प्रस, वीरगंज, ६ असोज/
नेपाल चिकित्सक सङ्घको आह्वानमा शुक्रवारदेखि नेपाल चिकित्सक सङ्घ नारायणी अञ्चल वीरगंज शाखा पनि आन्दोलनमा उत्रिएको छ ।
७२ घण्टे अल्टिमेटम दिएको सङ्घले माग सुनुवाइ नभएपछि आजदेखि आन्दोलनमा उत्रिएको हो । सङ्घको आह्वानमा देशभरिका स्वास्थ्य सेवा ठप्प पारिएको छ ।
यसैगरी, वीरगंजको स्वास्थ्य सेवा पनि आज बिहानदेखि ठप्प छ । नाउक्षे अस्पतालमा आकस्मिक सेवा मात्र सञ्चालनमा रहेको मेसु डा. चित्तरञ्जन साहले बताए । सङ्घको आह्वानमा अस्पताल, नर्सिङ होम, क्लिनिक आदि सम्पूर्ण सेवा ठप्प गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरूको आन्दोलनको कारण बिरामीहरू मर्कामा परेका छन् ।
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्ष्Fासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा व्यवस्था भए अनुसार उपचारको क्रममा लापर्बाही भई बिरामीको मृत्यु भए वैज्ञानिक अनुसन्धानबाट लापर्बाही ठहरिए समन्वय समितिले क्षतिपूर्ति भराइदिने स्पष्ट व्यवस्था भएकोमा सोविपरीत मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले चिकित्सकहरूको मानमर्दन गर्ने र पेशेवर सामाजिक अपराधीहरूको मनोबल बढाउने गरी चिकित्सकहरूबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनको नेपाल चिकित्सक सङ्घले विरोध गरेको हो ।
साथै सोही ऐनको दफा १५ को उपदफा ‘क’मा सामान्य कसूर अनुसार सजाय व्यवस्था गरिएकोले सो परिमार्जन गरी पीडित पक्षले क्षतिपूर्ति पाउने गरी बिनाधरौटी जेल चलान गर्ने प्रावधान राख्न सङ्घले सरकारसँग माग गरेको छ ।
सङ्घले दुईवटा माग राखी सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटममा सुनुवाइ नभएपछि आजदेखि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंज शाखाका अध्यक्ष डा. जगदीश अग्रवालले बताए ।