प्रस, ठोरी, ९ असोज/
ठोरी गाउँपालिका–२ को वनशक्ति स्थित ब्यारेक खेलमैदानमा सोमवारदेखि शुरु ‘दशैं कप’ पूmटबल प्रतियोगिताको उद्घाटन खेल जित्दै स्टार स्पोटर््स क्लब माडी चितवनले विजयी शुरुआत गरेको छ ।
वनशक्ति युवा क्लबले वडा दशैंको अवसरमा ठोरी गाउँपालिका–२ स्थित ब्यारेक खेलमैदानमा शुरु भएको प्रतियोगितामा चितवनको स्टार स्पोटर््स क्लब माडीले १–० गोल अन्तरले युवा हरियाली क्लब ठोरी–२ लाई पराजित गरेको हो । दोस्रो हाफको अन्तिम मिनेटमा स्टार स्पोटर््स माडीका लागि मिलन दुराले गरेको एक मात्र गोल निर्णायक बन्यो । हारसँगै युवा हरियाली क्लब ‘ए’ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको उद्घाटन समाजसेवी गीतादेवी बिष्ट र ठोरी गाउँपालिका–२ का वडा अध्यक्ष किशोर तामाङले संयुक्त रूपमा रिबन काटेर गरेका थिए ।
चितवन र पर्साका गरी १३ वटा क्लबको सहभागिता रहेको प्रतियोगिताका विजेताले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र र उपविजेताले रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्ने आयोजक विशाल क्षत्रीले बताए । प्रतियोगिताको फाइनल खेल असोज १९ गते हुने उनले बताए ।