प्रस, वीरगंज, १४ मङ्सिर/
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको सरकार बन्यो भने मधेसको मुहार फेरिने बताएका छन् । उनले सम्पूर्ण मधेसीको मनोभावना बुझ्ने पार्टी नेका नै भएको ठोकुवा गरे ।
वीरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकाको सभापतिसमेत रहेका देउवाले मधेसीको हक अधिकारको लागि नेका सदैव अग्रसर रहेको दाबी गरे । विपी उद्यानमा नेकाले आयोजना गरेको आमसभामा बोल्दै प्रम देउवाले यस्तो बताएका हुन् । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारको लागि वीरगंज आएका प्रम देउवाले केही महिना पहिले मधेसीको हक अधिकार सुनिश्चित गर्न नेका तयार रहेको अवस्थामा एमालेले रोकेको जिकिर गरे । यसबाट मधेसीको हक अधिकार सुनिश्चितता नेका मात्र गर्न सक्ने बताए ।
२००७ सालमा भएको जनक्रान्तिमा वीरगंजको महŒवपूर्ण भूमिका रहेकोले आगामी निर्वाचनमा पनि पर्सा जिल्लाको जनताको मतको खाँचो नेकालाई रहेको बताए । क्रान्तिको बिगुल फुक्दा वीरगंजका धेरै सपूत शहीद भए, २०४६–४७ सालमा प्रजातन्त्र स्थापनाको लागि वीरगंजको भूमिका अग्रणी रहेको चर्चा गर्दै २०६२–६३ को राजा फाल्ने अभियानमा पनि वीरगंजले उत्तिकै साथ दिएको बताए ।
प्रम देउवाले देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनामा नेकाले मुख्य नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा संविधान जारी पनि नेकाको नेतृत्वमा भएको बताए । उनले संविधानमा केही कमी–कमजोरी रहेको बताउँदै आगामी दिनमा संविधान संशोधन गरी मधेसीलाई हक दिने वाचा गरे । वाम गठबन्धन र कम्युनिष्ट शासन भएको सार्वभौम जनताको अधिकार खोसिने डर भएकोले नेकाका उम्मेदवारहरूलाई जिताउन उनले मतदातासँग आग्रह गरे । कम्युनिस्ट सत्ता आयो भने सार्वजनिक सम्पत्ति राख्न पाइँदैन, सरकारको त्रास पैmलिन्छ, कहिले पनि चुनाव हुँदैन जस्ता अभिव्यक्ति पनि दिए । “कम्युनिस्ट देशहरूमा कहाँ चुनाव हुन्छ, कसैले बोल्न पाउँदैन, विरोध गर्न पाइँदैन, तानाशाही शासन हुन्छ”–उनले भने– “त्यसैले नेकालाई भोट दिनुपर्छ ।”
नेका, पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा १ का उम्मेदवार अनिल रूँगटा, २ का अजय चौरसिया, ३ का सुरेन्द्र चौधरी र ४ का उम्मेदवार रमेश रिजाल तथा चारवटै क्षेत्रका प्रदेशसभा उम्मेदवारहरू रामनारायण कुर्मी, विजय सर्राफ, राजेश्वर साह तेली, रामरूप कुर्मी, जर्नादन सिंह क्ष्Fत्री, चन्द्रदेवप्रसाद चौधरी, वशिष्टनारायण कुर्मी र शङ्कर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।