नाउक्षे अस्पतालका डा. रामविरुद्ध उजुरी
प्रस, वीरगंज, १२ कात्तिक/
नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूतिगृहमा कार्यरत मेडिकल अफिसर डा. नागमणि रामविरुद्ध अस्पतालमा उजुरी पर्न थालेको छ ।
बिरामी र बिरामीका कुरुवाहरूसँग दुव्र्यवहार गर्ने र पेशाको मर्यादाभन्दा बाहिर गएर गालीगलौजमा उत्रिने जस्ता कार्य गरेको आरोप लागेको छ । भर्खरैको एक घटनामा बेथा लागेर प्रसूतिगृहमा भर्ना भएकी एकजना महिलाको कुरुवासँग उनले दुव्र्यवहार गरेका छन् । आपूmलाई डाक्टर मात्र नठान्न चेतावनी दिंदै शुरुमा आपूm गुन्डा रहेको डा. रामले बताए । उनले कुरुवालाई अपशब्द प्रयोग गरेका थिए । बिरामीका कुरुवाले तत्काल अस्पताल विकास समितिका अध्यक्षलाई सोबारे जानकारी गराएका थिए । अध्यक्षले कार्यालयमा मेसुलाई निवेदन दिन बताउँदै कारबाई गर्ने आश्वासन दिएका थिए ।
अस्पतालका प्रवक्ता रमेश चौधरीले डा. रामविरुद्ध दुई–तीनवटा उजुरी आएको बताए । उनले यसबारे चिकित्सकसँग सोधपूछ गर्ने काम भइरहेको जानकारी गराएका छन् ।
प्रस, वीरगंज, १२ कात्तिक/
नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियुमा रहेको भेन्टिलेटर विज्ञको अभावमा सञ्चालनमा आउन सकेको छैन । एनआइसियु सञ्चालन भएपछि अस्वस्थ शिशुहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिंदै आए पनि अहिले भेन्टिलेटर सञ्चालनमा छैन । यसको एउटै कारण हो जानकारको अभाव ।
तीन दिन अघि नवजात शिशुलाई भेन्टिलेटरमा राख्नुपर्ने चिकित्सकको सुझाव थियो तर भेन्टिलेटर सञ्चालनमा नभएको बताउँदै वार्ड इन्चार्जले बिरामीलाई अन्य अस्पताल रेफर गरेका थिए । भेन्टिलेटरको अभावमा नवजात शिशुलाई रक्सौलको डङ्कनमा भर्ना गर्नुपरेको पीडित परिवारले बताए ।
यसबारे अस्पतालका प्रवक्ता रमेश चौधरीले भेन्टिलेटर सञ्चालनमा रहेको बताएका छन् । उनले आपूmलाई भेन्टिलेटर सञ्चालन हुन नसकेकोबारे वार्डले जानकारी नगराएको उनले बताए ।