प्रस, वीरगंज, ११ मङ्सिर/
निर्वाचन आचारसंहिताविपरीत वीरगंजको मुख्य सडकको सार्वजनिक डिभाइडर, विद्युत्, टेलिफोन पोल, सालिक, घण्टाघर तथा सरकारी कार्यालयहरूमा झुन्डयाइएका प्रचार सामग्री प्रहरीले आज हटाएको छ ।
वीरगंज, घण्टाघरदेखि पावरहाउस चोकसम्म रहेको फोरलेन सडकको बीचको डिभाइडरमा राजनीतिक दलका उम्मेदवारहरूले आआप्mना झन्डा झुन्डयाएका थिए । यसैगरी गण्डकदेखि भन्सारसम्मको विद्युत् तथा टेलिफोन पोलमा झुन्डयाइएको झन्डा, प्mलेक्स लगायत प्रचार सामग्री प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीले आज निकालेका छन् ।
वीरगंज, मेनरोडको डिभाइडर, विद्युत् पोल तथा टेलिफोन पोलमा नेकाले झन्डा, प्mलेक्स ब्यानरहरू झुन्डयाएको थियो । त्यसपछि सङ्घीय समाजवादी फोरम नेपाललगायत दलहरूले झुन्ड्याउन शुरु गरे । झन्डाको विषयलाई लिएर फोरम र नेकाबीच रस्साकस्सी पनि भएको थियो । फोरमका कार्यकर्ताले नेकाको झन्डा हटाएर आप्mनो झन्डा झुन्ड्याएको भन्दै दुवै पार्टीबीच आरोप–प्रत्यारोप भएको थियो । नेकाले पत्रकार सम्मेलन गरी फोरमले झन्डा हटाएको आरोप लगाउँदै स्थानीय प्रशासन र निर्वाचन कार्यालयमा उजुरी पनि गरेको थियो । फोरमले भने आप्mनो पार्टीका कार्यकर्ताले त्यस्तो नगरेको स्पष्टीकरण दिएको थियो ।
एक सातादेखि झन्डाको विषयलाई लिएर दुवै पार्टीबीच चुनावीसभाहरूमा आरोप–प्रत्यारोप चल्दै आएको थियो । निर्वाचन कार्यालयले पनि राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको चरम उल्लङ्घन भएको स्विकारेको थियो तर सोविरुद्ध अभियान आज मात्रै शुरु गरेको हो ।
यस अघि स्थानीय निर्वाचनमा आचारसंहिताको चरम उल्लङ्घन हुँदा निर्वाचन कार्यालयले मतदानको एक दिन अगाडि मात्र मतदान केन्द्रहरूमा झुन्ड्याइएको आचारसंहिताविपरीत प्रचार सामग्री हटाएको थियो । यसपटक भने राजनीतिक दलहरूबीच प्रचार सामग्रीकै विषयमा विवाद बढेर अप्रिय घटना हुन सक्ने सम्भावना देखेर स्थानीय प्रशासनको सुझावमा निर्वाचनको दिन अगावै सार्वजनिक स्थलहरूबाट प्रचार सामग्री हटाउन शुरु गरेको छ ।
मेनरोडमा प्रचार सामग्री हटाउने अभियान शुरु गरे पनि टोलटोलमा भने ज्यूँका त्यूँ छ । मेनरोडको भित्री सडकहरूमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गर्दै मतदान केन्द्र, सरकारी कार्यालय, मन्दिर, विद्यालय आदिमा प्रचार सामग्रीहरू झुन्ड्याएका छन् ।