प्रस, परवानीपुर, ११ मङ्सिर/
सुरक्ष्Fा समिति, पर्साले आसन्न मङ्सिर २१ को निर्वाचनलाई मध्यनजर गरेर पर्साको मतदान स्थलहरूको अनुगमन निरीक्ष्Fण शुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको नेतृत्वमा आज पर्सा क्ष्Fेत्र नं. ३ का विभिन्न मतदान स्थलहरूको अनुगमन निरीक्ष्Fण भएको थियो । पर्साका १६७ मतदानस्थलमध्ये १५ वटा सामान्य, ७६ वटा संवेदनशील र ७६ वटा अतिसंवेदनशील रहेकोले निर्वाचनभन्दा एक हप्ता अगाडि सुरक्ष्Fा प्रबन्ध चुस्तदुरुस्त बनाउन अनुगमन, निरीक्ष्Fणमा जोड दिएको उनले बताए ।
प्रजिअ सिंहसँग पर्सा प्रहरी उपरीक्ष्Fक डा. गणेश रेग्मी, सशस्त्र प्रउ शान्तिकुमार कार्की, अनुसन्धानका एसपीलगायत टोलीले ३ नं. क्षेत्रको धोरे, पकाहा मैनपुर, परसौनीभाठा, पोखरिया, पटेर्वा सुगौलीलगायत क्षेत्रमा मतदान स्थलको अनुगमन गरेको छ ।
विशेषगरी भारतीय सीमासँग जोडिएका अतिसंवेदनशील मतदानस्थलमा सुरक्ष्Fा प्रबन्ध कडा पारिएको उनले बताए ।
मङ्सिर १८ देखि निर्वाचन कार्यक्रममा नियुक्त कर्मचारीहरू मतदानस्थल पुग्ने र मङ्सिर १९ देखि मतदाता परिचयपत्रलगायत अन्य बन्दोबस्तीको काम शुरु गरिएको छ ।
जसलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी र नेपाली सेनालगायत सुरक्ष्Fा अङ्गहरू अहिलेदेखि नै मतदानस्थलको वरपर तैनाथ भइसकेको उनले बताए ।