प्रस, परवानीपुर, १२ कात्तिक/
सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वीरगंज–१६ इनर्वामा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन् । छठको थकाइ मेटन हरेक वर्ष दुई दिनसम्म आयोजना गरिने कुस्ती प्रतियोगितामा हजारौं दर्शक माझ शुक्रवार उद्घाटन गरिएको कुस्तीमा यादव, वीरगंजका मेयर विजय सरावगी, फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव, प्रतियोगिता आयोजक समितिका अध्यक्ष प्रमोद यादवलगायतको उपस्थिति थियो । सबैजना मधेसको पहिचान रातो पगरी लगाएर अखाडाको मञ्चमा चढेका थिए ।
शनिवारसम्म चलेको प्रतियोगितामा दुई दिनमा करिब अढाई सय जोड कुस्ती भएको प्रतियोगिता संयोजक मदन यादवले बताए । शुक्रवार नेपाल भारतका नामुद पहलमानहरूको दङ्गल प्रदर्शन गरियो भने आज नेपाल–भारतका महिला कुस्तीबाजहरूको लडाइँ भयो । भारतको बनारस, गोरखपुर, गाजियाबाद, पञ्जाब, हरियाणा, दिल्ली, मुम्बईलगायतका ख्यातिप्राप्त पहलमानहरू कुस्ती लडन आएका थिए । दङ्गलको उद्घाटन गर्दै उपेन्द्र यादवले आगामी निर्वाचनमा कुस्तीकै दाउ आवश्यक रहेको बताए । जसरी कुस्तीमा दाउ लगाएर प्रतिस्पर्धीलाई पराजित गरिन्छ, त्यसगरी निर्वाचनमा विजय हासिल गर्न युक्ति जरुरी रहेको उनले बताए ।