उमाशङ्कर द्विवेदी
अन्त्यमा राजा धृतराष्ट्रले भने–“दुर्योधन, महात्मा कृष्णजीले जुन कुरा भनेका थिए, त्यो जम्मै कल्याणकारी हुने खालको छ । तिमी त्यसमाथि ध्यान देऊ र त्यसै अनुसार अनुसरण गर । हेर, पुण्यकर्मा श्रीकृष्णको सहायताले हामीले जम्मै राजाहरूसित आप्mनो अभीष्ट प्राप्त गर्न सक्दछौं । तिमी यिनीसित राजा युधिष्ठिरको सामु जाऊ र ती जम्मै काम गर, जसले गर्दा जम्मै भरतवंशीहरूको मङ्गल हुन सकोस् । मेरो विचारमा त यो सन्धि गर्ने बेला हो, तिमीले यसलाई खेर नफाल । हेर, श्रीकृष्ण सन्धिको लागि प्रार्थना गर्दै हुनुहुन्छ र तिम्रो हितको कुरा गर्दै
हुनुहुन्छ । यदि तिमीले यो कुरा मानेनौं भने तिम्रो पतन कुनै पनि प्रकारले रोकिनेछैन ।”
यस्तो अप्रिय वचन सुनेर राजा दुर्योधनले श्रीकृष्णसित भने– “केशव, तपाईंले कुनै पनि कुरा राम्ररी सोचविचार गरेर मात्र बोल्नुपर्ने हुन्छ । तपाईं त पाण्डवहरूको प्रेमको बाङ्गोटिङ्गो कुरा गरेर विशेषरूपले मलाई नै दोषी ठह¥याउँदै हुनुहुन्छ । के तपाईंले मेरा बला–बलबारे विचार गरेर नै सर्वदा मेरो निन्दा गर्ने गर्नुहुन्छ ? मैले के देख्दैछु भने तपाईं, विदुरजी, पिताजी, आचार्यजी, र पितामहले एक्लै ममाथि नै सम्पूर्ण दोष लादिरहेका छन् । मैले त राम्ररी विचार गरिसकेको छु, मलाई आप्mनो कुनै पनि सानो वा ठूलो दोष देखिरहेको छैन । पाण्डवहरू आप्mनै शौकले जुवा खेल्नमा प्रवृत्त भएका थिए, त्यसमा मामा शकुनिले उनीहरूको राज्यलाई जितिलिए, त्यसैले उनीहरू वनमा जानुप¥यो । अब भन्नुहोस् मैले कुन अपराध गरें र उनीहरूले हामीसित वैर ठानेर हाम्रो विरोध गर्दैछन् ? हामीलाई थाहा छ, पाण्डवहरूले हाम्रो सामना गर्न सक्ने छैनन् । तैपनि उनीहरूले किन हामीप्रति शत्रुभैंm व्यवहार गरिरहेका छन् ? हामी उनीहरूको भयानक कर्महरूलाई देखेर वा तपाईंहरूको भीषण भाषण सुनेर तर्सनेवाला छैनौं । यस प्रकारले त हामी इन्द्रको सामुन्ने पनि झुक्नेवाला छैनौं । कृष्ण हामीले त यस्तो कुनै पनि क्षत्रीयलाई देखिरहेका छैनौं, जसले हामीलाई युद्धमा जित्न सक्ने हिम्मत राख्दछ । भीष्म, द्रोण, कृप र कर्णलाई त देउताहरूले पनि युद्धमा जित्न सक्दैनन्, पाण्डवहरूको त के कुरा ? अनि स्वधर्मको पालना गर्दै यदि हामी युद्धमा काम आयौं भन्ने स्वर्ग प्राप्त गर्नेछौं । यो त क्षत्रीयहरूको प्रधान धर्म हो । यस प्रकार यदि हामीले युद्धमा वीरगति प्राप्त ग¥यौं भने कुनै पछुतो हुनेछैन, किनकि उद्योग गर्नु नै पुरुषको धर्म हो । यस्तो गर्नुमा मानिस नष्ट भएपनि ऊ झुक्नुहुँदैन । मजस्तो वीर पुरुषले त धर्म रक्षाको लागि केवल ब्राह्मणहरूलाई नमस्कार मात्र गर्दछ, अन्य कसैको कुनै पर्वाह गर्दैन । यो नै क्षत्रीयहरूको धर्म हो र मेरो मत पनि । पिताजीले मलाई जुन पहिले राज्यको भाग दिनुभएको छ, त्यसलाई म जीवित रहुञ्जेल कसैले पनि लिन सक्दैन । मेरो बाल्यावस्थामा अज्ञान वा भयको कारण नै पाण्डवहरूले राज्य पाएका थिए । अब उनीहरूले फेरि पाउनेछैनन् । केशव, जबसम्म म जीवित छु, तबसम्म पाण्डवहरूलाई त्यति भूमि पनि दिन सक्दिनँ, जति एउटा सानो सियोको अग्रभाग हुन्छ ।”
दुर्योधनको कुरा सुनेर श्रीकृष्णको भृकुटी बाङ्गो भएर आयो । अनि एकछिन विचार गरेपछि उनले भने– “दुर्योधन, यदि तिमीलाई वीरशøयाको इच्छा छ भने केही दिनसम्म आप्mना मन्त्रीहरूसहित धैर्य धारण गर । तिमीले अवश्य त्यही पाउनेछौं र तिम्रो यो कामना पूर्ण हुनेछ । तर याद राख, बडो ठूलो जनसंहार हुनेछ र तिमीले पाण्डवहरूप्रति कुनै दुव्र्यवहार गरेका छैनौं भन्ने ठानेका छौं भने यहाँ भेला भएका राजाहरूले नै त्यसको विचार गरून् । हेर, पाण्डवहरूको वैभवको औडाहाले तिमी तथा शकुनिले नै जुवा खेल्नेजस्तो खोटो सल्लाह दिएका थियौ । जुवा त भलो मानिसको बुद्धि भ्रष्ट गर्ने खालको कुविचार हुँदै हो । जो दुष्ट पुरुष यसमा प्रवृत्त हुन्छ, त्यसले कलह र क्लेशको वृद्धि हुन्छ नै । अनि तिमीले द्रौपदीलाई सभामा भेला गराएर जस्तो अनुचित कुरा गरेका थियौ, आप्mनो भाउजूको साथ यस्तो कुचाल कसैले गर्न सक्दछ र ? आप्mनो सदाचारी, अलोलुप र सर्वदा धर्मको आचरण गर्ने भाइहरूका साथ कसले यस्तो दुव्र्यवहार गर्न सक्दछ ? त्यति बेला कर्ण, दुःशासन र तिमीले त्रूmर र नीच पुरुषभैंm अनेकौं कटु शब्द भनेका थियौ । तिमीले वारणावतमा बालक पाण्डव र उनीहरूका माताको साथ आगो बालेर डढाइदिने बडो कुत्सित प्रयत्न गरेका थियौ । त्यति बेला पाण्डवहरूले आप्mनी माताको साथ लुकेर एकचक्रा नगरीमा बस्नुपरेको थियो । यसबाहेक विष दिने आदि जस्ता अनेकौं उपायले तिमी पाण्डवहरूलाई मार्ने उपाय गरिरह्यौं तर तिम्रो कुनै पनि उद्योग सफल हुन सकेन । यस प्रकार पाण्डवहरूप्रति तिम्रो सर्वदा दुष्ट्याइ बुद्धि र कपटपूर्ण आचरण रह्यो । अनि कसरी भन्न सकिन्छ कि पाण्डवहरूप्रति तिम्रो कुनै अपराध छैन । यदि तिमीले पाण्डवहरूलाई उनीहरूको पैतृक भाग दिएनौ भने पापात्मन, याद राख, तिम्रो ऐश्वर्य भ्रष्ट भई उनीहरूको हातबाट मारिएर त्यो दिनुपर्नेछ । तिमीले कुटिल पुरुषभैंm पाण्डवहरूको साथमा अनेकौं नचाहिने काम गरेका छौ र आज पनि तिम्रो चाला उल्टै देखिइरहेको छ । तिम्रा माता–पिता, पितामह, आचार्य र विदुरजीले पटकपटक तिमीलाई पाण्डवहरूसित सन्धि गर्न भनिरहेका छन्, तर तिमी सन्धि गर्न तयार छैनौ । तिमीले आप्mना यी हितैषीहरूको कुरा नमानेर कहिले पनि सुख पाउन सक्नेछैनौ । तिमीले जे गर्न चाहिरहेका छौ, त्यो त अधर्म र अपयशकै बाटो हो । क्रमशः...