प्रस, पोखरिया, १० मङ्सिर/
पर्सा जिल्लाको सुर्जाहामा रहेको नेपाल दलित मुक्ति प्राविमा दुई वर्षदेखि एकजना शिक्ष्Fकले मात्रै तीनवटा कक्षा सञ्चालन गर्दै आएका छन् ।
२०६४ सालमा स्थापित सो प्राविमा अहिलेसम्म एकजना शिक्ष्Fकको पनि दरबन्दी छैन । १० वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आएका हरिकिशोर दास एक्लैले अहिले दुई वर्षदेखि कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन् ।
उनको पनि अहिलेसम्म दरबन्दी छैन । उनीसँगै यस अघि सो विद्यालयमा चारजना शिक्ष्Fक थिए । दुई वर्ष पहिलेसम्म गाविसले जनही रु ३ हजार शिक्ष्Fकहरूलाई तलब दिएर अध्यापन गराउँदै आएको थियो । तीनवटा कक्ष्Fामा चारजना शिक्ष्Fक हुँदा विद्यालयमा ७० जना दलित विद्यार्थी अध्ययन गर्दथे । दुई वर्ष अघि गाविसले रु ३ हजारभन्दा बढी तलब दिन नसकेपछि तीनजना शिक्षक विद्यालय छाडेर गएका हुन् । उनीहरूको विकल्पमा अहिलेसम्म कुनै शिक्ष्Fक छैन ।
शिक्ष्Fकहरू हटेपछि विद्यार्थीको सङ्ख्या पनि पातलिएको छ । अहिले तीनवटा कक्ष्Fामा दैनिक १० भन्दा बढी विद्यार्थी आउँदैनन् । उनीहरूलाई एउटै कक्ष्Fामा राखेर दास पढाउने गर्छन् ।