प्रस, वीरगंज, १२ कार्तिक/
सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र एमालेजस्ता ठूला शक्तिले सङ्घीयता समाप्त पार्न खोजेको बताएका छन् । वीरगंजमा शुक्रवार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकका ठूला शक्ति नेपाली काङ्ग्रेस र एमालेजस्ता पार्टीहरूले सङ्घीयता समाप्त पारी शोषित, उत्पीडित जनतालाई फेरि पनि गुमराह गर्न खोजेको आरोप लगाएका हुन् ।
फोरम नेपाल पर्साद्वारा नगरसभा गृहमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादवले संविधान कार्यान्वयनमा स्थानीय निकायको निर्वाचन भनेको लोकतन्त्र र संविधान कार्यान्वयनको प्रथम अध्याय थियो भने प्रान्त/सङ्घको निर्वाचन द्वितीय अध्याय भएको बताए । “अब द्वितीय अध्याय शुरु हुँदैछ”–उनले भने–“प्रान्तको मुद्दा र अधिकारको सवालमा काङ्ग्रेस, एमाले कति इमानदार देखिन्छन् हेर्न बाँकी छ ।”
मधेस प्रदेशको स्वायत्तताको सवालमा पनि ती दलको रणनीति सम्पूर्ण मधेसीको लागि घातक भएकोले सम्पूर्ण जनता सजग रहन आग्रह गरे । लामो समयदेखि असमानता, विभेद, शाोषण र उत्पीडनको शिकार भएको नेपाली जनताको लागि सङ्घीय फोरम विकास निर्माण र हक अधिकारको मुद्दा सँगसँगै लिएर अघि बढन खोजेको पार्टीको आगामी कार्यदिशा रहेको उनले जानकारी गराए ।
आगामी निर्वाचनको सन्दर्भमा बोल्दै सङ्घीय फोरम लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरी जाने योजनामा रहेको स्पष्ट पारे । उनले मात्र सहकार्य गरेर केही हुन्न, पार्टीको मुद्दा र कार्यगत एकतामा लोकतान्त्रिक शक्तिहरू कति सहकार्य गर्छन् वा गर्दैनन्, त्यो विषयमा द्विविधा रहेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा विमल श्रीवास्तवको टिम नै फोरम नेपालमा प्रवेश गरेसँगै पर्सा कब्जा गर्ने योजनामा फोरम नेपाल अग्रसर भएको चर्चा शुरु भएको छ । श्रीवास्तवसँगै पुरुषोत्तम झा, शशि कपुर मियाँ, जनार्दन यादव, डा. सुरेन्द्रनाथ तिवारी, सुधीरनाथ पाण्डे, चञ्चल तिवारी, प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामुद्दीन अहमद, इङ्गलिश डट कमका सञ्चालक दिगम्बर थापागायत जिल्लाका दर्जनौ प्रभावशाली नेता कार्यकर्ताहरू फोरम नेपाल प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष लालबाबू राउतले नेताहरूको आगमनले पार्टी थप बलियो भएको विश्वास व्यक्त गरे ।
वीरगंजका मेयर विजय सरावगीले भने –वीरगंज पछि सर्वसाधारणले झट्ट सम्झिने नाम र्हो विमल’ । श्रीवास्तव आप्mनो गुरुजस्तै भएकाले उनीबाट धेरै कुरा सिकेर वीरगंजलाई समृद्ध र सुविधा सम्पन्न बनाउने अठोट व्यक्त गरे ।
मेयर सरावगीले उनीजस्ता नेताहरू फोरम नेपालसँग आबद्ध हुनु ठुलो उपलब्धि भएको बताए । विमल श्रीवास्तवले राजनीतिमा सङ्घर्ष गर्दै अब ठीक ठाउँमा आइपुगेको बताए । कसैको सिट खोस्न वा स्वार्थको लागि नआएको बताउँदै निश्शर्त मधेसी मुद्दाको सवालमा सङ्घीय फोरममा योगदान पु¥याउन आएको प्रतिबद्धता व्यक्त गरे ।