एउटा विश्वप्रसिद्ध उखान छ, धन गए केही गएन–फेरि कमाउन सकिन्छ, स्वास्थ्य गए केही गयो तर चरित्र गयो भने पुनः प्राप्त हुँदैन । तर इतिहास पल्टाइहेर्दा धेरै यस्ता उदाहरण पाइन्छ कि चरित्र गए पनि मानिसमा अटुट लगन छ भने पुनः प्राप्त भएको छ । रत्नाकर डाकूको कुनै चरित्र थिएन, तर पछि वाल्मीकि बने । आजको विश्वमा एउटा कुरा छ, जुन पछि पाउँदै पाइन्न । त्यो हो भूमि । हो आज जनसङ्ख्या वृद्धिको जुन रूप छ, आयुष्यले दीर्घता पाइरहेको छ, मानिसलाई भूमिको निकै खाँचो छ । भूमि छैन भने मानिसका लागि कुनै आधार छैन । खानको लागि अन्न उत्पादन गर्न भूमि चाहिन्छ, बस्नका लागि घर बनाउन भूमि चाहिन्छ । र सबैभन्दा महŒवपूर्ण कुरा सार्वजनिकस्थलहरू निर्माण गर्नका लागि पनि भूमि नभई हुन्न । तर विडम्बना के छ भने नेपालबाट भूमि विस्तारै हराउँदै गएको छ । हराउनुको अर्थ सार्वजनिक जग्गाहरूमाथि भूमाफिया र अतिक्रमणकारीहरूको कब्जा हुँदै गएको छ । नेपालका पुराना शहरहरूमा खेल मैदान बनाउनयोग्य ठूलो भूखण्डको त कुरै छाडौं, सानो प्रहरी बिट बनाउन पनि कतै जग्गा पाइन्न । पहिलेदेखि नै थिएन, सबै व्यक्तिको नम्बरी जग्गा थियो भन्ने पनि होइन । लोभलालचले सार्वजनिक जग्गाहरू मासिएको मात्र हो ।
आज शहरको विस्तार हुँदैछ, स्तरोन्नति हुँदैछ तर बढदो शहरको बाक्लिंदो जनघनत्वका लागि क्रीडास्थल र मनोरञ्जन स्थल कहीं भेटिन्न । विद्यालय बनाउन, विश्राम गृह निर्माण गर्न जग्गा छैन । गोल्फ खेलका लागि लम्बेचौडे जग्गाको कुरा छाडौं एउटा कभर्ड हल बनाउनुप¥यो भने नेपालका शहरहरूमा कि व्यक्तिको जग्गा खरिद गर्नुपर्छ वा अधिग्रहण नै गर्नुपर्छ । आज पनि सम्बद्ध निकाय सजग नहुने हो र व्यक्तिले विभिन्न छलछाम गरी कब्जामा लिएको जग्गा मुक्त नगर्ने हो भने भोलिको दिनमा नेपालका शहरहरू घरैघरको जङ्गलमा परिणत हुन बेर लाग्दैन । जहाँ मानिस जन्मन्छ र जीवन–सङ्घर्ष गर्दागर्दै मर्छ । उसको जीवनमा खानु–लाउनुबाहेक अर्को गतिविधिको लागि ठाउँ नै हुने छैन । आज पुरानो शहरको हविगत भोलि जबरजस्ती नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका बनाउन सामेल गरिएका ग्रामीण इलाकाले बेहोर्ने छैन भन्न सकिन्न । तर सम्बद्ध निकायको यतातिर ध्यान गएको देखिएको छैन ।
पर्सा जिल्लाको नामाकरण भएको पारसनाथ मन्दिरको निर्माण ३०० वर्ष पहिले भएको बताइन्छ । त्यस बेलादेखि मन्दिरको नाममा २२ सय बिघा जग्गा र पोखरी रहेको थियो । जग्गामध्ये ५०० विघा हराइसकेको छ भने पोखरीको डिलमा अवैध घर–टहराहरू निर्माण भएका छन् । सद्यःसम्पन्न निर्वाचनबाट स्थानीय तह निर्माण भएपछि पदाधिकारीहरूले सर्वप्रथम पोखरीको डिलको अतिक्रमण हटाउन थालेका छन् । निश्चय नै यो प्रशंसनीय र साहसिक काम हो । यसपछि ५०० बिघा जग्गाको खोजीनीति गरे पारसनाथको महिमा बढने र गाउँपालिकाले भोलि नगर बन्ने ठोस आधार प्राप्त गर्नेछ । किन हामीकहाँ सार्वजनिक जग्गामा यसरी अतिक्रमण हुन्छ, किन सम्बद्ध निकायले चासो देखाउँदैन ? किन भावी पुस्ताको हक र बाँच्ने अधिकारमाथि एउटा व्यक्तिको हैकम चल्छ ? अतिक्रमित जग्गा हासिल गर्न सम्बद्ध किन सकिरहेको छैन ? भूमि एकचोटि गुमेपछि फेरि पाइन्न । यसले भोलिको विकासमा तगारो लगाउने निश्चिछ छ ।