$type=ticker$count=12$cols=4$cate=0

चुनावी गठबन्धनको आवश्यकता र औचित्य

SHARE:

भरत सहनी
    राजनीतिक क्षेत्रमा दलहरूबीच चुनावी तालमेल तथा गठबन्धन हुनु सामान्य मानिन्छ । निर्वाचनमा राम्रो नतिजा प्राप्त गरी सरकार बनाउन राजनीतिक दलहरूले विचार र सिद्धान्त मिल्ने दलहरूसँग चुनावी गठबन्धन गर्ने गर्दछन् । भारतमा लामो समयदेखि भारतीय जनता पार्टी नेतृत्वकोे नेशनल डेमोक्र्याटिक एलायन्स (एनडिए) र काङ्ग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स (युपिए)ले गठबन्धनको सफल अभ्यास गर्दै देशलाई स्थिर सरकार दिन सफल भएका छन् । तर हालसम्म नेपालको इतिहासमा चुनावी तालमेल तथा गठबन्धनको राम्रा अभ्यास नभए पनि गठबन्धनको सरकार भने धेरैपटक बनिसकेको छ । दलहरूबीच चुनावी तालमेल नभएकै कारण गणतन्त्र स्थापना भएको १० वर्षको अवधिमा ९ पटक सरकार परिवर्तन भइसकेको ज्वलन्त उदाहरण हाम्रासामु छन् । सरकारमा नपुगेको कुनै दल नै देखिंदैन । यसरी घरीघरी सरकार परिवर्तन हुँदा देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाउँदै गएकोले देशमा स्थिर सरकार हुनु आवश्यक छ । अनावश्यक दल दर्ता तथा समानुपातिक निर्वाचन प्रणालीका कारण नेपालमा कुनै एक दलले बहुमत ल्याउन सक्ने न्यून सम्भावना रहेकोले दलहरूबीच चुनावी गठबन्धन तथा पार्टी एकताको प्रक्रियामा जानु जरुरी छ । सानासाना दलहरूसँग पार्टी एकता गर्दैमा र अन्य दलका असन्तुष्ट नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदैमा निर्वाचनमा बहुमत ल्याउन नसकिने भन्दै नेपालमा पनि गठबन्धनको थालनी भएको छ । २०७४ मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखी नेपालका ठूला राजनीतिक दलहरूले चुनावी गठबन्धनको प्रयास थालेकामा त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।
    आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखी नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच वाम गठबन्धन तथा नेपाली काङ्ग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राजपा नेपाल, सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमबीच लोकतान्त्रिक गठबन्धनको घोषणा भएको छ । घोषित चुनावी गठबन्धन चुनावसम्म रहला कि नरहला, चुनावमा कस्तो परिणाम ल्याउला र निर्वाचनपश्चात् गठबन्धन कायम रहला कि नरहला त्यो हेर्न अभैm बाँकी नै छ । तर सिट सङ्ख्यालाई लिएर गठबन्धनभित्र भइरहेका विवाद हेर्दा गठबन्धनको भविष्यमाथि शङ्का हुनु स्वाभाविकै हो । गठबन्धनमा रहेका दलहरूको अवस्था हेर्दा दुवै गठबन्धनमा सानासाना विवादहरू देखिन्छन् । वाम गठबन्धनले चुनावी तालमेल र पार्टी एकताका लागि औपचारिक घोषणा गरेको साता दिन नबित्दै नयाँ शक्ति नेपाल वाम गठबन्धनबाट अलग्गिएर नेपाली काङ्ग्रेससँग चुनावी तालमेल गर्न पुगेको छ । वाम गठबन्धनबाट नयाँ शक्ति नेपाल अलग्गिएपछि एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि साझा उम्मेदवार घोषणा गरिसकेका र दोस्रो चरणको निर्वाचनको लागि पनि साझा उम्मेदवार घोषणा गर्ने निर्णय नजिक पुगेका छन् । अर्कोतिर, लोकतान्त्रिक गठबन्धनभित्रका लोकतान्त्रिक फोरम हालै मात्र नेपाली काङ्ग्रेसमा विलय भएको र बाँकी दलहरूबीच सिट सङ्ख्यालाई लिएर विवाद देखिएको छ । जसले गर्दा पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनका नेपाली काङ्ग्रेस, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिकको सहमतिमा साझा उम्मेदवार घाषित भए भने दोस्रो चरणको निर्वाचनका लागि अभैmसम्म सहमति हुन सकेको छैन ।
    दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पनि नेपाली काङ्ग्रेस, राप्रपा, राजपा नेपाल र सङ्घीय समाजवादी फोरमबीच सिट बाँडफाँटको विवाद टुङ्गिएला भन्ने सम्भावना कमै देखिन्छ । यस्तो अवस्थामा देशमा तेस्रो गठबन्धन निर्माण नहोला भन्न सकिन्न । मधेसवादी दल बाहुल्य २० जिल्लामा राम्रो जनाधार भएका राजपा नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने निश्चित जस्तै छ । मधेसकेन्द्रित यी दुई ठूला दलहरू एकापसमा चुनावी तालमेल गरी निर्वाचनमा जानु लोकतान्त्रिक गठबन्धनको लागि घाटा भएपनि तेस्रो गठबन्धनका लागि वरदान साबित हुने देखिन्छ । मधेसी दलहरूको चुनावी तालमेलबाट वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनका असन्तुष्ट नेता–कार्यकर्ताहरू मधेसकेन्द्रित दलहरूमा प्रवेश गर्ने र निर्वाचनमा राम्रो नतिजा ल्याउने प्रचुर सम्भावना रहेको छ । साथै, आगामी निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमध्ये कुनै एकले बहुमत ल्याउन नसके सरकार बनाउन मधेसकेन्द्रित दलहरू तुरूपका एक्का साबित हुने देखिन्छ ।
    आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि चुनावी तालमेल र पार्टी एकताको पहल एमालेले ग¥यो । यसको मुख्य कारण हालै सम्पन्न स्थानीय तहको चुनावी परिणाम हो । स्थानीय तहको कुल ७५३ सिटमध्ये एमालेले २९४ स्थानमा जीत हात पार्दै पहिलो पार्टी बन्न सफल भयो । तर यही नतिजा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोहोरिने हो भने एक नम्बरको पार्टी बने पनि सरकारमा जान नसक्ने देखिएकोले एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल तथा पार्टी एकताको प्रक्रिया थालेको राजनीतिक जानकारहरू बताउँछन् । जुनसुकै उद्देश्यले चुनावी तालमेल तथा पार्टी एकताको प्रयास भएपनि एमालेको यस कदमबाट अन्य दलहरूलाई पनि चुनावी गठबन्धन तथा पार्टी एकता गर्न बाध्य बनाएको छ । र, आगामी दिनमा कुनै एक गठबन्धनले स्थिर सरकार बनाउन सक्ने प्रचुर सम्भावना रहेको छ । चाहे त्यो सरकार वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन वा कुनै अन्य गठबन्धनकै किन नबनोस् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपश्चात् मुलुकमा स्थिर सरकारको निर्माण भई विकासले गति लिनेमा सबै एकमत देखिन्छन् । स्थिर सरकारको माध्यमबाट मात्रै राष्ट्रिय स्वाभिमान, स्वाधीनता र समृद्धितर्पm मुलुक लम्किने भएकोले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भनी सम्पूर्ण नेपालीको अपेक्षा छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चुनावी गठबन्धनको आवश्यकता र औचित्य
चुनावी गठबन्धनको आवश्यकता र औचित्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0QbohkYhHviok8Pow3TR2lv1og76XgLbNdqxKYnh5dnUwgn7Hxzy0pXthsvAg2k6UeRnG6jl9N8kf8-rz6Mh3SPY5iI-9H-U_28EdE_u63iXhSS6YuuKEz9Nf-CkpG1_Whi2Nr3O30kA_/s200/bharat+sahni.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj0QbohkYhHviok8Pow3TR2lv1og76XgLbNdqxKYnh5dnUwgn7Hxzy0pXthsvAg2k6UeRnG6jl9N8kf8-rz6Mh3SPY5iI-9H-U_28EdE_u63iXhSS6YuuKEz9Nf-CkpG1_Whi2Nr3O30kA_/s72-c/bharat+sahni.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/10/blog-post_287.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/10/blog-post_287.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy