हात्ती आयो–हात्ती आयो फुस्स
एडिवीको सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना सम्पन्न भएपछि वीरगंजको पानी जम्ने र घरको प्रदूषित पानी व्यवस्थापन हुने हल्ला पैmलाइए पनि अहिले आएर घरको प्रदूषित पानीको समग्र व्यवस्थापन नहुने देखिएको छ ।
आयोजना सम्पन्न भएपछि पुरानो वीरगंज नगर क्ष्Fेत्र डुबान समस्याबाट मुक्त हुने भए पनि घरबाट निस्किने प्रदूषित पानीको समग्र व्यवस्थापन हुन नसक्ने देखिएको छ । आयोजनाको कामबाट पुरानो वीरगंजमा रहेको करिब ३२ हजारमध्ये ३ हजार घरको प्रदूषित पानी मात्र व्यवस्थापन हुनेछ । वीरगंज महानगरमा हाल ३२ हजार पुरानो र नयाँ थप भएको ११ वडाको २५ हजार गरी ५७ हजार घरधुरी रहेका छन् । यो हिसाबले वीरगंज महानगरको करिब ५ प्रतिशत घरधुरीको फोहर पानी मात्र व्यवस्थापन हुनेछ ।
श्रीपुरको कृषि सामग्री संस्थानदेखि छपकैयाको हाजी अलि रोडमा पर्ने घरहरूको प्रदूषित पानीले मात्र निकास पाउँछ । अहिले आयोजनाले सोही क्ष्Fेत्रको प्रदूषित पानी श्रीसियामा ट्रिट गरी नदीमा फाल्ने योजना बनाएको छ ।
प्रस, वीरगंज, ७ कात्तिक/
वीरगंज महानगरमा एडिबीको सहयोगमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम ८३ प्रतिशत सम्पन्न भएको छ ।
पछिल्लोपटक तेस्रोचोटी थप भएको म्याद अनुसार आगामी नोभेम्बर २६ सम्म आयोजनाको काम सम्पन्न गर्नुपर्ने ठेकेदारको दायित्व छ । आयोजना व्यवस्थापक शैलेन्द्र श्रेष्ठले तोकिएको समयसम्म ९० प्रतिशत काम सम्पन्न हुने बताएका छन् । उनले ९० प्रतिशत सम्पन्न भएपछि ठेकेदारले मरम्मत सम्भारको लागि पाउने थप १ वर्षको अवधिमा १० प्रतिशत काम सम्पन्न गर्न सक्ने बताए । श्रेष्ठले नालाको काम पद्मरोड, डाकरोड, जेलरोड, इनर बाइपास, प्रतिमाचोकलगायत स्थानमा सम्पन्न भएको बताए । उनले आकाशे पानीबाट डुबानमा पर्ने सो क्ष्Fेत्रहरू अबका दिनमा डुबानमा नपर्ने दाबी पनि गरे ।
नाला निर्माणसँगै कालोपत्र बनाउने काम पनि धमाधम भइरहेको श्रेष्ठले बताएका छन् । छठको कारण केही स्थानमा आयोजनाको काम रोकिएको छ । कृषि सामग्रीदेखि छपकैयाको हाजी अलि रोड हुँदै श्रीसिया वाटर ट्रिटमेन्ट प्लान्टसम्मको काम छठको लागि रोकिएको उनले बताए । सो स्थानमा ह्युम पाइप बिच्छ्याउने काम बाँकी रहेको र छठमा सडक खन्दा व्रतालुहरूलाई अप्ठेरो पर्ने हुनाले काम रोकिएको उनको भनाइ थियो ।
मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम अन्तर्गत माईराम पोखरीमा निर्माण भइरहेको रिक्रिएसन पार्कको काम पनि तीव्र गतिमा भइरहेको उनले बताए । पर्खाल घेर्ने र चौरलाई हरियाली बनाउने कार्य तीव्रताका साथ चलिरहेको श्रेष्ठले बताए ।