तेस्रो चरणको स्थानीय तहको निर्वाचन कुबेलामा भयो । कारण जे रहेको होस्, खुशीको कुरा यो छ कि निर्वाचन निर्विघ्न सम्पन्न भयो । अहिले मतगणना कार्य हुँदैछ र दशैंले पनि छोप्दै आएको छ । मङ्गलवार ३ गतेदेखि शुरु भएको मतगणना आइतवार बिहानसम्म आधा मात्र सकिएको छ । ८४ हजार मतपत्र गिन्ती गर्नुपर्ने अवस्थामा ४५ हजार मात्र मतगणना भएको छ । आधाभन्दा केही बढी । यसका लागि ५ दिन पूरा खर्च भएको छ । गणितको हिसाबले शुक्रवारसम्म कहीं मतगणना पूरा हुनेछ र मत परिणाम सार्वजनिक हुनेछ । गणित सामान्य स्थितिमा मात्र सही हुन्छ । मतगणनामा कुनै झमेला खडा भयो भने दिन लम्बिन सक्छ, वा निर्वाचन आयोगले मतगणना सम्पन्न भइसकेका ठाउँबाट जनशक्ति थपेर एकैपटक धेरै ठाउँमा मतगणना गराउने हो भने छिटो पनि सम्पन्न हुन सक्छ । पर्सा जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भइसकेको अवस्थामा वीरगंजका मतदाताले मात्र प्रतीक्षारत रहनु कष्टकर बुझिन थालेको छ । मत परिणामको मानिसमा जति कौतूहलता छ, त्यति नै दशैं मुखमा आइसकेको छटपटी पनि छ।
सामान्यतया दशैं सप्तमीदेखि प्रारम्भ मानिन्छ । किनकि यसै दिनदेखि सरकारी कार्यालयहरू बन्द हुन्छन् । अष्टमीको दिन वीरगंजमा परम्परादेखि नै मेला लाग्दै आएको छ । नवमी र दशमी खासमा व्रत विसर्जन र टीका ग्रहणका लागि महŒवपूर्ण हुन्छ । तर निर्वाचन परिणाम आइदिएन भने दशैंको यो सम्पूर्ण चहलपहलमा विराम नलागे पनि मनमा खल्लोको अनुभूति उत्पन्न भइ नै हाल्छ । सबभन्दा महŒवपूर्ण कुरा अहिले सञ्चारको युगमा स्थानीय पत्रपत्रिकाहरू पनि सप्तमीको अङ्क प्रकाशन गरेर दशैंको कम्तिमा पाँच दिने लामो बिदामा बस्छन् । यसबीचमा निर्वाचन परिणाम आयो भने मनमा एउटा क्लेश रहिरहन्छ, दुई दशकपछि भएको निर्वाचनको समाचार प्रकाशन गर्न सकिएन, जीतहारको समीक्ष्Fा र मिमांसा गर्न सकिएन । यो कुरा सञ्चारकर्मीहरूका लागि दुःखद विषय त बन्छ नै, पाठकहरूमा पनि खल्लोपनाको अनुभूति गराउने छ । मतदातामा पर्ने चोट पनि असह्य नै रहने छ किनभने प्रतिकूल मौसममा, वर्षाले मतदान स्थलको हरिबिजोग बनाएको अवस्थामा पनि जुन धैर्य र उत्कट चाहनाले मत प्रदान गरे, समयमा परिणाम नपाउँदा वा परिणामले वर्ष दिनको महान् चाडलाई बिथोल्ने स्थिति आउँदा नरमाइलो मात्र हुनेछ ।
रोएर–कराएर केही हुने होइन । गर्ने निर्वाचन आयोगले हो । मतगणना स्थल अपर्याप्त छ भने केही वडाको मतगणना अन्यत्र लगेर भए पनि मङ्गलवार वा ढिलो बुधवारसम्म मतगणना सिध्याउने कार्ययोजना बनाउनु श्रेयस्कर हुनेछ । अब त निर्वाचन आयोगसँग पर्याप्त जनशक्ति भइसकेको छ, ठाउँ पनि प्रशस्त छ र सुरक्षाका लागि पनि जनशक्तिको कुनै कमी छैन । आवश्यकता छ त केवल, बाँकी समयमा अहर्निश कामको । यसमा मानिसको क्षमताको कुरा उठन सक्ला तर अहिले दशैंको परिस्थितिलाई विचार गरेर, एउटा ठोस कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइहाल्न अपरिहार्य भइसकेको छ । विषम परिस्थितिमा कार्य सम्पादनको आनन्दको कुनै सीमा हुँदैन । काम धेरै छ र समय थोरै, यसलाई उच्च व्यवस्थापनको माध्यमबाट सम्पादन गर्न सक्ने हो भने मतगणनामा कार्यरत सबैलाई, प्रत्याशी र मतदाता र नगरवासीलाई एक साथ अपार आनन्द प्राप्त हुनेछ ।