$type=ticker$count=12$cols=4$cate=0

प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा

SHARE:

प्रस, वीरगंज, १२ मङ्सिर/
    मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पर्सा, बारामा चुनावी अभियान सुचारु छ । राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिंदै आएका छन् ।
    यसैक्रममा वाम गठबन्धनले आज वीरगंजमा जनप्रदर्शन एवं सभा गरेको छ । भारतीय महावाणिज्य दूतावास वीरगंजसँग टाँसिएको विपि उद्यानमा आयोजित सभामा बोल्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार विचारी यादवले जनप्रदर्शनमा सहभागिता नै वाम गठबन्धनको जीतको सूचक भएको बताए ।
    उनले एमाले र माओवादी केन्द्र मधेस र मधेसीको पक्ष्Fमा रहेको दाबी पनि गरे ।
    अर्का क्षेत्र नं. २ बाट वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार महम्मद सलीम मन्सुरले एक महिनाभित्र पूरै देश वाम गठबन्धनमय हुने बताए । उनले देशको प्रत्येक जिल्ला लालकिला बन्ने दाबी गरे । उम्मेदवार मन्सुरले काङ्ग्रेस र मधेसवादी भनाउँदा दलहरू जनताको नजरमा अवसरवादीको रूपमा प्रतिविम्बित भएको बताए ।
    कार्यक्रममा प्रदेशसभा उम्मेदवार रामचन्द्र साह, शम्भु गुप्ता, रहबर अन्सारी, छोटेलाल कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यस अघि क्षेत्र नं. १ र २ को आयोजनामा नगरमा वाम गठबन्धनको ¥याली निस्केको थियो ।
    पर्सा क्ष्Fेत्र नं. १ बाट राजपा–गठबन्धनका प्रतिनिधिसभामा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा उम्मेदवार जन्नत अन्सारीले वीरगंज–२१ मा घरदैलो गरेका छन् । 
    ताजपुरबाट शुरु भएको घरदैलो लिपनीमाल, परवानीपुरसम्म आज सम्पन्न भएको सो पार्टीले जनाएको छ ।  उम्मेदवार यादवले सो अवसरमा विपक्षीहरू अशोभनीय हरकतमा उत्रिएकाले कार्यकर्ताहरूलाई नआत्तिन सुझाएका थिए ।
    यसै क्रममा पर्सा क्ष्Fेत्र नं. २ बाट नेकाका उम्मेदवार अजय चौरसियाले मधेसीको नाममा मत लिएर मधेसीलाई बिक्री गर्नेसँग सावधान हुन आग्रह गरेका छन् ।
    बहोदरामाई नपाको डोकैला बहुअरी तथा बागेश्वरी तित्रौनामा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उम्मेदवार चौरसियाले वामपन्थीहरूमा रकमको चलखेल बढी हुने र मधेसलाई बेच्ने शुरुदेखि बानी बसेको आरोप लगाए । उनले वामपन्थीहरू जिते देशमा तानाशाह व्यवस्था हावी हुने बताए ।
    घरदैलोमा प्रदेशसभा उम्मेदवार राजेश्वर तेलीलगायतको सहभागिता थियो ।
    यसैगरी पर्सा क्षेत्र नं. ४ बाट नेकाका उम्मेदवार रमेश रिजालले छिपहरमाई गापा–३ को जयमङ्गलापुर, बुडगाइँ, झलमैयालगायत स्थानमा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेशसभा उम्मेदवार वशिष्टनारायण कुर्मीलगायतको सहभागिता थियो ।
    पर्सा क्ष्Fेत्र नं. १ बाट नेकाका प्रतिनिधिसभा उम्मेदवार अनिल रूँगटाले सोलखपुरमा सम्पर्क कार्यालय स्थापना गर्नुको साथै घरदैलो र पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेका छन् ।
    प्रदेशसभा उम्मेदवार रामनारायण कुर्मीसमेतको सहभागिता रहेको कार्यक्रममा उम्मेदवार रूँगटाले नेकालाई मतदान गर्न आग्रह गरेका थिए । उनले मुलुक वामपन्थीको हातमा गएको खण्डमा राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानी घट्ने र पूँजी पलायन हुने बताए । उनले आर्थिक उन्नति र प्रजातन्त्रको रक्षाको लागि पनि काङ्ग्रेसलाई जिताउन मतदाताहरूसँग अनुरोध गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकामा प्रवेश गरेका नवप्रवेशीलाई उम्मेदवार रूँगटाले स्वागत गरेका थिए ।
    क्ष्Fेत्र नं. ३ बाट प्रदेशसभा उम्मेदवार जनार्दन सिंह क्षत्रीले झौवा, मधवल, अमरपट्टी, धोरेमा कार्यकर्ता
भेटघाट गरी चुनावी छलफल गरेका छन् । सो अवसरमा उनले गाउँ एकाइ कमिटीहरू सक्रिय भई नेकाको
पक्षमा जनमत सिर्जना गर्न आग्रह गरेका थिए ।
    क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश सर्राफले मधेसवादी हुन मधेसवादी चरित्र हुन आवश्यक भएको बताएका छन् ।
    वीरगंज–८ र १६ मा घरदैलो गर्दै उम्मेदवार सर्राफले सच्चा मधेसवादी हुन मधेसवादी पार्टीमा बसेर मात्र नहुने बताए । उनले त्यसको लागि चरित्र पनि मधेसवादी हुन जरुरी भएको दाबी गरे ।
    उनले मधेसी जनताको समस्या समाधानको लागि आपूmले उम्मेदवारी दिएको बताए ।
    पूर्वमन्त्री पुरुषोत्तम पौडेलले यस अघि बारा क्ष्Fेत्र नं. ६ बाट निर्वाचित भएपछिको चार वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
    सिमरामा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री पौडेलले २०७० सालमा तत्कालीन बारा क्ष्Fेत्र नं. ६ बाट सांसदमा विजयी भएपछि सो अवधिदेखि चार वर्षे कार्यकालमा गरिएको विकास निर्माणका कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले तत्कालीन अवस्थामा आप्mनो क्ष्Fेत्रका जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी पनि गरे ।
    उनले नयाँ संविधान जारी गरेको र विकास निर्माणका कामहरू गर्न सफल भएको बताए । उनले राजधानी जोडने फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन पनि आपूm सफल भएको बताए । सांसद भएपछि तीनवटा योजना केन्द्रीय बजेटको रातो किताबमा पार्न सफल भएको तथा १५० भन्दा धेरै योजनाहरू रातो किताबमा पारेको दाबी गरे ।
    उनले सुकुम्बासी समस्या समाधान गर्ने आप्mनो चाहना अदालतबाट रोकिएको कारण पूरा हुन नसकेको बताए ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य दिनेश राई, बारा अध्यक्ष सुन्दर विक, प्रतिनिधिसभा उम्मेदवार देवनारायण चौधरी, प्रचारविभाग प्रमुख मनोज पौडेललगायतको उपस्थिति थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा
प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhndEDNkb56aX7Ci3i2l4eP8mQ9P6932SaCR2VCUyT-kq9kSSpwi9eyVEqs0mWQEv5fimS82jamW9XA1-G0qaH0xji45xiPapTihUEfU0ElTvJfNnX469n5Vq157y345VS9CC8IaLcyPYQ0/s640/ghardailo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhndEDNkb56aX7Ci3i2l4eP8mQ9P6932SaCR2VCUyT-kq9kSSpwi9eyVEqs0mWQEv5fimS82jamW9XA1-G0qaH0xji45xiPapTihUEfU0ElTvJfNnX469n5Vq157y345VS9CC8IaLcyPYQ0/s72-c/ghardailo.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_342.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_342.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy