पूर्व–पश्चिम राजमार्गका पुलहरूको अवस्था जीर्ण छ । तत्कालीन सोभियत सङ्घ सरकारको सहयोगमा निर्मित अधिकांश पुलहरू लामो समयदेखि मरम्मतको अभावमा जीर्ण बन्दै गएका हुन् । पछिल्लो समयमा भारत सरकारको सहयोगमा पनि केही पुलहरू बनेका छन् । सडक विभागले पुल मरम्मतको काम गर्ने हो । सरकारले बर्सेनि सडक, पुल मरम्मत–सम्भारका लागि बजेट विनियोजन गर्छ । सडक र सो सडकमा पर्ने पुलहरूको निर्माण हुन नसक्नुले नेपालको विकासमा गति आउन सकेको छैन । सडकको अवस्था मात्र राम्रो हुने हो भने विकासले अप्रत्याशितरूपमा गति लिने कुरालाई नकार्न सकिन्न ।
राजधानीसँग जोडिने अहिले प्रायः सबै सडकखण्डहरूको अवस्था राम्रो छैन । एक दशकको अवधिमा टाटासुमो सञ्चालन हुने कुलेखानी–दक्षिणकाली सडकखण्ड भारत सरकारको सहयोगमा कालोपत्र गरिएको थियो । तत्कालीन अवस्थामा टेन्डरबाट गराइएको सो सडक मार्गको निर्माण ठेक्का एउटा कम्पनीले करिब आधा मोलमा कबोल ग¥यो । सो ठेक्का पनि उसले आफैं नगरी केही मुनाफा लिएर साना ठेकदारहरूको जिम्मा लगायो । आफै त कममा सकार गरेको ठेक्का, मुनाफा लिएर साना ठेकदारहरूमार्फत् काम गराएपछि त्यो सडक पूरा बन्न पनि नपाएर बिग्रियो । अहिले सोही सडकखण्डमा पुनः कालोपत्र गरिंदैछ । पुरानो घटनाको पुनरावृत्ति हुने सम्भावना पनि प्रबल छ । कालोपत्र गरिएका स्थानहरू अहिले नै टाटासुमो मात्रको सञ्चालनमा खाल्डाखुल्डी परिसक्यो । सो सडक खण्डमा १४ महिना लगाएर केही स्थानमा कालोपत्र गरिएको थियो तर खाल्डाखुल्डी हुन १४ दिन पनि लागेन । हाम्रो देशको प्रशासनतन्त्रको कमजोरीका कारण यस्ता घटनाहरू दोहरिंदै आएको हो । कमजोरी आर्थिक र राजनीतिक दुवै छ । ठेकदारसँग सहकार्यमा आर्थिक धनलाभले भए गरेका नराम्रा कामहरूप्रति आँखा चिम्लिदिनु । अर्काे राजनीतिकरूपमा कायल हुनु । हैन भने अबका दिनमा हाम्रा प्राविधिकहरू पनि विश्व मापदण्डसँग मेल खाने गरी गुणस्तरीय योजना सफलतापूर्वक सम्पन्न गर्न दक्ष भइसकेका छन् । उदाहरणका लागि मलेसिया, कतार, दुबई, साउदी अरबलगायत स्थानमा नेपाली प्राविधिकहरूले ठूल्ठूला गगनचुम्बी भवन, आधुनिक पुलपुलेसाहरूको निर्माण गरेका छन् । विकास निर्माणको काममा ती देशका प्रशासकहरू सतर्क र जिम्मेवार छन्, त्यसैले विदेशमा भए पनि हाम्रा प्राविधिकहरूले आप्mनो सीप देखाउन पाएका छन् । तर दुर्भाग्य, देशमा भने त्यो दक्षताको प्रयोग गर्न सकिरहेका छैनन् ।
दक्ष प्राविधिकबाट नापनक्सा गरी स्टिमेटपछि टेन्डर गर्दा ठेकदारहरूले ५० प्रतिशतसम्म कममा टेन्डर सकार गर्दा त्यो कामको गुणस्तरीयताबारे चिन्तित नभएकै परिणाम हो, हाम्रो सडक, पुलपुलेसाहरूको वर्तमान अवस्था । अहिलेसम्म थुप्रै योजना तोकिएको भन्दा कममा सकार गर्ने काम भएको छ । यसो हुँदा सरकारले आप्mनो प्राविधिक दक्ष छैन कि योजनाहरू कमसल, झारा टार्ने किसिमले बनिरहेका छन् अनुगमन गर्ने गरेको छैन । प्राविधिक टीम ठीक छैन भने कार्यवाही गर्ने अनि गुणस्तरहीन काम भएको छ भने ठेक्का रद्द गरी क्षतिपूर्ति असुल गर्ने हो भने योजनाहरूको यस्तो अवस्था हुने थिएन । पुरानै ढर्रामा टेन्डर हुन्छ, कममा सकार हुन्छ अनि गुणस्तरहीन काम हुन्छ ।