अनन्तकुमार लाल दास
आजको प्रतिस्पर्धात्मक युगमा बालबालिकाहरूको रेखदेख गर्न मुश्किल भइरहेको अवस्थामा उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नु झन् जटिल बन्दै गएको छ । सही अभिभावकत्व प्रदान गर्नु आज निकै चुनौतीपूर्ण रहेको छ । प्रत्येक अभिभावकको चाहना आप्mनो सन्तानलाई ‘सुपर चाइल्ड’ बनाउने हुन्छ तर धेरैजसो अभिभावकले आप्mनो सन्तानलाई संस्कार र संस्कृति सिकाउन चाहिने जति परिश्रम गरेको पाइँदैन । आश्चर्यको कुरो के हो भने हरेक अभिभावक आप्mनो सन्तानमा सुपर चाइल्ड जस्तै पढाइमा राम्रो होस्, नृत्यसङ्गीतमा राम्रो होस्, ध्ययन गर्ने बानी होस्, आपूmभन्दा ठूलोको सम्मान गर्ने बानी होस्, समयमा खाना खाओस्, बजारको खाना वा जङ्क पूmड नखाओस्, धूलो–घाममा नखेलोस् भन्ने चिताउँछन् । यहाँनिर एउटा गम्भीर प्रश्न के उठछ भने जहाँ अभिभावकले यति विशिष्ट गुण उसको सन्तानमा हुनुपर्ने कल्पना गर्दछ आपूmमा भने कस्तो विशिष्ट गुण चाहिन्छ त्यसबारे किन चिन्तन गर्दैन ? अर्को प्रश्न के उठछ भने यदि केटाकेटीहरूलाई राम्रो बनाउन तालिम दिइन्छ भने राम्रो अभिभावक बन्न तालिमको आवश्यकता किन कसैले महसुस गर्दैन ? यो एउटा ज्वलन्त प्रश्न हो । आज केटाकेटीहरूलाई सिकाउनको लागि सैकडौं कोचिङ्ग संस्थान छन्, हजारौं विद्यालय छन् तर आमाबुवालाई सिकाउन किन केही किन छैन् ?
केटाकेटीहरूलाई सिकाउनु पूर्व आमाबुवा आपूmले सिक्नुपर्छ । मनले सन्तानको जति भलो चिताए पनि आजका आमाबुवा नै सन्तानका सबैभन्दा ठूलो शत्रु देखिन्छन् । अचम्मलाग्दो कुरा छ– आमाबुवा जसले आप्mनो सन्तानलाई सबैभन्दा बढी माया गर्छन्, दिनरात उनीहरूकै लागि सङ्घर्षरत रहन्छन्, उनीहरूमाथि आप्mनो सबैथोक समर्पित गर्न तयार रहन्छन् उनीहरू नै कसरी शत्रु हुन सक्छन् ? केटाकेटीहरू कसलाई हेरेर सिक्छन्, उनीहरूको पहिलो रोल मोडेल को हो ? अभिभावकहरू दशवटा कोचिङ्ग गर्न लगाउँछन् तर आपूmले एक घण्टा संस्कार र संस्कृतिबारे सिकाउँदैनन् ।
आज अभिभावकको मूल समस्या भनेको उनीहरूले एउटा स्यानो काम पनि आप्mनो सन्तानलाई गर्न नदिनु हो । उनीहरू दश कक्षामा पुगे तापनि आप्mनो लुगा कसरी धुने थाहा हुँदैन, बैङ्कमा चेक कसरी जम्मा गर्ने थाहा हुँदैन, कस्तो तरकारी किन्ने भन्ने थाहा हुँदैन, लुगा कसरी पट्याउने र आल्मारीमा कसरी राख्ने थाहा हुँदैन । यी ससाना कुराहरू पनि उनीहरूलाई यस कारण थाहा हुँदैन किनभने उनीहरूको आमाबुवाले यस्ता काम उनीहरूलाई आपैंm गर्न कहिले पनि भनेनन् । जहिले पनि ‘तिमी सानो छौ’ भनेर काम गर्न नदिंदा केटाकेटीहरू केही सिक्न र आप्mनो काम गर्नै जानेनन् । अनि काम गर्दा असफलताको स्वाद कस्तो हुन्छ भन्ने जानकारी पनि लिन दिंदैनन् । यस्तोमा जब केटाकेटीहरू ठूला हुन्छन् र असफल हुन्छन् हताशा र निराशाको शिकार बन्छन् । युरोपको सफलताको रहस्य नै पटक–पटक असफल हुनु हो तर नेपालमा एकपटक असफल भएपछि त्यसमाथि अक्षमकै लेबल लगाइदिइन्छ । नेपालमा मानिसमा ‘तनाव’ जन्म हुनुको मूल कारण असफलताप्रति हाम्रो गलत बुझाइ पनि हो । आज दुईतीन कक्षामा पढने विद्यार्थीहरूमा पनि तनाव देखापर्नुको कारण यही हो । आजको गम्भीर समस्या भनेको अभिभावकले केटाकेटीहरूलाई साँस फेर्न नदिनु हो । बिहानदेखि राति आठ–नौ बजेसम्म उनीहरू पढिरहेका हुन्छन् । यसबाहेक अभिभावकले गर्ने सबैभन्दा ठूलो कुरो हो उनीहरूको तुलना अरूसँग गर्नु ।
समस्या के हो भने हामीहरू आप्mनो सन्तानको तुलना कुनै एकजनासँग नगरी उसका थुप्रै साथीहरूसँग गर्छौं, परिणामस्वरूप केटाकेटीहरू भ्रमित हुन्छन् । थृप्रै साथीको थुप्रै गुणको तुलना गर्दा उसले कसकसको प्रतिभा आपूmमा हुर्काउने । नतिजा ऊ न कसै एकको जस्तो बन्न सक्छ, न आपूm जे बन्न चाहन्छ त्यो नै बन्छ । ध्यान दिनुपर्ने कुरा के हो भने यदि कुनै दिन सन्तानले आमाबुवाको तुलना गर्दै भन्न थाल्छन् ‘उसकी मम्मी कति राम्री, उसका पापा कति स्मार्ट’ त्यस बेला के हुन्छ ? यसबाट के प्रस्ट हुन्छ भने आज अभिभावकलाई केटाकेटीहरूभन्दा बढी शिक्षाको आवश्यकता छ । जुन अभिभावकको केटाकेटी आठ कक्षाभन्दा तल छन्, उनीहरूलाई झन् तालिमको आवश्यकता छ । दुनियाँ कहाँबाट कहाँ पुगिसकेको छ । आज केटाकेटीहरूलाई सीमा सिकाउनु छैन, सीमा असीमित भइसकेको सिकाउनुपर्छ । आज उनीहरूलाई खुट्टा त्यतिकै तन्काऊ जति ठूलो पलङ्ग छ भनी सिकाउने होइन, अपितु खुट्टा तान र पलङ्ग सानो छ भने ठूलो ल्याऊ भन्ने सिकाउनु आवश्यक छ । आज उनीहरूलाई दन्त्यकथाको नायकको कथा सुनाउने होइन, अपितु आफैं त्यस्तो कसरी बन्ने सिकाउनुपर्छ र ठूलो बन्नका लागि कस्तो सोच हुनुपर्छ त्यो सिकाउनुपर्छ ।
आज अभिभावकहरूले ध्यान दिनुपर्ने कुरो के हो भने तपाईंको सन्तान प्रोडक्ट होइन, सप्mटवेयर होइन जसको बटन थिच्नासाथ त्यही कुरो देखिन थाल्छ । हुन सक्छ ऊ पढाइमा राम्रो नहोस्, खेलकुदमा राम्रो होस्, पेन्टिङ्गमा राम्रो होस्, अरू कुनै विषयमा राम्रो होस् । आप्mनो सन्तानमा अलिअलि सबैथोक उमार्ने प्रयास नगरी उसमा भएको कुनै एक वा दुई विशेषतालाई पोषण गर्ने प्रयास गर्नुपर्छ । आप्mनो सन्तानलाई सर्वश्रेष्ठ माहौल दिने प्रयास गर्नुपर्छ । महान् व्यक्तित्वलाई पढने मौका प्रदान गर्नुपर्छ । उनीहरूलाई तालिम, सेमिनारमा भाग लिने अवसर जुराइदिनुपर्छ । उपहारमा राम्रो पुस्तक प्रदान दिनुपर्छ र पुस्तक पढेपछि स्याबासी दिनुपर्छ । आप्mनो अपेक्षाको बोझ सन्तानमाथि थुपार्नुहुँदैन । यदि उसले एक–दुई अङ्क कम ल्याएको छ भने हप्काउनुहुँदैन । उसलाई कसैको फोटोकपी बनाउने प्रयास गर्नुहुँदैन । ईश्वरले कसैलाई युजलेस बनाउँदैन । हरेकमा उसले केही कमजोरी र केही ताकत हालेर धर्तीमा पठाउँछ । ध्यान दिनुपर्ने कुरो के हो भने हामी जीवनमा सफलता तब मात्र हासिल गर्छौ जब हामी स्वयं कुनै निर्णय लिन्छौं वा कार्ययोजना तयार गर्छौं । यस कारण हरेक आमाबुवाले सन्तान कसरी हुर्काउने भनी छलफल गर्नुपर्छ ।
आज हरेक अभिभावक आप्mनो आवश्यकता पूर्तिका लागि व्यस्त छ । कुनै परिवारमा आमाबुवा दुवै व्यस्त देखिन्छन् अर्थात् दुवै काम गर्छन् । यति व्यस्त किन भनी सोध्दा ‘सन्तानको राम्रो भविष्यका लागि’ भन्छन् । सन्तानका लागि जे पनि गर्न तयार छौं भन्छन् तर सन्तानलाई कति समय दिन्छन्, उनीहरूको कति कुरा सुन्छन्, उनीहरूसँग खेल्ने, बस्ने वा उनीहरूका साथी, विद्यालय वा शिक्षकबारे कति गफ गर्छन् भन्ने प्रश्नको जवाफमा ‘कहिलेकाहीं गर्छु’ भन्ने जवाफ दिन्छन् । सोचनीय कुरो के हो भने केटाकेटीहरूको साथमा केटाकेटीजस्तै व्यवहार गर्ने समय किन अभिभावकहरूसँग हुँदैन ? आधुनिक समयमा सबैभन्दा बढी आवश्यकता केटाकेटीहरूलाई ‘विशेष समय’ प्रदान गर्नु हो । जब उनीहरू ठूलो हुन्छन् र पढन, व्यापार वा कामको सिलसिलामा टाढिंदै जान्छन् त्यस बेला अभिभावकहरू अनुभव गर्छन्, जुन बहुमूल्य समय उनीहरूको लागि थियो त्यो दिन सकिएन । यदि अभिभावकले त्यो समय उनीहरूलाई दिंदैनन् भने जतिसुकै सन्तानका लागि कमाए पनि सबै खेर जान्छ । अहिलेको समस्या भनेको आधुनिकताको दौडमा, भौतिक सुखसुविधाको दौडमा, धनको चाहमा नजिकको तीर्थलाई हेला गर्नु हो । जुन प्रविधि हामीले आप्mनो काम सजिलो बनाउन अँगालेका छौं, हामी आज त्यसैको गुलाम बन्दै गइरहेका छौं । यो चिन्तनीय कुरो हो ।
आज आवश्यकता छ केटाकेटीहरूलाई कसैको जागिरे बन्नुभन्दा मालिक कसरी बन्ने भनी सिकाउनु । जागिरे बनेर राम्रो तलब पाउनुको साटो मालिक बनेर अरूलाई राम्रो तलब दिन सकूँ भन्ने सोच आवश्यक छ । युरोप र हाम्रो देशको विद्यालीय शिक्षामा सबैभन्दा ठूलो फरक के रहेको छ भने हाम्रो स्कूलको शिक्षाले हामीलाई लीक बाहिर गएर सोच्ने स्वतन्त्रता दिंदैन । आज पनि शिक्षकले त्यसलाई नै राम्रो माक्र्स दिन्छन् जसले शिक्षकले बताएको जवाफ वा पुस्तकमा भएको कुरोलाई हुबहु लेख्छ । यसबाट के प्रमाणित हुन्छ भने हाम्रो देशमा सिकाइ बढाउनुको साटो त्यसको हत्या गर्ने प्रयास भइरहेको छ । हामीले आप्mनो विद्यार्थीहरूलाई पैसा के हुन्छ, पैसा कसरी कमाइन्छ, पैसाले कसरी काम गर्छ, आप्mनो काम आपैंm कसरी गर्ने, ठूलो सपना कसरी हेर्ने भन्ने सिकाउनुपर्छ । उनीहरूलाई ससाना प्रोजेक्ट दिई लीकबाट हटेर जवाफ दिने प्रणाली विकसित गर्नुपर्छ । जुन दिन हाम्रा केटाकेटीहरूले मालिक बन्ने सपना देख्न थाल्छन्, त्यस दिनदेखि हाम्रो देश उन्नतिको पथमा अग्रसर हुन थाल्छ । यस प्रकारको सोच घरबाट मात्र सम्भव हुने हुनाले आप्mनो सन्तानको सर्वतोमुखी कल्याण चाहने अभिभावकहरूले यसतर्पm विशेष ध्यान दिनु आवश्यक छ ।
आज हरेक आमाबुवाले यस तीन प्रश्नहरूको जवाफ दिनुपर्छ । पहिलो–तपाईंभित्र यस्ता कुन तीनवटा खुबी छ जुन आप्mनो सन्तानमा देख्न चाहनुहुन्छ ? तपाईंभित्र हजारौं खुबी हुुन सक्छ तर सर्वश्रेष्ठ तीन छान्नुपर्छ । दोस्रो–तपाईभित्र कुन तीनवटा अवगुण छ जुन आप्mनो सन्तानमा नहोस् भन्ने चाहनुहुन्छ ? तपाईं आप्mनो अवगुण फेला पार्न सकिरहनुभएको छैन भने तपाईंमा धेरै अवगुण छ भन्ने बुझ्नुपर्छ । तेस्रो–यस्तो कुन तीनवटा गुण जुन तपाईंमा छैन, तर आप्mनो सन्तानमा देख्न चाहनुहुन्छ ? जुन दिन तपाईंले यी तीन प्रश्नको जवाफ पाउनुहुन्छ त्यस दिन सन्तानको हेरचाह कसरी गर्ने भेउ खुल्छ ।