$type=ticker$count=12$cols=4$cate=0

वीरगंजको आलोकमा पूर्वाधारका बेथिति

SHARE:

ओमप्रकाश खनाल
    वीरगंज उत्पादन मात्र नभएर आपूर्तिको पनि केन्द्रबिन्दु हो । विविध अवरोध र विरोधाभास भएर पनि यो सीमान्त शहर आयात–निर्यात कारोबारको अद्यावधिक आधार  बनिराखेको छ । यो कसैको पहल र प्रयत्नबाट सम्भव भएको भने होइन, वीरगंजको भौगोलिक अवस्थिति नै यस्तो छ, जसले यो क्षेत्रलाई मुख्य उत्पादन र आपूर्तिकर्ताको रूपमा स्थापित गरिदिएको छ ।
    नेपालको मध्यभागमा रहनु र भारत तथा तेस्रो मुलुकसितको व्यापारमा तुलनात्मक कम दूरीमा रहनुका कारण यो मुख्य नाका बन्न सकेकोमा किन्तुपरन्तु आवश्यक पर्दैन । वीरगंज र आसपासका क्षेत्रमा निर्माण भएका उद्योग– व्यापारलक्षित पूर्वाधार कुनै सरकारी प्रयत्न र दीर्घकालीन योजनाका उपज होइनन् । खासमा यो राजधानीलाई आपूर्तिसँग जोड्ने अभीष्टको उत्पादन हो ।
    अहिलेसम्म वीरगंज र आसपासका क्षेत्रमा निर्माण भएका र योजनामा राखिएका औसत योजनाले राजधानीसितको सम्पर्कलाई नै मूल ध्येय बनाएका छन् । यस्ता संरचनाले स्थानीय विकासमा कुनै योगदान पु¥याएकै छैन भन्ने होइन । तर यहाँको सामाजिक जीवनको उत्थानमा देखिएको उदासीनताले आर्थिक विकासका पूर्वाधारभित्र अन्तर्निहित सरकारी अदूरदर्शिता र पूर्वाग्रह प्रकट भइराखेको छ ।
    वीरगंजलाई आर्थिक गतिविधिको केन्द्र भनिए पनि यहाँको आर्थिक र सामाजिक विकासका सूचकहरू औसतभन्दा निकै पछाडि किन छन् ? शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता पूर्तिको अवस्था किन दयनीय छ । यो सरकारी अदूरदर्शिता र पछिल्लो समयमा पूर्वाग्रहको उत्पादन होइन भनेर पत्याइराख्नुपर्ने भरपर्दो आधार फेला पार्न सकिएको छैन ।
    उल्लिखित तथ्य मुलुककै मुख्य आर्थिक गतिविधि समेटेर बसेको वीरगंजको विकासको अन्तर्य र यसका बेथितिहरूको सतही दृश्यावली मात्रै हो । वीरगंजको यो नमूना अव्यवस्थाबाट समग्र विकास प्रयत्नलाई चियाउँदा सरकारले उचित कार्यदिशा लिन नसकेको प्रस्टै हुन्छ । हामी विकासमा पछि परेका छौं । तथापि विकासका सर्वमान्य आयामहरूको पैmलावट साँघुरो छैन । विकासको बहस आपैंmमा वृहत् विषय हो ।
    वीरगंज मुख्य आयात–निर्यात केन्द्र भएकाले आपूर्ति व्यवस्थापनको उपायलाई मात्र हेर्दा पनि सरकारले योजनाबद्ध पाइला चाल्न नसकेको बुभ्mन धेरै दिमागी कसरतको खाँचो पर्दैन । वीरगंजलाई आपूर्ति केन्द्रकै रूपमा उपयोग गर्न मात्र पनि पारवहनका सरोकारहरूको सापेक्ष रूपान्तरण गरिनुपर्ने हो । तर सरकार र फरक आवरणका सत्ता सञ्चालकहरू आवश्यकताभन्दा पनि लोकप्रियतामुखी योजनाको चाङमा उभिने परिपाटीले धरातलीय आवश्यकतालाई सम्बोधन गर्न सकिराखेको छैन । खर्च भइराखेको स्रोतसाधनको औचित्यमा उठ्ने प्रश्न पनि अस्वाभाविक
होइनन् ।
    नेपाल भूपरिवेष्ठित मुलुक हुनुका कारण पारवहनका सरोकार आन्तरिक व्यवस्थापनमा मात्र सीमित छैनन् । वैदेशिक बन्दरगाह र भूमिको उपयोग हाम्रा निम्ति भौगोलिक बाध्यता हो । नेपालको अधिकांश व्यापार भारतकेन्द्रित छ । व्यापारमात्र होइन, पारवहनको सरोकार पनि भारतबाट अलग छैनन् । वीरगंजको भारतीय महावाणिज्य दूतावासले सार्वजनिक गरेको तथ्य अनुसार हामीले वैदेशिक व्यापारको ९० प्रतिशत पारवहनका लागि भारतीय भूमि प्रयोग गर्दै आएका छौं । समुद्री बन्दरगाह, रेल र स्थल पारवहन भारतमा आधारित छन् । यतिसम्म कि हामी ढुवानीका साधनमा पनि भारतकै भर परिराखेका छौं ।
    अहिलेसम्म भारतको सबैभन्दा पुरानोमध्ये एक कोलकाता बन्दरगाह नेपालका लागि चल्तीको बन्दरगाह बनेको छ । यो बन्दरगाहको अस्तव्यस्त व्यवस्थापन र सरोकारका सेवाप्रदायकको मनोमानीले पारवहन अनपेक्षित जरिवानाको भारले थिचिएको छ । अन्ततः यसको मार आम उपभोक्ताको टाउकोमा गइराखेको छ । सरकारी संयन्त्र यो अव्यवस्थाप्रति जानकार भएर पनि बेखबरजस्तै छ ।
    अहिले कोलकाताको विकल्पका रूपमा विशाखापट्टनम बन्दरगाह उपयोगको कुरा आएको छ । कोलकातामा भोग्नुपरेको हैरानीले आजित आयातकर्तालाई आधुनिक पूर्वाधारयुक्त विशाखापट्टनमले ध्यान तान्नु अस्वाभाविक पनि होइन । तर आयातकर्ता यो बन्दरगाहबाट तुलनात्मक लाभको अवसरमा आश्वस्त हुन सकेका छैनन् ।
    सैद्धान्तिक सहमतिको करिब दशकपछि प्रयोगमा आएको विशाखापट्टनम कोलकाताको उपयुक्त विकल्प हो कि विशाखापट्टनम व्यवस्थापनको प्रचारशैलीको सीमित आकर्षण मात्र ? यो बहसको अलग र अनिवार्य विषय हुन सक्छ । अहिले यति भन्न सकिन्छ, यो आलाप हाम्रो गृहकार्य र आवश्यकताभन्दा पनि बन्दरगाह सञ्चालकको व्यापारिक लगाव बढी हो । यो परिदृश्यमा व्यापार सहजीकरणका निम्ति सरकार प्रभावकारी कूटनीतिकरूपमा चुकेको तथ्य पनि नौलो रहेन ।
    नेपालको दुई तिहाइ व्यापार भारतसित छ । वर्षौदेखिका कोलकाता बन्दरगाह, रेलवे, सुक्खा बन्दरगाह र गोदाम व्यवस्थापनका समस्या अहिले पनि सुल्झिएका छैनन् । वीरगंज सुक्खा बन्दरगाह सञ्चालनमा आएकै १३ वर्ष बितिसक्यो । त्यहाँ गोदाम, रेलवे ट्रयाकको प्राविधिक समस्या, लोडअनलोडका उपकरणलगायतका पूर्वाधारमा आयातकर्ताका थुप्रै गुनासा छन् ।
    हालै वीरगंजमा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलले आयोजना गरेको एउटा अन्तत्र्रिmयामा सरोकारवालाले नमूना बेथितिहरूका बारेमा निकै आलोचना गरे । कोलकाता बन्दरगाह, रेलवे तथा स्थल ढुवानी, सुक्खा बन्दरगाहसँग सरोकार राख्ने समस्याको फेहरिस्त छोटो छैन । यस्ता समस्याको चाङमा उभिएर निर्यात प्रवद्र्धन त परको कुरा आयातलाई समेत सकसमुक्त राख्न सम्भव छैन ।
    सरकारको सामान्य पहलमा हुन सक्ने कामसमेत अल्झिएका छन् । कोलकाता बन्दरगाह र भारतीय रेलवेको रक्सौल यार्डमा आयातकर्ताले गोदामको समस्या खेपिराखेका छन् । आयातकर्ताले व्यवस्थित गोदामको अभावमा भारतीय रेलवे र सिपिङ कम्पनीलाई बर्सेनि अर्बौं रुपैयाँ जरिवाना तिर्नुपरेको तथ्य नयाँ होइन । सरकार ती ठाउँका आप्mनै स्वामित्वमा भएको जग्गालाई गोदामको रूपमा उपयोग गर्ने काममा समेत उदासीन छ ।
    तत्कालका लागि यो अनपेक्षित खर्च व्यापारीको समस्याजस्तो देखिए पनि त्यसको अन्तिम भार वहन गर्ने आम उपभोक्ताले हो । सरकार यस्ता गम्भीर विषयमा हुलुका पारमा प्रस्तुत हुनु हाम्रो आर्थिक विकासको अपेक्षाका निम्ति सकारात्मक सङ्केत होइन । यस्तो पाराले आर्थिक अभिवृद्धिको लक्ष्य सहज हुँदैन ।
सरकारले सडक, रेल, जलमार्गजस्ता पूर्वाधारलाई योजनामा राख्दै आए पनि आन्तरिक ढुवानीमा अपवादबाहेक स्थलमार्गकै भर पर्नुपर्ने यथार्थ कसैबाट लुकेको छैन । सडक पूर्वाधारको तथ्याङ्कीय अवस्था मात्रै हेरौं, आर्थिक सर्वेक्षण २०७३/७४ ले हामीकहाँ सडक विभागले निर्माण गरेको २९ हजार १ सय ५७ किलोमिटर सडक छ । त्योमध्ये १२ हजार ३ सय ५ किलोमिटर सडक मात्र कालोपत्रे छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग मात्रै १ हजार २८ किलोमिटर छ ।
    स्थानीय निकायले अहिलेसम्म ५८ हजार किलोमिटर सडक बनाएकोमा कालोपत्रे २ हजार २ सय ५ किलोमिटर मात्र छ । पछिल्ला वर्षहरूमा सडकको परिमाण बढी देखिए पनि कालोपत्रे सडक घटेको छ । पूर्वाधारको कागजी तथ्याङ्क र सडकको गुणस्तरमा पर्याप्तै बहस हुन सक्छ/हुनु पनि पर्दछ ।
    राष्ट्रिय गौरवको सूची केलाउँदा पारवहन र यातायातलाई मूल अभिप्रायमा राखिएको भान हुन्छ । यस्ता २१ योजनामध्ये १० वटा सडक र हवाई यातायातका छन् । तर गौरवका आयोजनाको गति हेर्दा योजना पूरा हुँदासम्म त्यसको उपयोगिता नै समाप्त हुने हो कि भन्ने लाग्न थालिसकेको छ । संसद्को विकास समितिले राष्ट्रिय गौरवका योजनामा ६ वर्षभन्दा बढी समय नलगाउन निर्देशन दिए पनि ३० वर्षदेखिका योजनालाई गौरवको सूचीमा राखिएकै छ ।
    पूर्व–पश्चिम ९४५ किलोमिटर रेलमार्ग गौरवकै योजना हो । सीमावर्ती शहरहरूलाई रेल सञ्जालमा जोड्ने योजना पनि छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, वीरगंज–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन र सिमरा–बर्दिवास रेलमार्गका लागि चालू बजेटमा सरकारले ४ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ । उत्तर छिमेक चीनको सिमाना जोड्ने अभिप्रायले रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी ५१९ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको छ । यतिखेर मेट्रो र मोनो रेलको चर्चा पनि बाक्लै सुनिन्छ ।
हवाई यातायातको कछुवा गति कसैबाट लुकेको विषय होइन । काठमाडौंको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले उडानको चाप थेग्न नसकिराखेको बेला विकल्पमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलको गति मात्र यसको प्रमाणिकताका निम्ति पर्याप्त हुन्छ । अन्य क्षेत्रीय विमास्थलहरूको हविगत योभन्दा धेरै भिन्न छैन । विकास पूर्वाधारको तानाबाना बुनिराख्दा सरकार निर्माणपछिको सञ्चालनको पूर्वाधारमा बेप्रवाह देखिएको छ । यसले त्यस्ता योजना पूरा भएछन् भने पनि सेता हात्ती साबित हुने जोखिमलाई अस्वीकार गरिहाल्न सकिन्न ।
    मुलुक सङ्घीयता कार्यान्वयनमा गइराखेकोले पूर्वाधारमा प्रादेशिक सन्तुलन महŒवपूर्ण हुन्छ । तर अहिलेसम्म भौगोलिक र आर्थिक क्षेत्रलाई आबद्ध गर्ने प्रयत्न सार्थक हुन सकेको छैन । अधिकांश योजना र त्यसको लाभ अहिले ३ नम्बर प्रदेशमा सीमित भएको छ । त्यो पनि अधिकांश राजधानी काठमाडौं र आसपास समेटिएका छन् । यस्तो असन्तुलन असन्तोषको बीउ बन्न सक्छ भन्नेमा पर्याप्त राजनीतिक सुझबुझ र सतर्कताको खाँचो छ । यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजको आलोकमा पूर्वाधारका बेथिति
वीरगंजको आलोकमा पूर्वाधारका बेथिति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0v6fdt449c6ducv32MWn6qXGOzO9IQWUwdtTbZyYHh7nluZ2Dbjom3wkEeaHJwGeiaiSGrg1TLf4PaYO_uYF_ZVaD1A8CXsrnnkWo_uC3zn8RcQ7_h1xGrqEQzvl5qJMU4GAHOiI9lmhu/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0v6fdt449c6ducv32MWn6qXGOzO9IQWUwdtTbZyYHh7nluZ2Dbjom3wkEeaHJwGeiaiSGrg1TLf4PaYO_uYF_ZVaD1A8CXsrnnkWo_uC3zn8RcQ7_h1xGrqEQzvl5qJMU4GAHOiI9lmhu/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_828.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_828.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy