$type=ticker$count=12$cols=4$cate=0

२ नं. प्रदेशको चुनावबाट मुलुकलाई सन्देश

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    नयाँ संविधान लागू भएदेखि २ नं. प्रदेशलाई अशान्त, अस्थिर, अविकसित प्रान्तको रूपमा बुझिने गरिएको थियो । यहाँको चुनावमा जनसहभागिता कम हुने, बढी हिंसा हुने अनुमान गरिएको थियो । त्यसैले सबै क्षेत्रको चुनाव सम्पन्न भएपछि मुलुकभरिको सुरक्षा संयन्त्र परिचालन गरेर यहाँ चुनाव गरियो । तर वर्तमान चुनावमा लगभग ८० प्रतिशत मतदान भयो र कहीं पनि हिंसात्मक घटना भएन । यसबाट मधेसप्रति राष्ट्रको बुझाइ सच्याउन जरुरी छ । मधेसी समस्याकोे गाँठो पनि यही होे ।  मधेसीहरूको सङ्घर्ष समग्र मुलुक र मुलुकवासीको समानता, विकास, स्वायत्तता, समृद्धि, हरेक खालको विभेदको अन्त्य एवं संवैधानिक अधिकारको लागि हो भन्ने कुरा मधेसी जनताले बुझेको छ । तर राष्ट्रिय शक्तिहरूले यसलाई राष्टिय अखण्डता विरुद्ध सङ्घर्षको रूपमा बुझ्ने र बुझाउने गरेका छन्, जुन नितान्त गलत हो ।
    बीस वर्ष अघि भएको चुनावमा जनतामा कित्ताकाट हुन्थ्यो । मतदान गर्दा हरेक पदमा रोजेको दललाई नै मत हाल्ने गरिन्थ्यो तर वर्तमान चुनावमा दलीय उमेदवारभन्दा रोजेको व्यक्तिलाई हालेको देखिन्छ । किनभने एउटै मतपत्रमा एक भन्दा बढी दललाई मत दिएको देखियो । यसबाट मतदाताले दलभन्दा व्यक्ति विशेषलाई प्राथमिकता दिएको देखिन्छ । यसबाट दलले टिकट दिंदा माथिल्लो निर्णयबाट होइन, भूसतहबाट आएको सुझाव अनुसार टिकट दिनुपर्ने सन्देश जान्छ । यसले स्थानीय तहको चुनाव दलीय आधारमा नगर्ने कि भन्ने बहस उठाएको छ । विगतका चुनावमा दलबाट कित्ताकाट गरेका व्यक्तिसँग बोलचाल पनि हुँदैन्थ्यो तर वर्तमान चुनावमा हरेकले हरेकसँग भलाकुसारी गरेको, मत मागेको, राय सुझाव लिएको र हरेकले हरेकलाई आश्वासन लिएको र दिएको देखियो । जुन निकै सकारात्मक पक्ष हो । यसले विगतको जस्तो चुनावपछि झैझगडा, मारपिट तथा मुद्दा मामिलामा अल्झिने अवस्था आउँदैन । १३६ वटा निकायमध्ये कतै पनि झडपसम्म नहुनुले कतै धाँधली भएको वा अशान्ति भएको भन्न सकिंदैन । विगतका बर्षमा बुथ क्याप्चर गर्ने, नक्कली मत हाल्ने, कमजोरलाई बलपूर्वक लखेटने, अपराधी प्रयोग गरी डरधाक त्रास दिने घटना देखिन्थ्यो तर यस चुनावमा त्यस्तो केही देखिएन । एकाध मतगणना परिणाममा असन्त्ुष्टिसम्म देखिएको हो, जसलाई निर्वाचन आयोगले पुनः मतदान गरेर साम्य पा¥यो । जुन निकै सकारात्मक पक्ष हो । सानोतिनो अवरोधमा सर्वदलीय निर्णयबाट बाधा अडकाउ फुकाउने काम गरियो । विगतजस्तो चुनाव प्रचारमा न माइकिंग प्रयोग भयो, न भित्तेलेखन नै । उम्मेदवारहरूबीच आरोप–प्रत्यारोप भएको पनि देखिएन । समग्रमा चुनाव एकदमै शान्तिपूर्ण, धाँधलीरहित भएको कुरामा शङ्का छैन । नेकपा एमालेका अध्यक्षले धाँधली भएको आरोप लगाएका छ जुन पत्यारलाग्दो छैन । यसलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनु आवश्यक छ । सार्वजनिक स्थलमा पोस्टर र झन्डा राख्ने, बालबालिका प्रयोग, बढी गाडी प्रयोग गरेको, भोजभतेर गरेको भने देखियो । यसले पूर्ण आचारसंहिता लागू गर्न आयोग असफल रहेको पुष्टि हुन्छ ।
    वर्तमान चुनाव बढी खर्चिलो भयो । यस्तो परिपाटीले कमजोर आर्थिक हैसियत भएको व्यक्ति चुनाव लडने आँट गर्न सक्दैन । यस चुनावको सबैभन्दा खराब पक्ष भनेकै बढी खर्च हुनु र टिकट वितरणमा आर्थिक चलखेल हुनु हो । माओवादी अध्यक्ष प्रचण्डले पनि चुनाव धेरै खर्चिलो भयो, चुनाव पद्धति परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । वास्तवमा भन्ने हो भने वर्तमान चुनाव सोचेभन्दा बढी खर्चिलो देखियो । नगरपालिकाको एउटा वार्डमा आठ दश लाख रुपियाँभन्दा घटी खर्च भएको छैन ।  खर्चको यस अनुपातले आम मानिसलाई चुनाव लडन निकै कठिन छ । तर यसै चुनावमा करोडौं खर्च गर्ने व्यक्तिको लज्जास्पद हार पनि भएको छ भने गरिबले पनि अत्यधिक मतले विजय हासिल गरेको छ । अत्यधिक खर्च गरेर पनि चुनाव नजित्नु र कम खर्चमा चुनाव जित्नुले चुनाव पद्धति महँगो छ भन्न मिल्दैन । हाम्रो शैली र बुझाइ मात्र महँगो देखिएको हो । वीरगंज महानगरको उपमेयरका उमेदवारहरूले खर्च गरेर मत पाएका हुन् भनी मान्ने आधार छैन ।
    चुनावमा खर्च त भएको छ तर खर्च उसैको भएको छ जोसँग खर्च गर्ने क्षमता छ र जसले पैसाको दम्भ देखाएको छ । चुनाव महँगो त भएको छ, तर जनता र पद्धतिले गर्दा होइन कि नेताहरूले बनाएका हुन् । निर्वाचनमा जानु अघि नै दलहरूले मेयर, उपमेयर तथा अध्यक्षको उमेदवार त्यही व्यक्तिलाई छनोट गरे जो धनाढ्य थिए । टिकट वितरण गर्दा रातो रात सक्रिय कर्ताकर्तालाई पन्छाई नवप्रवेशी धनाढ्यलाई उम्मेदवार बनाए । ती उम्मेदवारहरू पनि प्रायः यस्ता देखिए जसमा अर्थबाहेक अन्य सबल पक्ष्F थिएन । छानीछानी धनाढ्यलाई टिकट दिनु, उम्मेदवारीकै दिन ठूलो तामझामका साथ उम्मेदवारी दर्ता गनुर्, भोजभतेर गर्नुले खर्च नगरी चुनाव जितिंदैन भन्ने अर्थ लगाएर पैसाको खोलो बगाउँदा चुनाव खर्चिलो एवं भडकिलो भयो । यदि सबैले निम्नवर्गीय, कम पैसावाल, पार्टी र सामाजप्रति योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउने हो भने चुनाव महँगो हुँदैन । चुनाव महँगो हुन्छ भन्ने नेताहरूको आकलनको पछाडि जनसङ्ख्याको आकार ठूलो हुनु, एक लाखभन्दा बढी मतदाता भएको क्षेत्रलाई महानगर र चालीस लाखभन्दा बढी जनसङ्ख्या भएकोलाई नगरपालिका कायम गरेपछि चुनाव खर्चिलो हुनु स्वाभाविक भयो । यसर्थ वर्तमान गाउँपालिका, नगरपालिका र महानगरपालिकाको जनसङ्ख्या घटाएर गाउँपालिकाको सङ्ख्या थप गर्ने हो भने बढी खर्चको त्रास हटछ र चुनाव कम खर्चिलो हुन्छ ।
    चुनाव पद्धति नै फेर्नुपर्छ भन्ने जरुरी छैन । मधेसमा पैसा र जातमा भोट दिने संस्कृति रहेको आरोप लाग्दै आएको थियो सोही कारणले दलहरूले जातीय बाहुल्य भएका धनाढ्यलाई उम्मेदवार बनाए तर जनताले मतदान गर्दा न धनाढ्यलाई दिए न जातलाई । चुनाव परिणामले धनाढ्य पनि हारेका छन र जातीयबाहुल्य भएका उम्मेदवार पनि । मतपत्र निकै लामो
रहेकोले बदर मत बढी हुन्छ भन्ने आशङ्का थियो तर त्यस्तो भएन । दलहरूले  मतदाताको क्षमता बुझ्न नसकेको देखियो । यो चुनावमा उम्मेदवारहरूलो घोषणापत्र जारी गरेनन् र मतदाताले पनि विकासको कुरा उम्मेदवारसँग गरेनन् । कुनैकुनै क्षेत्रमा त जनताले पत्याएको एउटा पनि उम्मेदवार नरहेको सुनियो ।
राइट टु रिजेक्टको अधिकार भएको जनताले धेरै उमेदवारलाई बहिष्कार पनि गथ्र्यो होला ।
    यो चुनावले अर्को महŒवपूर्ण सन्देश दिएको छ । जसलाई ठूला दलहरूले पाठको रूपमा लिनुपर्छ । २ नं प्रदेशकेन्द्रित मधेसवादीको आवाजलाई संविधान निर्माणदेखि नै महŒव दिइएन । यसको प्रमुख कारण के थियो भने मधेसमा नै मधेसवादीहरूले बढी जितेका थिएनन् । मधेसको आम जनता सडकमा आउँदा पनि एमालेजस्ता ठूला दलले यो मधेसी जनताको माग होइन, विदेश सञ्चालित आन्दोलन हो भनेर जनताको आवाजको अवमूल्यन ग¥योे तर अहिले चुनावले जनमत विगतमा मधेसमैत्री दलको पक्षमा दिएको छ । राजपा र फोरमलाई विगतभन्दा बढी समर्थन प्राप्त भएको छ भने काङ्ग्रेस र माओवादीले पनि महŒवपूर्ण जनमत पाएका छन् । काङ्ग्रेस र माओवादीले अन्य प्रदेशभन्दा बढी जनमत पाउनुको मुख्य कारण केपी ओली सरकार विघटन भएपछि माओवादी र काङ्ग्रेसले मधेस मुद्दाप्रति देखाएको सकारात्मक व्यवहार नै हो । काङ्ग्रेस र माओवादीले मधेसको माग पूरा गर्ने नरम आश्वासन मात्र दिएका छन् पूरा गरेका छैनन्, तर मधेसी जनताले त्यसैलाई पत्यायो । वस्तुतः मधेसको सवालमा काङ्ग्रेस र माओवादी पनि एमालेभन्दा फरक छैनन् । फरक यति हो कि एमालेका नेताहरूले कठोर अभिव्यक्ति दिएर मधेसको सवाल पूरा हुनै नदिने प्रत्यक्ष अडान राखे भने काङ्ग्रेस र माओवादी पूरा गर्छौं भन्ने मीठो आश्वासन दिए । यसर्थ कुनै पनि शक्तिले आम जनताको चित्त दुखाउने व्यवहार गर्नुहुन्न भन्ने वर्तमान चुनावले एमालेजस्ता राष्ट्रिय दललाई पाठ सिकाएको भन्नुपर्छ । राजपा, फोरमतर्फ जनमत हुँदाहुँदै पनि काङ्ग्रेस ठूलो दल बन्नुले मधेसमा एउटा मात्र मधेसी दल हुनुपर्छ भन्ने जनादेश गएको छ । ठूला दल र नेताहरूले गम्भीररूपमा बुझ्नुपर्ने कुरा के छ भने मधेसीलाई साम्प्रदायिक भएको आरोप लगाइए पनि मधेस साम्प्रदायिक छैन भन्ने यस चुनावले प्रमाणित गरेको छ । मधेसको कुनै यस्तो निर्वाचन क्षेत्र छैन, जहाँ मधेसवादी दलसहित ठूला दलले प्रतिस्पर्धा गरेका छैनन् ।
    वर्तमान चुनावमा भाग लिएका हरेक दललाई जनताले अर्थपूर्ण मतदान गरेर मधेसमा साम्प्रदायिक गन्ध छैन भन्ने सन्देश दिएको छ । गैर मधेसी क्षेत्रमा पनि मधेसवादीहरूको समर्थन र स्वीकार्यता बढ्यो भने मधेसी र पहाडी बीचको दूरी हटछ र राष्ट्रिय एकता मजबुत हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : २ नं. प्रदेशको चुनावबाट मुलुकलाई सन्देश
२ नं. प्रदेशको चुनावबाट मुलुकलाई सन्देश
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgC2CoSfFaelNRrtOoqS4o92Qc72r5o8eVwHG51BHWAgVNKwzHfswH5Z4GZoUfNqXzjF4Dol1uPmFsNklZTZgLKpCnt6NMErRpgxjO-iFtQE1bAMqPWU0Xg65v0ldAvx9wMgS3ufBUlUpqh/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgC2CoSfFaelNRrtOoqS4o92Qc72r5o8eVwHG51BHWAgVNKwzHfswH5Z4GZoUfNqXzjF4Dol1uPmFsNklZTZgLKpCnt6NMErRpgxjO-iFtQE1bAMqPWU0Xg65v0ldAvx9wMgS3ufBUlUpqh/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_874.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_874.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy