देशले सबैभन्दा बढी संवेदनशील भएर ध्यान पु¥याएको क्षेत्र शिक्ष्Fा हो । शिक्षा क्षेत्रको उन्नतिका लागि यहाँ जति प्रयोग भए, जति लगानी भए, जति विश्व समुदायले सहयोग ग¥यो सबै बालुवामा पानी खन्याए सरह भएको छ । कारण शिक्ष्Fाको नारा निकै लगाइयो, लगानी पनि बेस्सरी गरियो, तर उपलब्धि प्राप्त गर्ने चेष्टा गरिएन । एउटा आमाबाबुले आप्mनो सन्तानको सुख सुविधाका लागि सबै स्रोत साधन त जुटाइदियो तर उसको हेरचाह ढङ्गले गरेन भने उपलब्धि शून्य भएजस्तै भएको छ नेपालको शिक्ष्Fा क्षेत्र । देश र नेपाली जनताको दुर्भाग्य नै होला, शासकहरूले कहिले पनि जनपक्षको कामलाई गम्भीरतापूर्वक लिएनन् । कुरा शिक्षा क्षेत्रको मात्र होइन, सबै क्ष्Fेत्रमा–एउटा लहड चल्छ, तमाम राष्ट्रिय शक्ति त्यता ओइ¥याइन्छ तर अनुगमन, रेखदेख र उपलब्धिमा ध्यान पु¥याइँदैन । जसले, गर्ने जनता नै त्यस क्षेत्रबाट निराश हुन पुग्दछ । एकताका कृषिमा निकै गरियो, सबभन्दा बढी बजेट प्रवाह गरियो, आज किसान यति हतोत्साहित छ कि कृषि कर्मबाट मुक्त हुँदै गएको छ ।
देशमा विकासको पूर्वाधारको रूपमा रहेको शिक्षा, सडक, ऊर्जा, कृषि, उद्योग आदिमा अहिलेसम्म जति लगानी भएको छ, त्यसको समुचित व्यवस्थापन मात्र गर्न सकेको भए आज देशले कुनै पनि साधन, स्रोत र प्रविधिका लागि कसैसामु हात पसार्नुपर्ने थिएन । एउटा क्षेत्रमा लगानी ग¥यो देशलाई नै त्यस क्षेत्रमय बनायो, उपलब्धिको हिसाब नै नगरी भोलि अर्का क्षेत्रतिर लाग्यो । सडक–पुल बनाइन्छ, गुणस्तरहीनताले नबनाएकोजस्तो त हुन्छ नै,ै देशमा दुर्घटनाको बाढी मात्र आउँछ । ऊर्जा विकासका लागि विद्युत् आयोजनाहरूमा हात हालिन्छ, कि राजनीतीकरणले काम शुरु हुनै पाउँदैन वा काम यति ढिलो कि लगानी उठाउनै गा¥हो । एउटा खानेपानी आयोजना पूरा गर्न यस देशलाई परिकल्पना गरेर समापनसम्म पुग्न तीन दशकभन्दा बढी समय लाग्छ । नेपालले एउटा काम गर्न तीन दशकमा पनि भ्याउँदैन, तर त्यसै अवधिमा कुनै मुलुक समग्र विकास गरेर विकसित देश भइसक्छ । यस विरोधाभासलाई के भन्ने ? त्यही काग कराउँदै छ पीना सुक्दैछ त हो नि १ सञ्चारमाध्यमले जति कराओस्, जनताले जति आन्दोलन र कोलाहल मचाओस्, विज्ञ र दाताले जति जोड लगाऊन् देश भने घुमिफिरी रुम्जाटारमैं अल्मलिन्छ ।
पर्सा जिल्लामा एउटा दलित विद्यालय छ । यस विद्यालयले १० वर्षको अवधिमा एउटा पनि शिक्षक दरबन्दी पाएको छैन । तत्कालीन गाविसले महिनाको रु तीन हजार दिएर चारजना शिक्ष्Fक बहाल गरेको थियो । यो तलबमान सरकारले नेपालको अदक्ष मजदुरको लागि तोकेको निम्नतम ज्यालाभन्दा तीन गुणा थोरै छ । पायकपर्ने जागिर पाएर तीनजना शिक्षक हिंडे । अब दुई वर्षदेखि एकजना मात्र शिक्ष्Fकले तीनवटा कक्षाका विद्यार्थीहरूलाई पढाइरहेका छन् । देशमा सरकारले शिक्ष्Fाका लागि सबै क्ष्Fेत्रभन्दा बढी लगानी गरेको छ, शिक्ष्Fा क्षेत्रको रेखदेख गर्ने जिल्लामा शिक्षा कार्यालय छ, शिक्षा कार्यालयलाई सघाउने विभिन्न निकाय छ, तर सुर्जाहाको विद्यालय निरुपाय छ । देशको जनता यति संवेदनशील छ कि संविधानको सानोभन्दा सानो कुरामा संशोधनका लागि शहीद बन्न तयार छ, तर शिक्षाको कुरामा न यिनलाई कुनै चासो छ, न देशको समग्र उन्नतिको गफ दिने राजनीतिक दलहरूलाई नै कुनै चासो १