$type=ticker$count=12$cols=4$cate=0

राजमार्गका अधिकांश पुलहरू धरापमा सडक भत्किन रोकिएन, मरम्मत गरेको दुई हप्तामैं बिग्रन्छ

SHARE:

प्रस, निजगढ, ०८ कातिक/
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बारामा पर्ने अधिकांश साना/ठूला पुल धरापमा परेका छन् ।
    करोडौ खर्चेर पटक–पटक गरिएको पुल मरम्मत, सम्भार एक वर्ष पनि नबित्दै पुनः पुरानै अवस्थामा पुग्ने गरेको छ । राजमार्गस्थित बाराको बकैया पुल, आरसिसी पुल, पसाहा पुल, १ नम्बर, २ नम्बर, ३ नम्बर पुललगायत एक दर्जन भन्दा बढी ठूला र साना पुलहरू भत्किएर कामै नलाग्ने अवस्था परिणत हुँदै गएका छन् ।
    सोही राजमार्गको निजगढ–पथलैया सडकखण्डमा रहेको दुधौरा पुलको पिलर तीन महिना यता पुनः भासिएको छ । ३ वर्ष अघि पनि यसरी नैं पुलको अघिल्लो पिलर धसेको थियो । पिलर धसेसँगै पुलबाट आवगमन बन्द छ भने खोला बगरबाट ड्राइभर्सन बनाएर गाडी आवत जावत हुँदै आएको छ ।
    राजमार्ग निर्माण हुँदादेखिकै यी पुलहरूको राज्यले बेलैमा मरम्मत, सम्भार नगर्दा पुलको अवस्था जीर्ण बनेको हो । पुलबाट एउटा मात्र ठूलो सवारी साधन गुडन सक्ने भए पनि सवारी साधनका चालकहरूले जर्बजस्ती पुलमा गाडी छिराउने गर्छन् । पुलको भारवहन क्षमताभन्दा बढी लोड भएका गाडीहरूको चाप बढी भएकोले पनि चार दशक पूरा हुन नपाउँदै यहाँका पुल जीर्ण अनि धरापमा पर्छन् । १० देखि १५ टनसम्म भार वहन क्षमता रहेको यहाँका पुलहरूले १५ टन देखि ५० टन भन्दा बढीको भार थेग्नुपरिरहेको छ । एक डेढ दशक अघिसम्म ६ चक्काभन्दा बढीको गाडी फाट्टफुट्ट गुडने भए पनि त्यस यता १० चक्के, १२, १४, १६, १८ चक्के मालवाहक गाडी दैनिक दर्जनौंको सङ्ख्यामा गुडने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ।
    पुलका अधिकांश भाग चर्किएका छन् भने जताततै खाडलैखाडल परेको छ । गाडीको चक्का गुडने सतहभन्दा तलको भाग भत्केर पुलमा बिच्छाएको फलामे जालीसमेत देखिन्छ । साना सवारी साधन पुलबाट गुडदा पनि केही वर्ष यतादेखि कोक्रोमा बच्चालाई हल्लाएझै पुलको संरचना हल्लिने गरेको छ । सानो र थोरै खाडल हुँदा मरम्मत, सम्भार गर्न चासो नदेखाउने सरकार, राज्य अनि सडक विभागका कर्मचारीहरू सम्हाल्नै नसक्नेगरी भत्किएपछि देखावटी मरम्मत, सम्भार गर्छन् । यसबाट कमिशन मनग्य हुने भएकोले पनि यसो गरिएको स्रोतको भनाइ छ ।
    राजमार्गका सडक र पुल धराप थापेजस्तै छ । यही सडक भएर दैनिक गुडने अधिकांश साना–ठूला सवारी साधन चालकहरूको यस्तै भनाइ छ । “पुलमा गाडी टेकाउँदा बच्चालाई कोक्रोमा राखेर हल्लाएको जस्तै हल्लिन्छ निजगढको बकैया पुल”– वीरगंज–जनकपुर चल्ने यात्रुवाहक बसका पुराना एकजना चालकले नाउ नछाप्न आग्रह गर्दै बताए । “यसरी यो पुल हल्लिन थालेको १० वर्ष नाघिसक्यो । जुन सरकार आए नि उस्तै त रै’छ”–उनको गुनासो थियो ।
    बकैया पुल भत्किए पुल आसपासबाट वैकल्पिक बाटो ड्राइभरसन खोल्ने ठाउँ समेत छैन । पुलको पूर्व तर्फको मुखमा मन्दिर छ भने, दक्षिण तर्फको खाली सार्वजनिक ऐलानी सन्धि सर्पणको जग्गा व्यक्तिले नाउँमा पारी बिक्री गरिसकेको छ । निजगढका सचेत स्थानीयले अदालतमा मुद्दा दिएको वर्षौ बिते पनि अझैसम्म फैसला भइ नसकेको बुझिएको छ ।
    निजगढस्थित शहीद चोक, पुरानो बैंक अगाडिको सडक पनि भत्किएको महिनौं भइसकेको छ । बेलैमा मरम्मत गर्ने विवेक कसैमा देखिएन । स्थानीय निकाय निजगढ नगरपालिका, निजगढ ट्राफिक प्रहरी समेत सम्बन्धित निकायलाई मरम्मत गर्न गराउन अग्रसर नभएको देखिन्छ ।
    यसरी भत्किएका पुल, सडक मरम्मतका लागि रकम विनियोजना भई ठेक्का दशै, तिहार, छठजस्ता चाडपर्वका कारण समयमा शुरु हुन नसकेको डिभिजन सडक कार्यालय, हेटौडाका प्रवक्ता जयराम अधिकारी बताउँछन् । दशै अघि भत्केका सडक मरम्मत गरिएको तर पुल र ठूलो मात्रामा भत्केका सडकको काम भने अझै बाँकी छ उनी बताउँछन् । “हामीले मरम्मतका लागि ठेकेदारलाई निर्देशन दिइसकेका छौं । नजिकिंदो छठ पर्वपछि काम हुने प्रवक्ता अधिकारीले बताए । सडक भत्किंदा, पुलमा खाडल र प्वाल परेकोले सवारी साधन दुर्घटना हुने सम्भावना बढेर गएको छ भने पैदल यात्रीहरूसमेत उच्च जोखिममा परेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजमार्गका अधिकांश पुलहरू धरापमा सडक भत्किन रोकिएन, मरम्मत गरेको दुई हप्तामैं बिग्रन्छ
राजमार्गका अधिकांश पुलहरू धरापमा सडक भत्किन रोकिएन, मरम्मत गरेको दुई हप्तामैं बिग्रन्छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQ02R1g-SlhoP8NJEgdH_HoRYZPkw_DLR01Yyyww_QVCvHLH4k3CZx5CiM_5HyraRGCWTUY_cRQxdJBpMdC66Q54Hm4r7Q1iVHPSw3OUBqeO66bsT1YhGzmKY_TIkD0C29Gp_Esm8fFJwh/s200/pool.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQ02R1g-SlhoP8NJEgdH_HoRYZPkw_DLR01Yyyww_QVCvHLH4k3CZx5CiM_5HyraRGCWTUY_cRQxdJBpMdC66Q54Hm4r7Q1iVHPSw3OUBqeO66bsT1YhGzmKY_TIkD0C29Gp_Esm8fFJwh/s72-c/pool.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/10/blog-post_730.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/10/blog-post_730.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy