$type=ticker$count=12$cols=4$cate=0

छठ पर्व ः एक सान्दर्भिक चर्चा

SHARE:

सञ्जय साह मित्र
    हाम्रो लोकजीवनमा अनेक पर्व मनाइन्छ । यस्ता पर्वहरूमध्ये कतिपय लोकमान्यताका हुन्छन् भने कतिपय शास्त्रीय मान्यताका । लोकमान्यताका पर्व तथा सांस्कृतिक उत्सवहरूमा कुनै ब्राह्मणको आवश्यकता मूलतः पर्दैन । जसले गर्दछ उसलाई त्यसको सबै विधिविधान थाहा हुन्छ । यप प्रकारको पर्व वा संस्कृतिमा स्थान र परिवार विशेषमा भिन्नता देखिन्छ । शास्त्रीय मान्यताका पर्व वा संस्कृतिमा भने निकै हदसम्म एकरूपता पाइन्छ । यसको विशेषता यो पनि हो कि यस किसिमका पर्व वा संस्कृति मान्न कुनै पुरोहितको आवश्यकता पर्दछ । सर्वसाधारणले आप्mनो अनुकूलता हेरी पर्व र संस्कृति मान्ने वा नमान्ने तथा त्यही अनुकूलता वा प्रतिकूलताले लामो समय लिंदा पर्व हराउने वा परिवर्तन हुने गर्दछ ।
    कतिपय के भन्छन् भने कुनै पनि महिनाको शुक्ल षष्ठी स्वतः सूर्यषष्ठी हो । अझ सूर्यषष्ठी र आइतवारको संयोग मिल्यो भने निकै उत्तम । यस प्रकारको अवसर जुन महिनामा मिल्छ छठ गर्दा हुन्छ किनभने सूर्यपूजा भन्नु नै छठपर्व हो । तर यो मान्यता वर्तमान छठसित त्यति मेल खाँदैन । छठमा मूल अघ्र्य सूर्यलाई दिइन्छ तर षष्ठीको अघिल्लो दिनको राति गरिने खरना तथा षष्ठीको राति गरिने कोसिया व्रतले लोकपर्व छठ सूर्योपासनासम्म मात्र सीमित रहेको मान्न सकिन्न ।
    विभिन्न पुराणहरूमा छठीमाईको उत्पत्तिबारे उल्लेख भएको पाइन्छ । श्रीमद्देवी भागवत् पुराणको नवौं स्कन्धमा ब्रह्माकी मानसपुत्री देवसेनाको प्रसङ्ग छ । सृष्टिको मूल प्रवृत्तिबाट जन्म भएकोले षष्ठी नाम भएको बताइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन नै राजा प्रियव्रत र उनका छोरालाई षष्ठीदेवी अर्थात् देवसेनाले बचाएको र राजा तथा प्रजा सबैले पूजा गर्नू भन्ने सल्लाह दिए अनुसार पूजा हुन थालेको देखिन्छ । यही षष्ठी शब्द अपभ्रंश भएर छठ वा छठी भएको मान्यता छ ।
    त्रेतायुगमा रामले लङ्काका राजा रावणको वध गरेर अयोध्या फर्केपछि दीपावली मनाइएको थियो । रावण, प्रवृत्तिले राक्षस भन्ने लोकमानसमा व्याप्त छ तर वास्तवमा ब्राह्मण थिए । रामले ब्रह्महत्या गरेको आप्mना पुरोहितलाई बताएर यसबाट मुक्त हुने उपाय खोजे । प्रजाले तत्काल रामलाई राजाको रूपमा हेर्न चाहेका थिए । पुरोहितहरूले रावणको वध लोककल्याणकारी दृष्टिले भएको भए पनि उदाउँदो र अस्ताउँदो सूर्यलाई निराहार अघ्र्य दिए पापमोचन हुने बताए । तर उदाउँदो र अस्ताउँदो सूर्य एकै दिनको हुनुहुँदैनथ्यो । यसकारण पहिले अस्ताउँदो सूर्य र त्यसैको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिंदा हुने परामर्श भयो । सूर्योपासनाको उपयुक्त तिथि षष्ठी नजिकै थियो । रामले षष्ठीको अस्ताउँदो र सप्तमीको उदाउँदो सूर्यलाई अघ्र्य दिए । रामका धेरै प्रजाहरूले यसै गरे ।
    द्वापरमा पनि छठ पूजाको प्रसङ्ग पाइन्छ । पाण्डवहरू बा¥ह वर्ष वनबास बस्दा अन्तिम समय आइपुग्न लाग्दा अज्ञातवासको चिन्ता थियो । भारतवर्षको सबै वनखण्डमा कौरवका दूतहरू सजिलै थाहा पाउन र सक्थे । एक वर्षको अज्ञातवासको अवधिमा पाण्डवलाई भेटे वा चिने फेरि बा¥ह वर्ष वनबास दोहोरिने शर्त थियो । यसकारण अज्ञातवासको सफलताको चिन्ताले पाण्डवलाई सताउन थालेको थियो । द्रोपदीले अज्ञातवासको सफलताको लागि छठ व्रत गरेको उल्लेख पाइन्छ । सूर्यको उपासना र निराहार अघ्र्य दिंदै राति पनि पूजा गरेको बेलाबेलामा चर्चामा आइरहन्छ । राति पनि पूजा गरिने र बेलुका तथा बिहान सूर्यलाई अघ्र्य दिने काम सफलतापूर्वक सम्पन्न भएको र यसैको फलस्वरूप पाण्डवहरूको अज्ञातवास सफल भएको अर्थात द्रोपद्रीको मनोकामना पूरा भएको विश्वास गरिन्छ ।
    शास्त्रीय मान्यताको छठ हो भने लोकपर्व किन भनियो ? यस पर्वमा कुनै पनि शास्त्रीय मान्यतालाई खासै महŒवका साथ अपनाइँदैन । कतै कुनै पुरोहितको आवश्यकता पर्दछ भने तिथिको जानकारीको लागि मात्र । अब आधुनिक सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल र क्यालेन्डरहरूको विकासले गर्दा केही दशकदेखि कसैसँग तिथि सोधिरहनुपर्दैन । छठ पर्वमा कुनै पनि पोथी वा धार्मिक ग्रन्थको आवश्यकता परेको कतै देखिन्न । कतै कुनै ब्राह्मणले छठ पूजाको लागि उपयुक्त समय वा तिथिबारे चर्चा गरेको देखिन्न । यस पर्वलाई विक्रमको मिति वा इस्वीको तारेखसँग पनि कुनै सरोकार हुँदैन । तिथिले कात्तिक महिना लागेदेखि नै व्रत गर्ने महिलाहरू आप्mनै ढङ्गले चोखो बस्न थाल्छन् । घरआँगन लिपपोत गर्ने काम स्वाभाविकरूपमा गर्न थाल्छन् । घरका प्रत्येक वस्तु एकचोटि सफा गर्नुपर्छ भनेर हरेकले हरेक वस्तु सफा गर्दा एकातिर दीपावली र अर्कोतिर छठको तयारी भइरहेको हुन्छ ।
    छठको प्रख्याति हाम्रो लोकजीवनमा यति विशाल छ कि सामान्यतया पबनी भन्नासाथ सर्वसाधारणले छठपर्वलाई नै बुझ्छन् । अहिलेको अवस्थामा छठपर्व नगर्ने घरपरिवार कमै छ, पहिले निकै कमले गर्थे तर अब कोही कसैले मात्र गर्दैन । यो पर्व मान्नेहरूको सङ्ख्या निरन्तर विस्तार भइरहेको छ । देशदेखि विदेशसम्मका हिन्दूहरूले विस्तारै यसलाई अँगाल्दै गएको देखिन्छ । हिन्दूभित्रको पनि छठको नाम नसुनेकाहरूले सञ्चारमाध्यमको अत्यधिक विकासले छठलाई बुझ्न थालेका छन् र छठको एउटा विशेषता यो पनि हो कि जो छठलाई बढी बुझ्न खोज्छन्, उनीहरूले केही वर्षमा अपनाउन पनि थाल्छन् । हिन्दू धर्मावलम्बी विभिन्न सम्प्रदायले छठलाई अपनाउँदै जानुको कारण यही हो । कुनै शास्त्रीय आधारलाई मान्नुभन्दा पहिले व्रत लिनेहरूले लोकआस्थालाई आधार बनाउँछन् । लोकआस्थाको विस्तार गतिमान देखिएको छ । यसैकारण अन्य चाडपर्व खुम्चिंदै र रूप परिवर्तन गर्दै जाँदा छठको प्रियता विस्तार भइरहेको छ । के भन्न सकिन्छ भने छठपर्व बिलाएर जाने पर्वहरूको श्रेणीमा अझै केही शताब्दी नजाला ।
    छठ पर्व लोकआस्थाको महापर्व बनेको शुभारम्भ कहाँबाट भयो भन्ने विषयमा अनेक दाबी छन् । शास्त्र वा पुराणहरूमा वर्णन गरिएका दाबीहरू आफैंमा महŒवपूर्ण छन् । यसबाहेक पनि लोकदाबीहरू कम छैनन् । मिथिलावासीले आप्mनो मूल पर्व भएको बताउँछन् । पटनाभन्दा दक्ष्Fिणकाहरूको आप्mनै दाबी छ । पश्चिम र पूर्व बिस्तारै यो बढदै गएको छ । दक्षिण र उत्तरतिर पनि यो पर्व गर्नेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर केही तथ्यहरूको आधारमा छठपर्वको विषयमा यी दाबीमाथि पनि विचार गरौं ।
    मकवानपुर जिल्लाको हेटौंडाको नाउँ हेडम्बा वा हिडिम्बाबाट रहन गएको लोकविश्वास छ । हिडिम्बा महाभारतकी पात्र हुन् । उनी भीमकी पत्नी हुन् । जसबाट एक पुत्रको जन्म भएको थियो – घटोत्कच । घटोत्कचको पुत्र बर्बरिक भएको उल्लेख पाइन्छ । हेटौंडाभन्दा पूर्वतिर नै कतै भीमबाँध पनि छ । हेडम्बालाई नै पछि पूजा गर्न थालियो । अहिले हेटौंडा बजारको पश्चिमतिर रहेको प्रसिद्ध भुटनदेवी भनेकै हेडम्बा हो भन्ने स्थानीय जानकारहरूको भनाइ छ ।         भीमकी पत्नी हिडिम्बा, हेटौंडाको पूर्वपट्टि भीमबाँध हुनुका साथै थप अर्को रोचक पक्ष पनि छ । हेटौंडादेखि पूर्वमा फुर्केचौरसम्म रहेको समतल भूभाग पनि भीमकै गदाले तयार भएको हो रे । महाभारत युद्धमा छोरा घटोत्कच मारिएको घटना बताउन भीम दौडेर आउँदा परैबाट आप्mनो गदा फालेको ठाउँका पहाड चकनाचुर भएर हेटौंडादेखि फुर्केचौरसम्म करिब अठार किलोमिटरको भूभाग समथर बन्न गयो भन्ने जनविश्वास पनि छ ।
    यसैगरी रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा रहेको एउटा महादेव मन्दिरमा पूजा भइरहेको शिवलिङ्गको ढुङ्गा भीमले ल्याएको विश्वास छ । जब पाण्डवहरूको अज्ञातवास शुरु भयो, उनीहरू एउटा सुरुङमा पसे र त्यसको मुख भीमले ढुङ्गाले छोपिदिए । त्यो सुरुड्ढो मुखमा रहेको ढुङ्गालाई नै समनपुरवासीले अहिलेसम्म महादेवको रूपमा पूजा गरेको लोकविश्वास छ । यस लोकविश्वासबाट के स्पष्ट हुन्छ भने पाण्डवहरूको अज्ञातवास रौतहटको समनपुरको यही महादेवस्थानबाट भएको हो । पाण्डवहरूको अज्ञातवास समनपुरबाट शुरु भएको हो भने द्रोपदीले गरेको पहिलो छठ पनि यही वाग्मती नदीको किनार नै हुनुपर्छ । पाण्डवहरूले अज्ञातवास विराटनगरमा बिताएको पौराणिक प्रमाणहरू छन् र अज्ञातवास बिताउने यात्रा समनपुरबाट शुरु गरी सुरुङ भएर वाग्मती नदी पार गरेर जङ्गलैजङ्गल विराटनगर पुगेको हुनुपर्छ । यस कारण पाण्डवपत्नी द्रोपदीले गरेको पहिलो छठ समनपुरमा हुनुपर्छ भन्ने दाबी छ ।
    लोकआस्थाको महापर्व छठको वैज्ञानिक पक्षको पनि खोजी हुन थालेको छ । यसरी पौराणिक तथ्यदेखि वैज्ञानिक तथ्यसम्मको खोजी हुनुलाई निकै सकारात्मक मान्न सकिन्छ । आस्थालाई धर्म र विज्ञान दुवैसित सम्बन्धितहरूले जोडने प्रयास गर्दै गर्दा यसको दीर्घकालीनताको पुष्टि हुन्छ । यसको विस्तारलाई स्वीकार गरेको मान्न सकिन्छ । छठपर्वको व्रत बस्ने महिला तथा पुरुषहरूको व्रत सफलतापूर्वक सम्पन्न होओस्, मनोकामना पूरा होओस् र यस व्रतप्रति आस्था तथा आशामा कुनै कमी नआओस् । सबैले स्वच्छतापूर्वक, स्वच्छन्द र स्वतन्त्र भएर छठ मान्न पाऊन् । पर्वको नाउँमा धेरै परिवारको मिलन भएको छ, यो सुखद बन्न सकोस् । पर्वले जीवनमा सकारात्मक आशाको दीप जलाओस् । सबैको मनोकामना पूरा होस् १
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : छठ पर्व ः एक सान्दर्भिक चर्चा
छठ पर्व ः एक सान्दर्भिक चर्चा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg1JRqo0ShAyvAByPsadHg_27USswPkRPq3SHj7yS3pHb0sqxrlj0iwiRl6OKyEDDZxt0deMGCflBdQQEa_JPPRMMI2IQHxIeY0CL-pI9vhw6oVpD5Pjy7Ro7toCwxanmn-9KZ2mzC6NsFB/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg1JRqo0ShAyvAByPsadHg_27USswPkRPq3SHj7yS3pHb0sqxrlj0iwiRl6OKyEDDZxt0deMGCflBdQQEa_JPPRMMI2IQHxIeY0CL-pI9vhw6oVpD5Pjy7Ro7toCwxanmn-9KZ2mzC6NsFB/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/10/blog-post_314.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/10/blog-post_314.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy