प्रस, वीरगंज, ७ कात्तिक/
विपी उद्यान वीरगंजमा रहेको हड्ढङ बजारको नामले परिचित खुद्रा कपडा बजार हटाउनुको सट्टा महानगरले सोलाई व्यवस्थित गर्ने काम शुरु गरेको छ ।
वर्र्षौंदेखि सो स्थानमा कब्जा जमाएर बसेका खुद्रा कपडा व्यवसायीहरूले नगरपालिकालाई व्यवसाय करबाहेक अन्य कर दिंदैनन् । महानगरको जग्गामा व्यवसाय गर्दै आएका उनीहरूले अहिलेसम्म जग्गा करबापत रकम भने दिएका छैनन् । त्यस्तै जग्गामा पसल थापेबापत पनि कर तिरेका छैनन् । सामान्यतया महानगरभित्रको पान पसलदेखि ठूला पसलहरूले तिर्दै आएको व्यवसाय कर मात्रै उनीहरूले तिरेका छन् । महानगरपालिकाले खुद्रा व्यवसायीहरूसँग व्यवसाय करबाहेक अन्य कर नलिए पनि सो स्थानमा कारोबार गरेबापत व्यवसायीहरूले राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, स्थानीय क्लब र केही दबङ्ग व्यक्तिलाई अघोषित रङ्गदारी बुझाउँदै आएका छन् । हड्ढङ बजारको नामले परिचित सो बजार हटाउने प्रयास भएको थियो तर त्यति बेलादेखि अहिलेसम्म बजार हटेको छैन । पछिल्लोपटक कार्यकारी अधिकृत विष्णु कोइरालाको पालामा हटाउन खोजिएको थियो ।
मीनाबजार व्यवस्थित गर्न विपी उद्यानमा रहेको तरकारी बजारसँगै हड्ढङ बजार पनि हटाउन पत्र काटिएको थियो । तर हड्ढङ बजार अहिलेसम्म हटेको छैन । हाल हड्ढङ बजार रहेको विपी उद्यान क्षेत्रमा पक्की पर्खाल बनाउने महानगरको योजना पनि तुहिएको छ । ठेकेदारले न्यून मूल्यमा ठेक्का सकार गरेकोले सो काम शुरु भएकै छैन ।
यता हड्ढङ बजार हटाउन नसकेको महानगरले पछिल्लो समयमा आएर हुलाक कार्यालय अगाडि रहेको उद्यानकै जग्गामा बजार व्यवस्थित बनाउने काम गरेको छ । फलामे पाइप दिएर हालको स्थानबाट हड्ढङ बजार हटाएर हुलाक अगाडि राख्ने तयारी अन्तिम चरणमा छ ।
महानगरमा स्थानीय तहको निर्वाचन भएर मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरूको बहाली भएपछि हड्ढङ बजार सार्ने काम स्थगित भएको छ ।