प्रस, वीरगंज, ८ कात्तिक/
वीरगंजका पूर्व नगरप्रमुख विमलप्रसाद श्रीवास्तवले पछिल्लो राजनीतिक घटनाक्रमसँगै आपूm र आप्mना समर्थकह
रूसहित सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने निर्णय गरेको बताएका छन् ।
आप्mनै घरमा पत्रकार सम्मेलन आयोजना गरेर श्रीवास्तवले उक्त घोषणा गरेका हुन् । पूर्व नगरप्रमुख श्रीवास्तवले परिस्थितिवश पार्टीहरू परिवर्तन गर्नुपर्ने अवस्था आएकोले सो कुरालाई मनन गरी आगामी शुक्रवार सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने निर्णय भएको बताए । उनले फोरममा प्रवेश बिनाशर्त भइरहेको पनि दाबी गरे । पत्रकारहरूले निश्शर्त पार्टी परित्यागको कुरा आम मानिसले पत्याउन नसक्ने भनी प्रश्न गर्दा श्रीवास्तवले भने– “हामी निश्शर्त नै प्रवेश गर्दैछौं ।” तर उनले राजनीति जोगी हुनको लागि नगरिने हुनाले कुर्सीको खेल हुन सक्ने कुरा भने इन्कार गरेनन् । तत्कालै कुनै पदमा बार्गेनिङ नभएको र पछि दिइने पद सहर्ष स्वीकार गर्ने पनि बताए ।
उनले गत स्थानीय निर्वाचनमा परिस्थितिवश एकै दिनमा आप्mना शुभचिन्तकहरूसहित महानगरको चुनावमा सहभागी हुनुपर्ने बाध्यकारी अवस्था भएकोले नेपाल लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको तर सो पार्टी नेपाली काङ्ग्रेसमा विलय भएपछि आपूm र आप्mना शुभचिन्तक काङ्ग्रेसमा जान नचाहेको कारण फोरम नेपालमा प्रवेश गर्न लागेको बताए । उनले नेपाली राजनीतिमा भएको बदलावसँगै आप्mनो पार्टी प्रवेशलाई पनि लिइदिन अनुरोध गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपूmसँगको भेटमा स्थानीय निकायको निर्वाचनमा एमाले पार्टी जित्नुहुँदैन भनी चर्चा गरेको र एक साता नबित्दै सोही पार्टीसँग विलयसम्म हुने अवस्थामा पुगेको स्मरण गर्दै ठूला पार्टी र त्यसका नेताहरूको अवस्था यस्तो छ भने सानाबारे धेरै टीकाटिप्पणी नगर्न आग्रह गरे ।
श्रीवास्तव यस अघि स्थानीय चुनाव अघि राजपाका महामन्त्री थिए र नगर प्रमुखको टिकट नपाएपछि फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।
यसैबीच पूर्वमेयर श्रीवास्तवसँगै राजपा परित्याग गरी नेपाल लोकतान्त्रिकमा प्रवेश गरेका आशुतोष चतुर्वेदी, दिपक तिवारीलगायत युवा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने भएका छन् । उनीहरूले छुट्टै कार्यक्रमको आयोजना गरी दलबलसहित आगामी शनिवार एमाले प्रवेश गर्ने बताए ।
श्रीपुरमा आयोजित कार्यक्रममा एमाले, पर्साका संयोजक प्रभु हजराले चतुर्वेदी र तिवारीलगायत युवाहरू एमालेमा प्रवेश गर्न लागेको जानकारी गराएका छन् ।
कार्यक्रममा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, निवर्तमान सांसद राजकुमार गुप्ता, विचारी यादव, पार्टीका प्रवक्ता डा. विश्वम्भर शर्मा, प्रेस चौतारी, पर्साका अध्यक्ष अनुप तिवारी, युवा सङ्घका श्याम गुप्ता, किशोरी कुशवाहा, पुरन यादव र गङ्गा खडकालगायतको सहभागिता थियो ।