प्रस, निजगढ, १३ कात्तिक/
वनमन्त्री विक्रम पाण्डेसहितको टोलीले सोमवार निजगढस्थित फास्ट ट्र्याक (दु्रतमार्ग)को अनुगमन गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बारा निजगढ आएका मन्त्री पाण्डेले कामलाई निरन्तरता दिन निर्देशन दिएका छन् । वन मन्त्रालयबाट काममा कुनै समस्या नभएको र नहुने बताउँदै कुनै समस्या भए बेलैमा जानकारी गराउन आग्रह गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थल नेपाल र नेपालीहरूको भाग्य र भविष्यसँग जोडिएकोले निर्माण कार्य तोकिएकै समय सीमामा पूरा गर्न राज्य निरन्तर लागिपरेको उनले बताए ।
नेपाली सेनालाई राज्यले निर्माण सम्पन्न गर्न दिइसकेकोले तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा आपूm र सरकार आशावादी रहेको वनमन्त्री पाण्डेले बताए ।
यसका निम्ति सबै जनता, तह तप्काका राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, कर्मचारीहरूले यस राष्ट्रिय गौरवको आयोजनालाई सम्पन्न गराउन निरन्तर सकारात्मक भूमिका निर्वाह गर्नसमेत वनमन्त्री पाण्डे आग्रह गरे ।
सो मार्गमा पर्ने रूखको छपान कार्य तीव्र गतिमा भइरहेको र हालसम्म १ हजार रूख छपान भइसकेको नेपाली सेनाको विकास निर्माण कार्य दल गण–२ ले जानकारी दिएको छ ।
द्रुतमार्ग निर्माण सम्पन्न भएपछि वार्षिक १० अर्बभन्दा बढी इन्धन खर्च बचत, समयको बचत, आवतजावतमा सुविधा हुने विज्ञ एवं जानकारहरूको भनाइ छ । तीन महिनादेखि निजगढ, लेनडाँडा, बुधुने, मख्खुबेसी, सिस्नेरीमा नेपाली सेनाले निर्माण क्याप खडा गरी काम शुरु गरेको छ भने थप ५ स्थानमा चाँडै सेनाले क्याप खडा गरी काम शुरु गर्ने नेपाली सेनाको विकास निर्माण कार्य दल गण स्रोतले जानकारी दिएको छ ।
तराई, पहाडसँगै राजधानी जोडने ७६ किलोमिटर दूरीको यो मार्ग निर्माण भएपछि बढीमा डेढ घण्टामा काठमाडौं पुगिन्छ ।
करिब ४ वर्ष अघि डेढ वर्ष लगाएर नेपाली सेनाले ट्र्याक खोलेको थियो । फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएसँगै कामले गति लिएको छ ।