प्रस, वीरगंज, ७ कात्तिक/
भोर, अभियानी तथा अनुसन्धानमूलक परोपकारी संस्थाले प्रदेश नं. २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान अगाडि सारेको छ ।
जनकपुर, पगलाबाबा धर्मशालाबाट हिजो सो अभियानको शुभारम्भ गरिएको हो । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अध्यक्षतामा आयोजित कार्यक्रममा सकारात्मक परिवर्तनको संवाहक ६५ योद्धाहरूको सहभागिता रहेको बताइएको छ ।
सो अवसरमा प्रदेश नं. २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि संवाद कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा रामाशीष यादव, सुरेश शर्मा, शिवनाथ झा, सरोज राय, सरोज मिश्रा, विजय झा, राजकिशोर रजक, प्रदीप दत्त, रामबाबू ठाकुर, सिया सदा, चन्देश्वर सदालगायतको सहभागिता थियो ।
भोरका कार्यकारी सदस्य मिथिलेश साहले कार्यक्रमको सहजीकरण गरेका थिए । भोर अभियान अन्तर्गत पहिलो चरणमा प्रदेश नं. २ को ८ जिल्लामा सरकारी, गैरसरकारी र सरोकारवालाको सहकार्यमा अन्तत्र्रिmया गर्ने बताइएको छ ।
दोस्रो चरणमा प्रत्येक जिल्लाको भौतिक, आर्थिक, सांस्कृतिक विषयमा अध्ययन, अनुसन्धान गर्न जिल्लाको विज्ञहरूको सहयोगमा रिपोर्ट तयार पार्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारलाई निर्वाचनपछि बुझाउने कार्यक्रम रहेको अध्यक्ष राजकुमार महतोले बताए ।