्म पुग्न अप्ठ्यारो पार्छ ।     आम्दानी अठन्नी खर्चा रुपैयाँ जस्ता समाजमा चलेका अनेक अवैज्ञानिक भनाइ वा मुहाबराहरूले हाम्रो अर्थतन्त्रलाई सुल्टो होइन, उल्टो दिशामा दौडाइरहेका छन् । यस्ता किसिमका कारण (व्यवहार)हरूले हामी दक्षिण एसियालीहरूलाई सदा गरीब रहन बाध्य पारिरहेका छन् ।     व्यक्तिहरूमा रहेको अति खर्च वा उपभोग गर्ने बानीले अर्थव्यवस्थालाई गतिशीलता प्रदान गर्छ । धनीहरूको पैसालाई गरीबहरूसम्म पुग्ने प्रभावकारी वातावरण सृजना गर्छ ।     हाम्रो समाजमा खर्च वा अति उपभोग गर्ने बानी ज्यादै कम छ । भ्रमणमा जानु, होटलमा खानु, ब्युटीपार्लर जानु

औद्योगिक दुर्घटना

Image
ई. गोपाल श्रेष्ठ     उद्योगमा हुने दुर्घटनालाई औद्योगिक दुर्घटना भनिन्छ । विद्युत् सर्ट भएर दुर्घटना हुनु, मेसिनमा च्यापिएर दुर्घटना हुनु, उद्योगमा आगलागी भई आगोले पोली दुर्घटना हुनु, भारी वस्तु खसेर तथा वस्तु लोडिङ/अनलोडिङ गर्दा च्यापिएर वा चोटपटक लागेर दुर्घटना हुनु आदि सामान्य दुर्घटनाका कारण हुन् भने प्रेसर प्लान्ट पड्केर दुर्घटना हुनु दुर्घटनाको असामान्य अवस्था हो । जे जस्तो दुर्घटना भएपनि त्यस दुर्घटनाबाट मानिसको ज्यान गयो भने परिस्थितिले उग्ररूप लिन्छ र कहिलेकाहीं स्थिति नियन्त्रणभन्दा बाहिर गई उद्योग नै बन्द गर्नुपर्ने स्थिति पनि सिर्जना हुन्छ । दुर्घटना त हवाईजहाज, पानीजहाज, यात्रुबस, रेल आदि सबैमा भई नै रहन्छ तर उद्योगमा जस्तो कोलाहल, विभत्स स्थिति अन्य दुर्घटनामा भएको देखिंदैन ।     गत पुस ५ गते वीरगंजको सुपर ग्याँस उद्योगमा आगलागी भई विभत्स दुर्घटना भयो । उक्त दुर्घटनामा ३ जनाको ज्यान नै गयो भने केही मानिस घाइते भए । ग्याँस उद्योग दुर्घटनाको दृष्टिकोणले एकदम नै संवेदनशील उद्योग हो । ग्याँस उद्योग स्थापना तथा सञ्चालनको लागि सरकारी मापदण्ड पनि कडा छ । जस्तो कि ग्याँस उद्योग

सहमतिमैं गत्यारोधको अन्त्य सम्भव

Image
श्रीमन्नारायण     भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली जनताले वामपन्थी गठबन्धनमाथि ठूलो विश्वास व्यक्त गर्दै ऐतिहासिक जनादेश दिएको छ । प्रदेश नम्बर दुईमा मधेसवादी गठबन्धनमाथि जनताले बढी विश्वास गरेको छ । लोकतन्त्रमा जनादेशको सम्मान हुनुपर्छ । जनताले पत्याएका राजनीतिक दल अथवा गठबन्धनले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तथा जनताको समर्थन एवं विश्वासलाई हासिल गर्नमा असफल रहेका राजनीतिक दलहरूले आप्mनो विगतका कमीकमजोरीको समीक्षा गर्दै जनादेशलाई सहर्ष स्वीकार गर्नुपर्ने हो । तीनवटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएर विद्यमान सङ्क्रमणकाल सकिएपछि पनि मुलुकमा नयाँ राजनीतिक गतिरोध उत्पन्न भएको छ । प्रमुख दलहरूको नेताका अडानको कारण यो गतिरोध झन्झन् बढ्दै गएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच उत्पन्न विवादका कारण प्रतिनिधिसभाको निर्वाचन परिणामसमेत घोषणा गर्नमा विलम्ब भइरहेको छ । यसको प्रभाव नयाँ सरकारको गठनमा पनि पर्ने निश्चित नै छ । राष्ट्रियसभा गठनसम्बन्धी अहिले देखिएका विवादको समाधान राजनीतिक सहमतिका आधारमा खोज्नु उपयुक्त हुनेछ

उखुको मूल्य निर्धारण होस्

    केही वर्षदेखि उखु किसानहरूले झेल्दै आएको मूल्य निर्धारणको समस्या यस वर्ष पनि झेल्नुपरेको छ । सरकारले उखु क्रसिङ शुरु हुनुअगावै उखुको मूल्य तोकेको खण्डमा किसानहरूमा उत्साह देखिन्थ्यो तर त्यसो हुन नसक्दा उनीहरूमा निराशा छाएको छ । सरकारले मूल्य निर्धारण समिति बनाएको लामो समय भयो । तर विगतका वर्षभैंm यस वर्ष पनि समितिले समयमा उखुको मोल तोकेर किसानहरूमा ऊर्जा थप्ने काम गर्न सकेन । यसो त उखु क्रसिङ शुरु भएपछि किसानहरूले कारखानालाई दिने उखुको तुरुन्त नगद भुक्तानी हुने होइन । कारखानाले किसानबाट सङ्कलन गर्ने उखुबापतको टोकन उपलब्ध गराउँछ र करिब ३ महिनापछि मात्र भुक्तानी गर्छ । किसानहरूले कारखानालाई उखु उपलब्ध गराउने क्रममा पुरानो दररेटमा उपलब्ध गराएका हुन्छन् । सरकारले उखुको मूल्य उनीहरूले टोकन बुझाएर रकम बुभ्mनुअगावै निर्धारण गरेको खण्डमा बढेको मूल्यमा भुक्तानी पाउँछन् । तर कथंकदाचित किसानले टोकनबापतको रकम बुझेपछिको अवस्थामा मूल्य निर्धारण गरिंदा भने किसानलाई घाटा हुने हो ।     गत वर्ष नै सरकारले प्रतिक्वीन्टर ४० रुपैयाँ वृद्धि गर्ने आश्वासन दिएको थियो । तर आश्वासन मात्र आयो, मूल्यवृद्धि भन

२०७४ पुस १३ गते बिहीवारको प्रतीक दैनिक पढ्नुहोस् ।

Image
२०७४  पुस १३ गते बिहीवारको प्रतीक दैनिक पढ्नुहोस् ।

उखु किसानको पीडाः एक मूल्य तोकिंदैन, अर्को ऋण लिएर खेती गर्नुपर्छ

Image
प्रस, परवानीपुर, १२ पुस/     प्रदेश नं. २ को ८ जिल्लाका उखु किसानको पीडा भनी साध्यै छैन । नगदे बालीको रूपमा पर्सा, बारा, रौतहटलगायतका जिल्लामा गरिने उखुखेतीका किसानहरू हरेक वर्षभैंm यस वर्ष पनि उस्तै समस्या खेप्न बाध्य छन् । किसानहरू एक त उखुको बिक्री मूल्य निर्धारित नभएर समस्या भोग्छन् भने अर्को ऋण काढेर खेती गर्नुपर्ने पीडा छँदै छ । उखु उब्जाउन लाग्ने खर्चभन्दा बढी किसानहरू ऋणकै ब्याज बुझाउँछन् ।     बारा, कलैया–२३ कोइरिया टोलाका किसान सञ्जय पटेलले यसपालि १ बिघा खेतमा खुटी र डेढ बिघामा मोरहन उखु लगाएका छन् । उनले बारा मनहर्वास्थित रिलायन्स उखु मिललाई विगत ७ वर्षदेखि उखु बेच्दै आइरहेका छन् । गत पुस १ गतेदेखि रिलायन्सले उखु क्रसिङ शुरु गरेको छ । उनले खुटीबाट एक टेलर उखु क्रसिड्ढो लागि चिनीमिलमा पठाएको बताए । उनले हालसम्म बाली उब्जाउन जति लगानी लगाएका छन्, सबै ऋण काढेर नै लिएको बताउँछन् । उनले एक टेलरमा करिब ६० क्वीन्टल उखु चिनीमिललाई पठाएका छन् । सरकारले उखुको मूल्य निर्धारण कार्यलाई अल्झाइरहेको छ । हाल चिनीमिलहरूले पुरानै मूल्यमा किसानसँग उखु खरिद गरिरहेका छन् । गत वर्षकै मूल्यमा उख

ज्येष्ठ नागरिक महासङ्घ नेपालको स्थापना दिवस मनाइयो

Image
प्रस, वीरगंज, १२ पुस/     ज्येष्ठ नागरिक महासङ्घ नेपालको आयोजनामा बुधवार काठमाडौंमा स्थापना दिवस मनाइएको छ ।     २०६८ पुस १२ गते स्थापना भएको महासङ्घले मिलन समारोह आयोजना गर्दै आएकोमा यस वर्षदेखि ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरेको छ ।     ज्येष्ठ नागरिक दिवसका प्रमुख अतिथि ९९ वर्षीय राष्ट्रिय कवि माधवप्रसाद घिमिरेले भाठभटेनीस्थित आम्रपाली ब्यान्केट हलमा कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सो अवसरमा ६० वर्षपछि समाजसेवा गर्नेहरूको आयु लम्बिने बताए । राष्ट्रिय महाकवि घिमिरेले शास्त्रमा उल्लेख भए अनुसार पितृदेव, मातृदेवको रटान गर्नेहरूले आमाबुबाहरूलाई वृद्धाश्रममा जान नपर्ने वातावरण सृजना गर्नुपर्ने बताए । पितृदेव र मातृदेवको असली अर्थ त्यस बेला सार्थक हुन्छ, जुन बेला कुनै पनि घरका आमाबुबा वृद्धाश्रममा जाँदैनन्, उनको जिकिर थियो ।     कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष्F ९४ वर्षीय डा. गौरीशङ्करलाल दासले अधिकार र सरल जीवनका लागि विभिन्न चरणहरू पार गर्दै महासङ्घले ६८ जिल्लामा सेवा विस्तार गरेको बताए । उनले मिलन समारोहमा ६८ जिल्लाका प्रतिनिधिहरूको सहभागिताले पनि महासङ्घको गरिमालाई बढाएको

सरकारले तोकेको मुआवजा माग

Image
प्रस, वीरगंज, १२ पुस/     विन्ध्यवासिनी गापा अन्तर्गत बहुअर्वाभाटाका स्थानीयहरूले आपूm  विकासविरोधी नभएको बताएका छन्।     मुआवजाको माग गर्दै बुधवार नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा आयोजित पत्रकार समेल्लनमा उनीहरूले आपूmहरूले सरकारको गलत नीतिको विरोध मात्र गरेको बताए । सरकारले हुलाकी राजमार्ग निर्माण कार्यमा अधिग्रहण गरेका जग्गाको मुआवजा दिन बनाएको समितिले गलत निर्णय गरिरहेको उनीहरूको भनाइ थियो ।     पत्रकार सम्मेलनमा उनीहरूले २०६८ सालमा बनेको समितिका अध्यक्ष तत्कालीन प्रजिअ नागेन्द्र झाले एउटै कित्ताको फरकफरक मूल्य तोकेको बताए ।     सरकारले मालपोतका लागि बनाएको मूल्याङ्कन समितिले प्रतिकट्ठा १६ लाख ६० हजार तोकेको तर मुआवजा चाहिं प्रतिकट्ठा ५० हजारको दरले दिन खोजिएकोले सोको विरोध गरिएको सङ्घर्ष समितिका अध्यक्ष चन्द्रकिशोर चौरसियाले बताए ।     उनले सरकारी मूल्याङ्कनभन्दा दश गुणा कममा कसरी जग्गा अधिग्रहण गर्न दिने भनी प्रश्न गरे । बेमेल मुआवजाको विरोधमा आपूmहरू सङ्घर्षमा उत्रिएको उनले प्रस्ट्याए ।     करोड मूल्य पर्ने जग्गाको उचित मूल्याङ्कन नगरे आपूmहरूले कुनै हालतमा काम गर्न नदिने अध

वीरगंजमा राजस्व विभागको छापा

प्रस, वीरगंज, १२ पुस/     राजस्व अनुसन्धान विभागको टोलीले बुधवार वीरगंजका केही व्यापारिक प्रतिष्ठानमा छापामारी गरेको छ । सूचनाको आधारमा छापामारी गरिएको विभागका निर्देशक खडानन्द गौतमले बताए ।     वीरगंजको आदर्शनगरस्थित पाँचवटा व्यापारिक प्रतिष्ठानमा छापामारी गर्दै विभागको टोलीले त्यहाँ भएका कागजपत्रहरू लगेको छ । निर्देशक गौतमले कर छलीबारे सूचना पाएपछि छापामारी गरिएको र अनुसन्धानपछि बाँकी कुरा सार्वजनिक गर्ने बताए ।     वीरगंजको पाँच स्थानमा छापामारी गरिए पनि नाम भने खुलाइएको छैन । छापामारी गरिएका व्यापारिक प्रतिष्ठानका सञ्चालकहरूलाई एक सातापछि विभागमा बोलाइएको छ ।     बरामद कागजपत्रहरू अनुसन्धान गर्न समय लाग्ने भएकाले एक सातापछि उनीहरूलाई विभागमा बोलाइएको निर्देशक गौतमले बताए । नियमित काममा बाधा–व्यवधान पर्ने खालका कागजपत्रहरू भने नियन्त्रणमा नलिएको उनले बताए ।     छापामारीमा सशस्त्र प्रहरीको संलग्नता रहे पनि अन्य सरोकारवाला निकायको भने सहभागिता थिएन ।

प्याब्सन टी–ट्वान्टी क्रिकेटको उपाधि विद्यासागरलाई

Image
प्रस, वीरगंज, १२ पुस/     प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विद्यासागर माविले जितेको छ ।     आदर्शनगर रङ्गशालामा मङ्गलवार सम्पन्न फाइनल खेलमा विद्यासागरले मास्कोट एकेडेमीलाई १४ रनअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।     पहिले ब्याटिङ गर्दै विद्यासागरले २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । प्रतिउत्तरमा १०८ रनको विजयी लक्ष्य लिएको मास्कोट निर्धारित ओभरमा सबै विकेट गुमाएर ९३ रनमा सीमित भएको थियो । सो खेलमा म्यान अफ दि म्याच विद्यासागरका शेख तौफिक घोषित भए ।     प्रतियोगिताको समापन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशङ्कर साहको अध्यक्षता र वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यानको  उपाधि माउन्ट एडमन्डका सुदीप पटेलले पाए ।     यसैगरी, उत्कृष्ट बलर विद्यासागरका आबिद आलम, उत्कृष्ट फिल्डर गौतमका आदर्श यादव, उत्कृष्ट कीपर मास्कोटका रञ्जन यादव र प्रति

राजधानी निर्धारणका नैतिक आधार

Image
सञ्जय साह मित्र     राजनीतिमा नैतिकताको अभाव हुँदा राजनीति बाङ्गिने हुन्छ । कतिपयले के भन्ने गरेका छन् भने अनैतिक राजनीतिले समाजलाई कुबाटोमा डो¥याउँछ । हाम्रो देशको राजनीति लामो समयदेखि अस्थिरताबाट गुज्रिरहेको अवस्थाबाटै प्रादेशिक सरकारको कल्पना गरिएको हो । राजनीतिक अस्थिरताले देशमा धेरै किसिमका अनिश्चितताहरू उत्पन्न गरेका छन् । विश्वको उत्कृष्ट भनिएको संविधानले राष्ट्रियसभाको निर्वाचन सम्बन्धमा स्पष्ट व्याख्या नगरेको कारण देश अन्योलमा फसेको छ र राजनीति चाहिं ध्रुवीकृत हुन पुग्दैछ । देशको राष्ट्रपतिजस्तो पदलाई विवादमा तान्ने काम हुन थालेको छ र सरकारको नेतृत्व गरिरहेको दलले आप्mना भ्रातृ सङ्गठन लगाएर विरोधको नयाँ संस्कारको स्थापना गर्दैछ । यसबाट भोलि आपैंm सरकारमा रहेर सदन र सडक दुवै कब्जा गर्ने प्रवृत्तिको विकास हुने खतरा वा आशङ्का बढेको छ । यस प्रकारले देशको सरकार स्थिर प्रकृतिको बन्न सके पनि देशको राजनीति भने अस्थिर रहने सम्भावना रहन्छ । राजनीति अस्थिर हुँदा जनताको शान्ति र विकासको चाहनामा धक्का लाग्छ । जनताले चाहेको र देशको आवश्यकता अनुसारको देशको राजनीति नहुने अवस्थाको सिर्जना हु

ठोरी अलग्याउने चाल सुनियोजित

    पर्साको ठोरीलाई प्रदेश नं. ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घोषसँगै पर्सावासीमा विरोधका स्वरहरू गुञ्जिन थालेको छ । पुस १० गते अध्यक्ष प्रचण्डले ठोरी गापाको स्थलगत भ्रमण गर्दै आयोजित आमसभामा ठोरीलाई प्रदेश नं. ३ मा गाभ्ने बताए । सोही दिन एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतको टोली चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका केरुङ पुगेका थिए । वाम गठबन्धनका दुई शीर्ष नेता एकजना चीनसँग जोडिएको उत्तरी नाका र भारतसँग जोडिएको दक्षिणी नाकाको स्थलगत भ्रमण गर्नु संयोग मात्र हुन सक्दैन । सम्पन्न आम निर्वाचनमा वाम गठबन्धन सरकारको बहुमत आउनु र गठबन्धनका शीर्ष नेताहरू सरकार बनाउने कसरत छाडेर नाकाको भ्रमणमा व्यस्त हुनुले आगामी वाम गठबन्धनको सरकारले चीनको केरुङबाट ठोरीसम्मको नयाँ नाकाको सूत्रपात गर्न सक्ने सम्भावना देखाएको छ । यसो त ठोरीलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा पनि चितवनसँग गाभिएको थियो । तर पर्सावासीको चौतर्फी विरोधका कारण त्यत्तिखेर भएको निर्णय कार्यान्वयन हुन सकेन ।     ठोरी–केरुङ नाका पछिल्लो समयमा एमाले सरकारमा छँदा संविधान जारी भएको