प्रस, परवानीपुर, ११ मङ्सिर/
दोस्रो चरणको निर्वाचनमा बढदै गएको चन्दा आतङ्कको कारण वीरगंजका व्यवसायीहरूमा त्रास पैmलिएको छ ।
विभिन्न पार्टीले चन्दा भन्दै लाखौ रकम माग गरेपछि वीरगंजका व्यापारीहरू मोबाइल अफ गरेका छन् भने कति वीरगंज बाहिर बिदा मनाउन पुगेका छन् । पर्सामा एउटा पार्टीबाट प्रतिनिधिसभा सदस्यमा चारजना, प्रदेशसभा सदस्यमा ८ जना गरी १२ जना उम्मेदवार छन् । तर एउटा पार्टीबाट कम्तीमा दुई दर्जनभन्दा बढी व्यक्तिले लेटरप्याडमा आर्थिक सहयोग माग गर्दै विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा पत्राचार गरेको व्यवसायीहरूले बताए ।
“एउटै पार्टीका दर्जनौं नेताहरू पैसा माग्न आइरहेका छन्, नदिएपछि फोनमा जथाभावी गाली गर्छन्”– नाम नबताउने शर्तमा एकजना व्यापारीले भने– “पैसा लिन मात्रै नेताहरू आउँछन्, अरू बेला हाम्रो सुखदुःख सोध्न फर्केर आउँदैनन् ।” चुनावको बेला चन्दा आतङ्क रोक्न राजनीतिक दलका जिल्लास्तरीय नेताहरूले पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ ।
व्यक्तिपिच्छे माग गरिने चन्दा रोक्न बास्केट सिस्टम लागू गर्नुपर्ने वीरगंज उद्योग वाणिज्य सङ्घले बताएको छ । एउटै व्यापारी घरानाबाट एउटा चुनावको लागि एकपटक मात्र निश्चित रकम लेनदेन गर्नुपर्ने नीति निर्धारण गर्नुपर्ने निर्वाचन आयोगले त्यस्तो प्रणाली ल्याउनुपर्ने उनीहरूको माग छ । यसरी चुनावपिच्छे उम्मेदवारलाई लाखौ रुपियाँ बाँडेपछि व्यापार प्रभावित हुने र व्यवसायीप्रति सुरक्ष्Fा थ्रेट पनि बढेको व्यापारीहरूको भनाइ छ ।