मानिसको प्रवृत्ति भिन्नाभिन्नै हुन्छ । त्यही प्रवृत्तिले कसैलाई जुझारु र कसैलाई दब्बु बनाउँछ । प्रवृत्तिले कसैलाई विकासोन्मुख बनाउँछ भने कसैलाई निरन्तर यथास्थितिवादी । तर यस प्रवृत्तिको विकास कसरी हुन्छ भन्ने कुराको खोजखबर कमै भएको पाइन्छ । नेपालमा शोषित, दमित धेरै जातिमध्ये मुसहर पनि एउटा हो । नेपालको जातीय वर्गीकरणले गर्दा उपल्लो जातलाई जहिले र जहाँ पनि शिक्षा र अवसरको प्राप्ति भयो भने तल्लो जाति सबैको मानव अधिकार हनन गरियो । त्यसका पछाडि लामो जातीय इतिहासको भूमिका रहेको छ । सबै जातिको आप्mनो पुस्तैनी पेशा भएजस्तो मुसहरको भने कुनै परम्परागत पेशा छैन । डोमहरूले बाँसका दैनिक घरेलु उपयोगका सामग्री बनाउँछन्, कुमालेले माटाका भाँडाहरू बनाउँछन्, कसैले धातुका सामानहरू बनाउने पुस्तैनी पेशा पाएका छन्, कसैले लुगा सिउने । यी पेशा अँगालेका भए तापनि तल्लो जातिका भएकाले उनीहरूको जीविकोपार्जन यतिबाट सम्भव हुँदैन भने मुसहर जातिको पुस्तैनी कुनै पेशा नै छैन । त्यसैले उनीहरूले दैनिक श्रम गरेरै आजीविका कमाउनुपर्छ । त्यसैले उनीहरूसँग कुनै बचत हुँदैन र उनीहरू भूमिहीन हुन्छन् ।
देशमा निरन्तर राजनीतिक प्रणालीमा परिवर्तन आएसँगै सामाजिक सोचमा परिवर्तन आएको छ । सामाजिक सोचमा परिवर्तनले शिक्षा र अर्थमा सबैको ध्यान केन्द्रित भएको छ । यसका साथै थुप्रै व्यक्ति र संस्थाहरू पनि अस्तित्वमा आएका छन् जसले दीनहीन, गरीब, शोषित र दलितहरूको दशा सुधार्न विभिन्न योजनाहरूको सरकारी र गैरसरकारी स्तरमा परिचालन गरिरहेका छन् । त्यसैमध्ये ‘भोर’ एउटा संस्था हो, जसले देशभरिका मुसहरहरूको जीवनशैलीमा परिवर्तन ल्याएर उनीहरूको मानव अधिकार संरक्षण गर्न लागिपरेको छ । यसका लागि भोरले मुसहर जातिको सर्वतोमुखी कल्याणका लागि विभिन्न कार्यक्रम सञ्चालन त गरेको नै छ, उनीहरूको शिक्ष्Fामा विशेष जोड दिएको छ । हुनत मुसहरहरूका लागि एउटा बस्ती नै निर्माण गरिदिने श्रेय नेपालका चर्चित कलाकारद्वय ‘धुर्मुस’ र ‘सुन्तली’ले पाएका नै छन् । यसै क्रममा भोरले सर्लाही जिल्लाको चन्द्रनगर गाउँको मुसहरहरू बस्ने विभिन्न टोलमा एकत्रित कार्यक्रम गरी मुसहरहरूको नमुना टोल बनाउने घोषणा गरेको छ, जसमा मानिसका लागि चाहिने आधारभूत आवश्यकताका सबै सेवा सुविधा उपलब्ध हुनेछ ।
मुसहर अशिक्ष्Fित भएकोले नहुन्जेल काम गर्छ, थोरै मात्र भए पनि मोज गर्छ । सामन्तवादी समाजले तल्लो वर्गका जातिहरूको प्रवृत्ति नै यसै प्रकारले विकसित गरिदिएको छ । यसबाट उनीहरू कहिले पनि आर्थिकरूपले सम्पन्न हुन सक्दैनन् र सदा सेवा गरेर जीवनयापन गर्न बाध्य हुन्छन् । मानिसमा अभाव भएपछि अरूको सेवा गर्न प्रवृत्त हुन्छ । यस मनोवैज्ञानिक तथ्यलाई बुझेका शोषक–सामन्तहरूले सदीयौंदेखि मुसहरलगायत तल्लो भनिएका जातिहरूको शोषण गर्दै आए । अब सबै प्रकारका पुरातन, रूढि सोचको विस्थापन र नयाँ प्रगतिशील विचारधाराले पोषण पाइरहेको अवस्थामा नेपालमा कोही तल्लो जाति र कोही माथिल्लो जातिको नभनियोस् देशको सबै जातजातिबीच समानता कायम होस् । त्यसका लागि भोरको प्रयास सार्थक लाग्दछ । शिक्षाको प्रसार र कुनै पनि कारणले व्यक्तिमा आपूmलाई हीन ठान्ने प्रवृत्ति
रहेन भने मानिसले स्वतः विकास गर्न सक्छ ।