प्रस, वीरगंज, ७ कात्तिक/
छठ पर्व आजदेखि विधिवत् शुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइँदै आएकोमा केही वर्षदेखि यो पर्व देशभर मनाउन थालिएको छ । देशभर मनाइन थालेपछि तराईमा मात्र छठको बिदा दिंदै आएको सरकारले केही वर्षदेखि देशभर सार्वजनिक बिदा दिन शुरु गरेको छ ।
छठको बिदा यसपटक कात्तिक ९ गते दिइएको छ ।
छठ व्रत गर्नेहरूले आज चौथीको दिन अरवा–अरवाइन गरी चोखीनीति हुने गर्दछन् । व्रतालुहरूले आजदेखि आमिष भोजन परित्याग गरी शुद्ध निरामिष भोजन गर्दछन् । यसो त छठ व्रतालुहरूले असोज कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि कात्तिक स्नान शुरु गरी शाकाहारी हुने गर्छन् भने केही व्यक्तिहरू आजदेखि शाकाहारी हुन्छन् ।
छठ पर्वको शुरुसँगै तराईमा पोखरी, नदी, तलाउहरू सरसफाइ गर्ने र सिंगार्ने कार्य शुरु भइसकेको छ । वीरगंजको छपकैया, बजार छपकैया, नगवा, इनर्वा, घडिअर्वा, रानीघाट, पानीटङ्की, मुर्ली, तेजारथटोल, पिपरा, रामगढवा, लक्ष्मणवा र श्रीसिया नदी तथा सिन्घा नदी आसपासका बासिन्दा ठाउँ–ठाउँमा छठपूजा गर्छन् । वीरगंज महानगरपालिका र सम्बन्धित वडाले आआप्mनो क्षेत्रमा छठघाटको तयारी जोडतोडका साथ गरेको छ । केही ठाउँमा छठघाट उत्कृष्ट बनाउने होडबाजी पनि छ । घडीअर्वा, रानीघाट, मुर्लीमा बर्सेनि सुविधासम्पन्न तरिकाले छठघाटको सजावट हुने गर्छ ।
छठको दोस्रो दिन मङ्गलवार पञ्चमीको दिन व्रतालुहरू लौकाको तरकारी, रहर–मुड्ढो दाल, साग, भात खान्छन् । बिहानै नुहाएर शुद्ध हुने यो दिनलाई नहाखाए पनि भनिन्छ । यसपटक पञ्चमी तिथि दुई दिन परेको छ । मङ्गलवार र बुधवार पञ्चमी तिथि परेको पुजारी उत्तम उपाध्यायले बताए । उनले पञ्चमी दुई दिन परेको हुनाले नहाखाए र खर्ना एकै तिथिमा परेको बताए । खर्नाको दिन व्रतालुहरू दिनभरि उपवास बसेर बेलुकी सूर्यास्तपछि खीर, रोटी, पुडी बनाएर परिवारजनसँग खान्छन् । यो दिनलाई खर्ना भनिन्छ ।
छठपूजाको मुख्य दिन षष्ठी अर्थात् साँझघाटको दिन व्रतालुहरू निर्जल व्रत बस्ने र दिउँसो पवित्र कपडा लगाई पोखरी, नदी, तलाउनिर अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा, फलपूmल, पान, सुपारी, उखु आदिले अघ्र्य दिई पूजा गर्छन् । षष्टीको भोलिपल्ट सप्तमीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपूजाको समापन गरिन्छ । यो दिनलाई पारण भनिन्छ ।
छठका व्रतालुहरूमध्ये केहीले पारणको दिनदेखि नै मांसाहारी भोजन शुरु गर्छन् । खासगरी पारणको साँझ माछा–भात खाने प्रचलन छ । यही कारण सो दिन माछाको मूल्य बढी हुने गर्छ । केही भने कात्तिक पूर्णिमा स्नान गरेर मात्र मांसाहारी भोजन गर्छन् । असोज कोजाग्रत पूर्णिमा देखि कात्तिक स्नान गर्नेहरूले कात्तिक पूर्णिमा (१७ गते) कात्तिक स्नान गरेर मात्र मांसाहारी भोजन गर्छन् ।