प्रस, जीतपुर, १३ मङ्सिर/
निर्वाचनको मिति जति–जति नजिकिंदैछ, बारामा त्यतित्यति चुनावी सरगर्मी बढन थालेको छ । निर्वाचनको दिन घटदै एघार दिनमा सीमित भएपछि उम्मेदवारले मतदातालाई आपूmतिर आकर्षित पार्न सबैभन्दा बढी घरदैलो अभियानमा जोड दिएको देखिन्छ । उम्मेदवारले मतदाताका घरघरमा पुगेर मत माग्ने चुनावी रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
बारामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ मा पनि चुनावी रौनक बढदै गएको देखिन्छ । यस क्रममा मतदाताका आकाङ्क्षा र जिज्ञासालाई ध्यानपूर्वक ग्रहण गरी समस्या समाधान गर्ने विषयमा उम्मेदवारप्रतिबद्धता प्रकट गरिरहेका देखिन्छन् । साथै कार्यकर्ताको व्यापक परिचालन गरी मतदातालाई आकर्षित पार्न पFँचवर्षीय योजना र पार्टीको घोषणपत्रको विषयमा पनि जानकारी गराउने गरिएको
देखिन्छ ।
यस क्षेत्रका मतदाताले बाटोघाटो, कृषिको आधुनिकीकरणका साथै सिंचाइको समुचित व्यवस्था, सुकुम्बासी समस्याको समाधानलगायत माग उम्मेदवार समक्ष राखेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसका लालबाबू सिंह र वाम गठबन्धनबाट नेकपा (एमाले) का देवनारायण चौधरीबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । दुवै उम्मेदवार आप्mनो पक्षमा मत झार्न रातदिन मतदाता भेटघाटमा व्यस्त देखिन्छन् ।
क्षेत्र नम्बर ४ मा राजपाका एकबाल मियाँ पनि कडा प्रतिस्पर्धीका रूपमा देखिएका छन् । क्षेत्र नम्बर ४ मा विवेकशस्ल साझा पार्टीले पनि प्रमुख दलकै भोट काटन सक्ने सम्भावना देखिएको छ । सो दलको तर्फबाट निरोज पुडासैनी उम्मेदवार बनेका छन् ।
प्रदेशसभा ‘क’
प्रदेशसभा ‘क’ मा नेपाली काङ्ग्रेसको तर्फबाट ओमकृष्ण कार्की, वाम गठबन्धनको तर्फबाट सुन्दर विश्वकर्मा र स्वतन्त्र उम्मेदवार भरतबहादुर घलेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ४ को ‘क’ मा राजपाका घनश्याम गिरी, विवेकशील साझा पार्टीका बिनोद सापकोटालगायतले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा ‘ख’
प्रदेशसभा ‘ख’ मा नेपाली काङ्ग्रेसका बिजयप्रसाद गुप्ता, वाम गठबन्धनका उमेश कुशवाहा र राजपाका जितेन्द्र सोनललगायतले चुनावी मैदानमा छन् । ख दक्षिणि क्षेत्र पर्ने भएकाले विशेषगरी वाम गठबन्धका कुशवाहा र राजपाका सोनलबीच कडा टक्कर पर्ने देखिएको छ ।