प्रस, वीरगंज, १३ कात्तिक/
पर्सामा अहिले डेंगु रोगका बिरामीहरू देखा पर्न थालेको नारायणी उपक्षेत्रीय अस्पततलले जनाएको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला स्रोतको अनुसार अहिलेसम्म आठजना बिरामीमा डेंगु रोगको कीटाणु भेटिएको छ । वीरगंजस्थित ल्याब तथा अस्पतालहरूको तथ्याङ्क प्राप्त भएको छैन । तर एकजना चिकित्सकका अनुसार पर्सामा ५० भन्दा बढी सो रोगका बिरामीहरू छन् । सरुवा बिरामी भएकोले समयमा नियन्त्रणमा गर्ने प्रयास गरिएन भने बिरामीको सङ्ख्या बढेर जाने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट सो रोग सर्ने भएकोले महानगरमा पहिले लामखुट्टे नियन्त्रण गर्ने अवश्यकता रहेको उनको भनाइ छ ।
यस बिषयमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख सच्चिदानन्द सिंहले डेंगु रोगका बिरामी देखा परेको जानकारी पाएको बताउँदै उनीहरूका लागि निश्शुल्क कीटको व्यवस्था नेपाल सरकारले गरेको बताए । रक्त परिक्षणका लागि नेपाल सरकाले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साबाट निश्शुल्क कीट वितरण गरिंदै आएको उनले बताए ।
निजी ल्याबहरूमा सो रोगको परीक्षण महँगो भएकोले नारायणी उपक्षेत्रीय अस्प्तालमा नै रक्तपरीक्ष्Fण गराउन सुझाव दिएका थिए ।
आप्mनै घरको फोहोर छिमेकीको घर अगाडि फाल्ने, घर अगाडिको नाला सरसफाइ नगर्ने, सरसफाइमा सहयोग नगर्नेजस्ता कारणले लामखुट्टे बढेकोले सो कार्य रोक्न स्वास्थयकर्मी जयमोद ठाकुरले सुझाव दिए ।