$type=ticker$count=12$cols=4$cate=0

राजनीतिक आलोचनाका उत्कर्ष दिनहरू

SHARE:

सञ्जय साह मित्र
    लोकतन्त्रमा आप्mनो अभिमत राख्ने छुट सबैलाई छ । यो लोकतन्त्रको मर्यादा नै हो कि आप्mनो कुरा जनतामा सबैले राख्न पाउँछन् । सबैले आप्mनो तर्क र विचार राखेर अर्काको विचारलाई सभ्य तरिकाले खण्डन गर्दा आप्mनो पनि सभ्यता झल्कन्छ । सभ्यता कुनै दलले सिकाउने होइन, तर दलको प्रतिनिधिको हैसियतमा उम्मेदवार बनेर जनतामा जाँदा ऊ जनताको प्रतिनिधि बन्न आएको देखिन्छ । वास्तवमा जनताको प्रतिनिधि बन्ने योग्यता ममा छ भनेर नै कोही उम्मेदवार बनेको हुन्छ । जनताबीच जाँदा दलको प्रतिनिधि र जनताबाट चुनिएपछि जनताको प्रतिनिधि हुने हो । यसरी दोहरो भूमिकामा रहने व्यक्तिको वाणी संयमित हुँदा जनताले पनि असल बन्ने प्रेरणा पाउँछ ।
    लोकतन्त्रमा नेताहरू जनताका लागि आदर्श हुनुपर्छ । हुनत अहिलेका धेरै नेताहरू आदर्श हुन सकेका छैनन् । आदर्श नेतामा हुनुपर्ने अनुकरणात्मक गुणको अभाव देखिएको छ । कतिपय नेताहरू बाहिर व्यवहारमा र बोलीमा पनि निकै सफा हुन्छन् तर यथार्थमा भित्रीरूपमा भने त्यस्तो हुँदैनन् । बढी गफ हाँक्ने नेतालाई जनताले छिटै चिन्छ । जनताले चिनेपछि ऊप्रतिको आकर्षण कम हुँदै जान्छ र विकर्षणमा पनि बदलिन बेर लाग्दैन । जब नेताप्रति एकचोटि विकर्षणको भाव उत्पन्न हुन्छ, उसप्रति पुनः आकर्षण आउन केही दशक लाग्न सक्छ । जनताले सितिमिति पत्याउँदैन । यस कारण जनतालाई धोका दिने काम राम्रो होइन । बरु जति सकिन्छ कम इमानदार बन्ने प्रयास गरौं । जनताले अनुकरण गर्ने गरी काम गरौं । जनताले अनुकरण गर्न सक्नेगरी काम हुँदा जस्तोसुकै साधारण परिवार वा जातको मानिस पनि ठूलो हुन सक्छ । एक दिन उसमाथि सबैको भरोसा हुन सक्छ र सबैले उनलाई विश्वास गर्ने योग्य नेताको रूपमा लिन सक्छन् । तर अरूलाई गाली मात्र गर्ने, अरूका अवगुणजति कण्ठ पार्ने र सभा–समारोहमा फलाक्दै हिंडने बानी भयो भने ऊबाट सर्वसाधारण नागरिकले के सिक्ने ? त्यही गाली गर्न ? अनि उसका अपेक्षा पूरा हुँदैनन्, त्यसपछि उनलाई पनि गाली शुरु हुन्छ । आखिर गाली गर्न उनैले सिकाएको हो । यस कारण सभ्यताको परिचय दिएर, अरूलाई गाली नगरेर, सकेसम्म कम आलोचना गरेर वा नगरेर आप्mनो तर्क राख्नु बढी सान्दर्भिक हुन्छ ।
    मधेसी जीवनमा राजनीतिक गालीलाई खासै महŒव दिएको देखिन्न । मञ्चमा अहिले उम्मेदवारहरू उत्रेपछि आप्mनो विषयमा ज्यादै कम र आपूmले विरोधी वा निकटतम प्रतिद्वन्द्वी ठानेका उम्मेदवारको वा निजको पार्टीको आलोचना गर्न धेरै समय खर्च गर्ने गरेका छन् । उम्मेदवारका नजिक बसेर सम्भाषण दिंदा पनि जति उत्तेजक शैलीमा सक्यो, अरूको आलोचना गर्न समय व्यतीत गर्ने प्रयास गर्दछन् । सर्वसाधारण नागरिक के सुन्न आएको छ भन्ने कुरो बिर्सेर कसलाई सुन्न आएको छ भन्ने ठानेर अरूलाई गाली गर्दैमा, अरूको आलोचनाले आपूm ठूलो ठान्दा आफैंले आपूmलाई आलोचित बनाइरहेको बिर्सिन्छन् । जनताको बहुमूल्य वा अमूल्य समय किन र केका लागि खर्च गरिरहेको छु भन्ने हेक्का नराख्ने उम्मेदवार वा तिनका मतियारले खासमा जनतालाई केही पनि दिन सक्दैन । उसले आलोचना गर्ने बानी विकास गराउन र आफैंमाथि अनावश्यक घमण्ड गर्ने मपाइँत्वको विकास गराउन सक्छ, जुन यथार्थमा देश र जनताको लागि दीर्घकालसम्म हानिकारक हुन्छ । अझ यसरी भन्न सकिन्छ, यस प्रकारका नेताहरूले समाजलाई अधोगतितिर धकेल्छन् ।
    जब मुद्दा सकिन्छ, जब बोल्नलाई केही बाँकी रहँदैन तब मात्र आलोचनाको हतियार धारिलो बनाएर नेताहरू मैदानमा उत्रन्छन् । चुनावको वास्तविक मैदानमा आपूm कमजोर हुन थालेको अनुभूति भएपछि पनि सम्भवतः उम्मेदवारहरूले यस प्रकारका वाणीहरू निकाल्छन् जसले तत्काल ताली बढी पाउने र यथार्थमा तालीले नै गाली गरेको भनी कालान्तरमा अनुभव हुने हुन्छ । र अझ गालीले पनि नपुगेपछि उम्मेदवारहरू अनेक किसिमको सङ्कुचित घेरामा पुगेर आपूmतर्फ आकर्षित गर्न खोज्छन् । यस प्रकारका घेराहरूमा अहिले सबैभन्दा बढी चलेको जातिवादी घेरा हो । जाति, समुदाय, सम्प्रदाय र धर्मको आडमा भोटको राजनीति हुन थालेको छ । शिक्षा, इमानदारिता, विकास तथा सभ्यता सबै गालीको वाण प्रहारले ध्वस्त पारिन्छ । आपूmलाई शिक्षित भन्नेहरूमध्ये कतिले त आखिरमा जे होस्, म आप्mनो जातको प्रचार गर्छु, आप्mनो जातबाहेक अरूलाई भोट दिन्नँ भनेर जातीय समुदायबीच किरिया खानुपर्छ । यो पनि सुनिएको छ कि मन्दिरमा गएर, गीता हातमा लिएर तथा मस्जिदमा पुगेर कुरान छोएर आफ्नो समुदायलाई सबै किसिमले सहयोग गर्ने किरिया कसम ख्वाइन थालिएको छ । लोकतन्त्रमा यसलाई निकृष्ट अभ्यास मान्नुपर्छ । बौद्धिक समाजको लागि यो लज्जाको विषय हुनुपर्छ । यसरी किरिया कसम खानेहरूले यो पनि बुझ्नुपर्छ कि किरिया कसम खुवाउनेले विश्वास नगरेर यस्तो गरेको हो । उसलाई किरियामाथि विश्वास छ, अमूर्त धर्ममाथि विश्वास छ । दोस्रो कुरा, उसका स्वतन्त्रतालाई उसले हत्या गर्न खोजेको छ, धार्मिक आस्थाको नाउँमा । हुन सक्छ किरिया खाएपछि किरिया खुवाउने उम्मेदवारप्रति अन्य कारणले विश्वास भडकियोस् । तर किरिया खाएपछि छ नैतिक बाध्यता हुन्छ । एकातिर अनैतिक विश्वास र अर्कोतिर नैतिक बाध्यता, द्वन्द्वमा पर्न जान्छ मतदाता । फेरि यो धार्मिक आस्था वा धर्मको दुरुपयोग पनि हो । कसैको लोकतान्त्रिक स्तवतन्त्रामाथि धार्मिक हस्तक्षेप हो । यस प्रकारको विकृतिलाई रोक्ने प्रयास हुनु आवश्यक छ । किनभने कुनै पनि धर्म, देउता वा धार्मिक ग्रन्थले कसैलाई बलजप्mती नैतिक बन्धनमा बाँधेर मानवीय स्वतन्त्रतालाई बन्धक बनाउन सिकाउँदैन । यससँगै जोडिएर आउने अर्को कुरो के पनि छ भने भोट पाउन यसरी धर्मको सहारा लिन खोज्ने उम्मेदवारले जुन धार्मिक ग्रन्थको किरिया खुवाउन खोजेका छन्, के ती उम्मेदवारको समूहले पनि त्यही ग्रन्थमा लेखिएको सदाचार, इमानदारी तथा नैतिक आचरणको कसम खान तयार हुन्छन् ?
    जसलाई आपूmमाथि विश्वास छैन, उसलाई अरूमाथि विश्वास कसरी हुन्छ ? अरूको आलोचना मात्र गर्न जान्नेले आप्mनो आलोचना पनि भइरहेको छ भन्ने कुरो कसरी बुझोस् । अहिले भइरहेका कोणसभाका सम्भाषणहरूमा आलोचनाको खेती मात्र उब्जेको देखिन्छ । गालीको वर्षा भइरहेको देखिन्छ । अरूलाई गाली गर्दा केही मानिसले ताली बजाएर नेताको उत्तेजना बढाएको पनि देखिन्छ । यो अवस्थाले अहिले के देखिएको छ भने वास्तवमा अहिलेको राजनीतिक वातावरण नै आलोचनामय बनेको छ । सम्भवतः अहिले नै हुनुपर्छ सबैभन्दा बढी आलोचना भइरहेका दिनहरू । आलोचनाको उत्कर्षमा अहिले देश पुगेको छ । जे मुखमा आयो त्यही आरोप लगाइदिंदा पनि निर्वाचन आयोगमा कोही उजुरी दिन किन गइरहेको छैन भने उसलाई पनि अर्को कार्यक्रममा गाली गर्ने मौका पाइन्छ । कोणसभा वा आमसभामा बोल्ने एउटा थप विषय पाइएको छ । यस प्रकारले आलोचनाका उत्कर्षका दिनहरूमा पनि जनता मौन छ । आलोचनाको तापमान नजिकिंदो निर्वाचनसँगै बढेको छ । अहिले दिनका दिन मौसममा केही चिसोपन बढदै छ तर निर्वाचनको तापक्रम बढदै गएर आलोचनाको उत्कर्षमा पुगेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजनीतिक आलोचनाका उत्कर्ष दिनहरू
राजनीतिक आलोचनाका उत्कर्ष दिनहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdP2WodzGWRib6l-_PNIAH1f03JNHTS5oCS4SWbfiZkZEeuWEJO5BsHnE5IuplaLe91Dblvq9zas_k_ZJDatMpDpbq8B6MjCHzraibLnsGsqEl92FhduVpCIvNANWQCxVaxPMAFiZeHnn1/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdP2WodzGWRib6l-_PNIAH1f03JNHTS5oCS4SWbfiZkZEeuWEJO5BsHnE5IuplaLe91Dblvq9zas_k_ZJDatMpDpbq8B6MjCHzraibLnsGsqEl92FhduVpCIvNANWQCxVaxPMAFiZeHnn1/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_973.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_973.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy