प्रस, वीरगंज, १४ कात्तिक/
मङ्सिर २१ गते हुने प्रदेश नं. २ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेसी दलको गठबन्धन नेपाल सङ्घीय समाजवादी फोरम र राजपा नेपालले पर्सा जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ भने नेपाली काङ्ग्रेस र राप्रपाको गठबन्धन तथा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले अहिलेसम्म सम्पूर्ण उम्मेदवारहरूको टुङ्गो लगाउन सकेको छैन ।
सङ्घीय समाजवादी फोरम नेपाल र राजपा गठबन्धनले घोषित गरेको उम्मेदवारमा पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रदिप यादव, क्षेत्र नं. २ बाट विमलप्रसाद श्रीवास्तव, क्षेत्र नं. ३ बाट हरिनारायण रौनियार र क्षेत्र नं. ४ बाट लक्ष्मणलाल कर्ण रहेका छन् ।
चार सीटमा ३ सीट फोरम नेपाल र एक सीट राजपाले पाएको हो । यसैगरी प्रदेशसभामा क्षेत्र नं. १ को ‘क’बाट फिरोज मन्सुर, ‘ख’बाट लालबाबू राउत, क्षेत्र नं. २ को ‘क’बाट रामनरेशप्रसाद यादव, ‘ख’बाट सुरेन्द्रप्रसाद कुर्मी, क्षेत्र नं. ३ को ‘क’बाट अब्दुल रहिम अन्सारी, ‘ख’बाट प्रह्लाद गिरी, क्षेत्र नं. ४ को ‘क’बाट रामचन्द्र पडित ‘ख’बाट सिंहासन साह कलवार छन् । प्रदेशसभामा राजपालाई २ र फोरम नेपाललाई ६ सीट परेको छ । यता एमाले, माओवादी केन्द्रको गठबन्धनले प्रतिनिधिसभाको ३ स्थानको टुङ्गो लगाएको छ ।
क्षेत्र नं. १ मा विचारी यादव, ३ मा राजकुमार गुप्ता एमालेले तोकेको छ भने माओवादीबाट २ नं. क्षेत्रको उम्मेदवार घोषणा बाँकी छ र ४ बाट उर्मिला अर्याल लडने भएकी छन् ।
वाम गठबन्धनबाट क्षेत्र नं. १ र ४ को प्रदेशसभा टुङ्गो लागेको छैन । क्षेत्र नं. २ को ‘क’मा एमालेका रामचन्द्र साह, ३ को ‘क’मा नागेन्द्र चौधरीको नाम पक्का भएको जिल्ला संयोजक प्रभु हजराले बताए । उनले पर्सामा माओवादी केन्द्रलाई प्रतिनिधिसभामा २ र प्रदेश सभामा ३ सीट तोकिएको जानकारी गराएका छन् । तोकिएको सीटमध्ये एमालेको प्रदेशसभामा क्षेत्र नं. ४ बाट २ उम्मेदवारको नाम घोषणा हुन बाँकी छ । माओवादी केन्द्रको भने क्षेत्र नं. २ र प्रदेशसभाको तीनै नाम घोषणा हुन सकेको छैन ।
नेपाली काङ्ग्रेस र राप्रपाको गठबन्धनको कारण पर्सा जिल्लामा उम्मेदवारको घोषणा हुन सकेको छैन । १ नं. क्षेत्र राप्रपाका उपाध्यक्ष राजीव पराजुलीको लागि छाडन लागेकोमा काङ्ग्रेसमा विवाद छ ।
क्षेत्र नं. २ मा अजय चौरसिया, ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजालको नाम पक्कापक्की भएको सचिव श्याम पटेलले बताए । उनले प्रदेशसभा सदस्यको टुङ्गो कात्तिक १५ गते मङ्गलवार हुने बताए । उम्मेदवारहरूको टुङ्गो लगाउन काङ्ग्रेसको बैठक लगातार बस्दै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नेे मिति तय छ । एक दिन अगाडिसम्म पार्टीले उम्मेदवारहरूको नाम घोषणा नगर्दा कार्यकर्ताहरूमा अन्योल छाएको छ ।
सबै दलका जिल्ला अध्यक्ष्F, संयोजक इन्चार्जलगायत अहिले राजधानीमा छन् । उनीहरू सम्भवतः बुधवार आउनेछन् ।