अनन्तकुमार लाल दास
के तपाईंलाई थाहा छ, तपाईं कता गई राख्नुभएको छ ? धेरैजसो विद्यार्थीहरूलाई यस प्रश्नको जवाफ थाहा नै हुँदैन । कसैले भन्छ–अर्को कक्षामा प्रवेश गर्न त कसैले डाक्टर वा इन्जिनियर बन्न । किनभने कसैले पनि आपूmलाई अशिक्षित भनाउन रुचाउँदैन । यसले के प्रमाणित गर्दछ भने उनीहरू विद्यालय र क्याम्पस गएका छन् भन्ने उद्देश्यका लागि सर्टिफिकेट र डिग्री प्राप्त गरिरहेका छन् तर लक्ष्यप्रति बेखबर छन् । मेरो दृष्टिमा यिनीहरू त्यस्ता पूmटबल खेलाडी हुन् जो एक छेउबाट अर्को छेउसम्म बल प्mयाँकिरहेका छन् तर गोल गरिरहेका छैनन् । धेरैजसो विद्यार्थी आज बलसँगसँगै कुदिरहेका त छन् तर उनीहरूलाई एउटा गोल पनि प्राप्त हुँदैन, किनभने उनीहरूसँग कुनै लक्ष्य नै हुँदैन ।
जसरी भोको मानिसले भोजन र तिर्खा लागेकोले पानी खोज्दछ, त्यसैगरी कुनै पनि कार्य गर्न हामी त्यस बेला उत्प्रेरित हुन्छौं जब हामीसँग त्यो नभएको कुरा थाहा पाउँछौं । अर्को शब्दमा भन्ने हो भने इच्छा जागृत भएपछि मात्र त्यसको पूर्तिका लागि हामी प्रयत्न गर्दछौं । केही व्यक्तिहरूले यो इच्छा नै लक्ष्य हो पनि भन्ने गरेका छन् तर इच्छा र लक्ष्यमा धेरै अन्तर छ । भोक अभावको परिणाम, भोजनको चाहना इच्छा र लक्ष्य त्यस चाहनालाई प्राप्त गर्ने साधन हो । अर्थात् धन प्राप्ति इच्छा र त्यसलाई प्राप्त गर्न हामी जुन ठाउँमा पुग्न चाहन्छौं त्यो हाम्रो लक्ष्य हो ।
धेरैजसो विद्यार्थीहरूले चाहेको जस्तो उपलब्धि हासिल नगर्नुको पछाडि जीवनमा कुनै लक्ष्य नहुनु नै हो । कैयौंलाई के भ्रम छ भने एउटा उमेर विशेषसम्म पुग्दा स्वतः लक्ष्य प्राप्त भइ नै हाल्दछ तर दुर्भाग्यवश यस्तो हुँदैन । जो विद्यार्थी लक्ष्य अनुरूप एक–एक पाइला अगाडि उचाल्छ, त्यो नै लक्ष्यविहीन विद्यार्थी भन्दा बढी कामयाब भएको देखा पर्छ र यो नै सत्य पनि हो । हामीसँग सबै थोक छ र नियमित कठोर परिश्रम पनि गरिरहेका छौं तर यदि हामीसँग लक्ष्य छैन भने सफलताको सम्भावना न्यून नै हुन्छ । जस्तै भोक लाग्नुपूर्व नै यदि हामीले खाना कहाँ पाइन्छ भन्ने कुरो निर्धारित ग¥यौं भने भोक लागेपछि अल्मलिने सम्भावना नै हुँदैन र गरिएको परिश्रम पनि खेर जाँदैन ।
विद्यार्थी वा कसैका लागि पनि लक्ष्य यस कारणले पनि आवश्यक छ किनभने यसले जाने बाटो र पुग्ने ठाउँसम्बन्धी दिशानिर्देश गर्दछ । यसको अर्को कारण के रहेको छ भने एकपटक लक्ष्य निर्धारण गरिसकेपछि हामीभित्र एक प्रकारको प्रक्रिया प्रारम्भ हुन्छ, जसले हामीलाई लक्ष्यसँग सम्बन्धित मानिस र स्थितिहरूतर्पm स्वयं आकर्षित गर्दछ । जस्तै कुनै विद्यार्थीले कुनै परीक्षा वा एस.एल.सी. परीक्षामा अस्सी प्रतिशत भन्दा बढी अङ्क हासिल गर्ने लक्ष्य बनाउँछ भने उसको मस्तिष्कमा कुन विषयलाई कसरी ठीक गर्ने वा यसका लागि कुन शिक्षकसँग परामर्श वा ट्यूसन गर्ने वा कसरी दैनिक कार्यतालिका बनाई नियमित अध्ययन गर्ने विचार स्वतः उत्पन्न हुन थाल्दछ । यस प्रकार विद्यार्थीले विस्तारै यससँग सम्बन्धित सबै जानकारी हासिल गर्न प्रारम्भ गर्छ र उसको गन्तव्य उसलाई स्पष्ट देखा पर्न थाल्छ । यदि विद्यार्थीसँग कुनै लक्ष्य नै छैन भने यो सम्भव नै देखिंदैन ।
यस कारण यो छरपस्ट छ कि लक्ष्य बेगर सफलताको कामना नै गर्न सकिन्न । यदि तपाईंलाई आप्mनो शत्रुबारे थाहा नै छैन भने तपाईंले कसमाथि विजय प्राप्त गर्नुहुन्छ ? यदि तपाईंलाई कति अङ्क एस.एल.सी. परीक्षामा प्राप्त गर्नेबारे थाहा नै छैन भने कसरी त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ ? लक्ष्य बिना कुनै काम गर्नु सम्भव नै छैन । यदि हामीले आप्mनो लक्ष्यबारे गम्भीरतापूर्वक सोचेनौं भने यसबारे भ्रम पनि उत्पन्न हुन सक्दछ । किनभने लक्ष्यविहीन कार्य पागलले मात्र गर्दछ, किनभने भोक लाग्नासाथ मस्तिष्कमा भोजनको चित्र उत्पन्न हुन्छ र भोजन कहाँबाट प्राप्त हुन्छ, यो सङ्केत पनि प्राप्त हुन्छ । यो प्राप्त हुनासाथ मानिस त्यसतर्पm हिंडिहाल्छ । यस कारण सबैले लक्ष्य अनुसार नै काम गर्दछ तर यहाँ लक्ष्य निर्धारणको अर्थ कल्पना वा आभास मात्र नभई एउटा निश्चित लक्ष्य निर्धारण रहेको छ ।
दुईजना साथीहरू सिमरन र प्रियङ्का यस पटकको दशैंमा सँगै मेला घुम्न गए । त्यहाँ दुवैले एउटा शूटिङ्ग–प्वाइन्ट पुगेर निशाना लगाउने विचार गरे । प्रियङ्काले बन्दुक उठाएर लक्ष्यतर्पm हेरेर फायर गरिन् तर निशाना सही ठाउँमा लागेन । त्यसपछि सिमरनले बन्दुक उठाइन् । लक्ष्य र बन्दुकको प्वाइन्ट मिलाउन एक मिनेट लगाइन् र फायर गरिन् । निशाना ठीक टारगेटमा लाग्यो । यस प्रकार दुवैले कैयौंपटक त्यसै गरे । प्रियङ्का हरेक पटक असफल भइन् र सिमरन हरेक पटक सफल । यसो किन भएको होला जब दुवैले लक्ष्यमैं निशाना लागाएका थिए ? यसो यस कारणले भयो किनभने प्रियङ्काको दृष्टिमा पनि लक्ष्य थियो तर उसले आप्mनो वास्विक स्थितिमाथि विचार गरिन, सिमरनले पहिले आप्mनो वास्तविक स्थितिमाथि विचार गरी त्यसपश्चात् गोलीको बाटो र लक्ष्यबीच ट्युन गरेर निशाना साधी र सफल भई । यो स्थिति हरेक क्रियाकलापमा हुन्छ ।
अब प्रश्न उठ्छ लक्ष्य कस्तो हुनुपर्छ ? विद्यार्थीहरूका लागि खासगरी शैक्षिक लक्ष्य नै बढी लाभदायक हुन्छ । सबैभन्दा पहिले प्रमुख लक्ष्य निर्धारण गर्नुपर्छ । एक पटक प्रमुख लक्ष्य निर्धारण गरिसकेपछि ससाना लक्ष्यहरू निर्धारण गर्नुपर्दछ । जस्तै यस पटकको माध्यमिक शिक्षा परीक्षाको तयारी कसरी गर्ने ? यसका लागि आपैंm नियमित अध्ययन गर्नु ठीक हुन्छ वा कमजोर विषयहरूमा ट्यूसन वा कोचिङ्ग कक्षा ज्वाइन गर्नु ? कुन समय कुन कार्यको लागि उचित हुन्छ ? कोसँग सल्लाह लिनु उचित हुन्छ ? यी ससाना लक्ष्यहरूलाई पनि बाँडन सकिन्छ । एक सातामा पूरा हुने कार्य, एक महिनामा पूरा हुने कार्य, तीन महिनामा पूरा हुने कार्य किनभने उनीहरूसँग अब थोरै समय बाँकी रहेको छ । यी ससाना उपलब्धिहरूलाई हासिल गर्दै जाँदा अप्रत्यक्षरूपले हाम्रो आत्मबल पनि बढदै जान्छ । आप्mनो लक्ष्यप्रति सचेत र प्रतिबद्ध विद्यार्थी हरेक दिन हरेक पल तय गरिएका कार्यलाई पूरा गर्न इमानदारिता साथ अगाडि बढदछ । यसबाट विद्यार्थीहरूलाई लामो दूरी तय गर्न सजिलो हुनुको साथै थकानको पनि अनुभव हुँदैन ।
विद्यार्थीहरूले लक्ष्य निर्धारण गर्दा ठूलो–ठूलो सपना हेर्नुपर्छ किनभने सानो लक्ष्यले सानो परिणाम र ठूलो लक्ष्यले ठूलो परिणाम प्राप्त हुन्छ । लक्ष्य चुनौतीपूर्ण पनि हुनुपर्दछ किनभने यसले नै विद्यार्थीहरूभित्र रहेका धेरै राम्रो–राम्रो प्रतिभाहरूलाई बाहिर ल्याउँछ । लक्ष्य पाउने खालको हुनुपर्दछ किनभने यसबाट हाम्रो आत्मबल पनि बढदछ । उदाहरणका लागि पढाइमा रुचि नराख्ने विद्यार्थीहरूले शिक्षक वा क्याम्पसका लेक्चरर बन्ने लक्ष्य राख्नुहुन्न किनभने जालझेल गरेर बनेका शिक्षक र लेक्चररहरूले त्यस्तै विद्यार्थी उत्पादन गर्दछन् जस्तो उनीहरू स्वयं हुन्छन् । लक्ष्य लचिलो पनि हुनुपर्दछ किनभने यदि एउटा लक्ष्य प्राप्त भएन भने योग्यता भएकै कारण अर्को लक्ष्य निश्चित नै प्राप्त हुन्छ । लक्ष्य समयबद्ध पनि हुनुपर्दछ । यदि यसो भएन भने त्यसलाई हासिल गर्न गा¥हो हुन्छ, किनभने एउटा निश्चित अवधिमा निश्चित काम पूरा गर्नुपर्ने नै हुन्छ ।
लक्ष्यसम्म पुग्नका लागि आवेगको हदसम्म जाने चाहना हुनुपर्छ । यो त्यस बेला मात्र सम्भव हुन्छ जब हरेक पल यसको स्मरण भइरहोस् । यसका लागि स्वयंलाई लक्ष्यबारे स्मरण गराउनका लागि विद्यार्थीहरूले यसलाई एउटा कागजमा टिपोट गरी पढने कोठामा झुन्ड्याउनु वा मेचमाथि टाँस्नुपर्छ । बिर्सेको बेला सम्झाइदिन आप्mनो साथी वा कसैलाई पनि भनिराख्नुपर्छ । समय–समयमा लक्ष्यको समीक्षा पनि गर्नुपर्दछ । लक्ष्य प्राप्तिमा कुनै बाधा अडचन छ भने त्यसलाई हटाउने प्रयास गनुपर्छ । जस्तै तपाईं परीक्षामा प्रथम हुन चाहनुहुन्छ तर तपाईंसँग साधन छैन भने पहिले साधन प्राप्तिलाई लक्ष्य बनाउनुपर्छ । कुनै पनि ठूलो लक्ष्य ससाना लक्ष्यबाट नै निर्मित हुन्छ । नयाँ लक्ष्य निर्धारण गर्ने क्रममा कुनै विशेष लक्ष्य हासिल गर्न असफल भएको कुरोलाई कहिले पनि मन मस्तिष्कमा राख्नुहुन्न ।
यसका लागि विद्यार्थीहरूले केही गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले दीर्घकालीन र शैक्षिक लक्ष्य निर्धारण गर्नुपर्छ । यसका लागि वार्षिक लक्ष्य निर्धारण गर्नुपर्छ । जे प्राप्त गर्न खोज्दैहुनुहुन्छ त्यसलाई लेखेर राख्नुपर्छ । वार्षिक लक्ष्यलाई अद्र्धवार्षिक, त्रैमासिक र मासिक लक्ष्यमा परिवर्तित गर्नुपर्छ । प्रत्येक बिहानी त्यस दिनका लागि तयार गरिएको कार्ययोजना अनुरूप काम गर्दै जानुहोस् । यसका लागि कुर्सीमा सही तरिकाले बसेर आँखा बन्द गरी लामो साँस लिई लक्ष्यलाई सम्झनुहोस् । यस प्रक्रियालाई पाँचपटक दोहो¥याउनुहोस् । त्यसपछि तपाईंले लक्ष्य प्राप्त गरिसकेको सोच्नुहोस् र यसबाट पाउने खुशीलाई स्मरण गर्दै आप्mनो धर्म अनुसार ईश्वरलाई धन्यवादज्ञापन गर्नुहोस् र पुनः लामो साँस फेरि आँखा खोल्नुहोस् ।
लक्ष्य निर्धारण गरिसकेपछि के हाम्रो काम समाप्त भएको बुझ्नुपर्छ ? होइन, लक्ष्य निर्धारण भनेको त शुरुआत मात्र हो । यसपछि त्यसलाई हासिल गर्न एउटा कार्ययोजना बनाउनुपर्छ । कार्ययोजना बनाउँदा विद्यार्थीहरूले आप्mनो ताकत, कमजोरी, आपूmसँग भएको साधनस्रोत, बाटोमा सृजना हुन सक्ने अप्ठ्याराहरू सम्बन्धमा बडो गहिराइका साथ सोच्नु र विश्लेषण गर्नुपर्ने हुन्छ । तत्पश्चात् एउटा निश्चित अवधि तोकी काम गर्न प्रारम्भ गर्नुपर्छ । उदाहरणका लागि यदि विद्यार्थीहरूले काठमाडौं जाने लक्ष्य निर्धारण गरेका छन् भने जोसँग सम्पूर्ण साधनस्रोत उपलब्ध छ ऊ प्लेन चढेर पन्ध्र मिनेट मैं काठमाडौं पुग्छ, तर जोसँग त्यसभन्दा कम साधनस्रोत छ त्यो आप्mनो कारमा ६ घण्टामा काठमाडौं पुग्छ । जोसँग प्लेनमा चढने हैसियत वा आप्mनो साधन पनि छैन, ऊ बस चढेर काठमाडौं पुग्छ । तर जोसँग बस चढने पनि हैसियत छैन, ऊ पनि पैदल हिंडेर भए पनि काठमाडौं अवश्य नै पुग्छ । तर यसका लागि स्पष्ट लक्ष्य र त्यसप्रति प्रतिबद्धताको खाँचो चाहिन्छ । माध्यमिक शिक्षा परीक्षा नजिकिंदै छ । त्यसप्रति प्रतिबद्ध भई लक्ष्य निर्धारण गरी अगाडि बढ्नुहोस् सफलता तपाईलाई पर्खिंदै छ ।