ई. गोपाल श्रेष्ठ
यान्त्रिक युवती बोल्छिन्, सोधेको कुराको जवाफ दिन्छिन्, विवाह गर्ने परिवार बसाउने इच्छा व्यक्त गर्छिन् । सुन्दा, भिडियोमा देख्दा अचम्म लाग्छ । के यो वास्तविकता हो ? अनायास प्रश्न नै प्रश्न मनभरि उब्जिन्छ । झन् साउदी अरेबियाले गत अक्टोबरमा आप्mनो देशको नागरिकता नै प्रदान गरी इज्जत गरेको सुन्दा त अचम्म नै अचम्म लाग्छ । यी यान्त्रिक युवतीका सृष्टिकर्ता हुन् हड्ढड्ढा डेभिड हेनसन् । यान्त्रिक युवतीको शरीरमा क्यामरा जडान गरिएको छ । साथै आर्टिफिसियल इन्टेलिजेन्स, ए.आई., सप्mटवेयर पनि प्रोग्राम गरिएको छ जसको प्रयोगले उनले आई कन्टयाक गर्न सक्छिन् र मान्छे चिन्न सक्छिन् ।
सोफिया भन्छिन्– उनी र उनीजस्तै यान्त्रिक मानवहरूले जेष्ठ नागरिकहरूको प्रभावकारी ढङ्गले देखभाल गर्न सक्छन्, पार्क र बगैंचाहरूमा भिजिटरहरूको मार्गदर्शन गर्न सक्छन् र मानव जातिको जीवन अझै उत्कृष्ट बनाउन सहयोग गर्न सक्छन् । र अन्ततोगत्वा संसारलाई उत्कृटता प्रदान गर्न सक्छन् । मानवजाति सँग मिलेर बस्नु र मानवजातिलाई सहयोग गर्नु नै उनीहरूको चाहना हो । मानवलाई झर्को लाग्ने र दिक्क लाग्ने काम यान्त्रिक मानवले गर्न सक्छ । हाम्रो देशको मङ्सिर १० र २१ गतेको चुनावमा समेत पाल्पा र पोखरामा यान्त्रिक मानवको प्रयोग भएको र हुने समाचार छापामा पढन पाइएको छ । यान्त्रिक मानवलाई टोपी, इस्टकोट, पाइन्ट, माला लगाएर उम्मेदवारको रूप दिइएको छ र उम्मेदवारले जस्तै मत माग्न लगाइएको छ।
सोफियालाई सृष्टि गर्ने कम्पनी हेन्सन रोबोटिक सन् २००५ मा खोलिएको हो । यो कम्पनीको मानव आकृतिको पहिलो यन्त्र मानव ‘अल्बर्ट आइन्सटिन’ हो भने दोस्रो ‘जुल्स’ हो । त्यसपछि क्रमशः ‘जेनो’, ‘एलाइस’ हुँदै ‘ह्यान’ र ‘सोफिया’ को जन्म भएको हो । यान्त्रिक मानवलाई मानवजस्तै संवेदनशील हुन अर्थात् मानवीय भावना दिन ए.आइ. एउटा नयाँ विधाको रूपमा सशक्त ढङ्गले अगाडि आएको छ । ए.आइ.को प्रयोगले नै वर्तमान यान्त्रिक मानवहरू हाँस्ने, बोल्ने, खुशी व्यक्त गर्नेजस्ता मानवीय संवेगहरू प्रदर्शन गरिरहेका छन् । आजकल यान्त्रिक मानवलाई सवारी साधन चलाउने, खाना बनाउने, कारखानामा मजदुरजस्तै काम गर्ने, बिरामीको शल्यक्रिया गर्ने, नर्स र सिस्टरहरूजस्तै काम गर्नेजस्ता अनेकौं काममा लगाइएको छ । रोजगार दुर्लभ हुँदै गएको बिश्वमा बेरोजगारको समस्याले झन् विकराल रूप लेला कि भनी डराउनु नै पर्छ । तर कारखानाहरूमा बढदै गएको मजदुर अराजकताको नियन्त्रणमा भने यसले सहयोग नै पु¥याउँछ । कारखानाको सबैभन्दा जटिल तथा चुनौतीपूर्ण काम नै श्रम व्यवस्थापन हो । पार्टीगत श्रमिक सङ्गठनले कारखानालाई अराजकताको अखडा नै बनाएको छ । मानव श्रमिकको विकल्प यान्त्रिक श्रमिक हुँदा कारखानाले अवश्य पनि केही न केही राहत पाउँछ ।
यान्त्रिक युवती सोफियाको सृष्टि रोबोट तथा आर्टिफिसियल इन्टेलिजेन्स विधामा भएको द्रुत प्रगतिले गर्दा भएको हो । यो प्रगति कति वैज्ञानिकले सकारात्मक ढङ्गले लिएका छन् भने कतिले नकारात्मक ढङ्गले पनि लिएका छन् । नकारात्मक ढङ्गले लिनेहरूले यसलाई महँगो प्रविधि भन्छन्, गरिरहेको कामबाहेक फरक प्रकृतिको कामको लागि यो अनुपयुक्त नै ठान्छन् । साथै मानवजस्तो यसमा दया, माया नहुने गुनासो पनि गर्छन् । सबभन्दा ठूलो कमजोरी त मानवको सहयोगबिना, यसले आपूmले आपूmलाई क्रमिकरूपमा सुधार गर्दै लान सक्तैन । गलत मान्छेको हातमा प¥यो भने यसले मानवजातिमा प्रलय नै हुनेगरी पनि प्रभाव पार्न सक्छ । केही गरी मानवजातिलाई मात गर्ने तीक्ष्ण बुद्घि यसमा विकसित भयो भने यो मानवजाति माथि नै हावी पनि हुन सक्छ । त्यसैले यस माथि निगरानि राख्नु नै पर्छ । अनियन्त्रित ए.आई. प्रविधि मानवजातिको लागि अभिशाप नै बन्न सक्छ ।