औषधिबिना कायाकल्प
स्वास्थ्यसम्बन्धी यस विषम स्थितिमा गम्भीर विवेचन गर्दा प्रतीत हुन्छ, प्राणीको जीवन प्रकृतिको नियमसँग बलियो गरी बाँधिएको छ। जीवन निर्माण गर्ने सत्तामा त्यसलाई सुसञ्चालित राख्नको लागि एक नियम शृङ्खलाको पनि निर्माण गरेको छ। यस नियमलाई जो प्राणीले जुन हदसम्म पालना गर्छ, त्यत्तिकै नै निरोग रहन्छ, जसले त्यसलाई चुँडाउँछ, त्यो त्यत्तिकै रोगको चङ्गुलमा फस्छ। मनुष्यको चलाकी, बुद्धिमानी प्रकृति माताको साथ सफल हुँदैन। प्रकृति माता जति दयालु छिन्, त्यत्तिकै निष्ठुरी पनि छिन्, उनको नियमको पालना गर्नेहरू आनन्दमय जीवनको उपहार पाउँछन् र जसले उनको नियम तोड्छ, त्यसले दण्ड पाउँछ। राजकीय कानूनलाई तोड्नेहरू कुनै उपायले जोगिए पनि प्रकृतिलाई धोका दिन कठिन छ।
प्रकृतिको नियम यति स्पष्ट खोलिएको, सर्वविदित र स्वाभाविक छ कि त्यसलाई जान्नको लागि कुनै ग्रन्थ पढ्न वा अन्वेषणशालामा जान आवश्यक नै छैन। दश इन्द्रिय र एघार विवेक बुद्धि यो यस्तो उत्तम कसौटी हो, जसले एक क्षणमा यो बताइदिन्छ कि शरीरलाई ठीक राख्नको लागि के ठीक हो ? के ठीक होइन ? खरो र खोटोको पहिचान गर्नमा उसलाई अलिकति पनि समय लाग्दैन। उपयोगी र अनुप्रयोगको भेद उसले तुरुन्त थाहा पाउँछ। इन्द्रियको चैतन्य ज्ञान तन्तुलाई आप्mनो स्वाभाविकरूपबाट स्वतन्त्रतापूर्वक, बिना धोकामा राखी काम गर्न दिइयो भने त्यो अक्षय आरोग्यको लागि हाम्रो ठीक–ठीक पथ प्रदर्शन गर्न सक्छ।
सृष्टिको अन्य जीव आप्mनो इन्द्रियको प्रकृतिप्रदत्त ज्ञानको माथि पूर्ण निर्भर रहन्छ र स्वास्थ्य सुखको अक्षय उपभोग गर्छ। जुन आहारलाई उसको इन्द्रियले स्वीकार गर्छ, त्यसलाई ग्रहण गर्ने बित्तिकै अन्य वस्तुलाई छुँदैन। बाख्राले आँपको पात खान्छ तर यदि त्यो गाईलाई दिइयो भने त्यो भोकै मर्छ तर त्यसलाई स्वीकार गर्दैन। ब्वाँसोले मासु खान्छ तर यदि भैंसीलाई मासु दिइयो भने त्यसले छुँदा पनि छुँदैन। सुगाले खुर्सानी खान्छ तर परेवाले त्यसलाई कुनै प्रकारले स्वीकार गर्दैन। मुखको ढोकामा जिब्रोरूपी चौकीदार प्रकृतिले बसाएको हो, जुन यो जाँचिरहन्छ कि कसलाई भित्र जान दिने हो र कसलाई जान नदिने। जिब्रो त्यो चिकित्सक हो, त्यो वैज्ञानिक हो, जसको कसौटी कहिल्यै गलत हुन सक्दैन। तर मनुष्य आप्mनो बुद्धिमानीले यस चौकीदारलाई धोका दिनमा, भ्रममा राख्नमा, निद्रित असमर्थ वा बेहोस गर्नमा खर्च गर्छ। निरन्तर अत्याचारलाई सहँदा–सहँदै पनि इन्द्रिय पनि त्यसै ढाँचामा ढल्न पुग्छ र हानिकारक आहारमा त्यति विरोध गर्दैन, जति गर्नुपथ्र्यो।
थोरै उमेरका बालक जसको जिब्रोको ज्ञान ठीक छ, त्यसको अगाडि खाद्य पदार्थ राख्नुस्, त्यसले त्यसबाट उचितलाई नै ग्रहण गर्नेछ। दूध, फल, मेवा आदिलाई त्यसले खुशी–खुशी खान्छ तर खुर्सानी, मसाला, मासु, बोसो, तेल आदि ग्रहण गर्दैन। सधैं–सधैंको अत्याचारबाट नराम्रो बानी लगाएपछि जिब्रो खुर्सानी खाने बेलामा पोल्छ, धेरैजसो पदार्थ यस्तो पनि छ, जुन आप्mनो असलीरूपमा खान सकिंदैन र त्यसमा अनेक बुद्धि लगाएर खुर्सानी, मसाला, सख्कर आदि मिलाएर यस्तो बनाइन्छ कि जिब्रोले त्यसको असली रूपलाई चिन्न सक्दैन। मासु शायद कसैले खान सक्दैन तर जब अनेक उपयाले त्यसलाई उमालेर, भुटेर, पोलेर, सुक्खा गरेर, घ्यू मसाला मिलाएर, नयाँ तरिकाले पकाएर त्यसलाई केबाट के बनाइदिन्छौं, तबमात्र त्यो हाम्रो पेटमा पुग्न योग्य हुन्छ । तम्बाकू, अफिम, रक्सी, भाङ, चरेस आदि नशालु पदार्थ पनि यस्तै हुन्, यसलाई खाँदा जिब्रोले केही आनन्द अनुभव गर्दैन तर लतको कारण मानिसले बलात् त्यसलाई पनि पेटमा पु¥याउँछ। यो सबै जिब्रो इन्द्रियमाथि अत्याचार हो। प्रकृतिको चौकीदारमाथि अत्याचार गर्नेहरू दण्डबाट जोगिन सक्दैनन्, यो दण्ड उसले बिमारीको रूपमा पाउँछ।
दुर्गन्धित स्थानमा नाकले दुर्गन्धलाई सुँघ्न हामीलाई आदेश गर्छ र भन्छ कि यहाँबाट भाग यहाँको वायु हानिकारक छ। बगैंचाको सुगन्ध वा स्वास्थ्यकर वायुमा नाकले प्रसन्नताको अनुभव गर्छ मानौैं त्यसले त्यो बताउँछ कि यहाँको वायु हाम्रोलागि उपयुक्त छ । आँखाले पनि घृणित, घिनलाग्दो, विभत्स, फोहर वस्तुलाई हेर्दा रिसाउने र सुन्दर, चैतन्य, सरस, सुहाउँदो, सुव्यवस्थित, सतेज वस्तुमा अनुराग प्रकट गर्छ। उसको यो परख हाम्रोलागि हानि र लाभको स्पष्ट सङ्केत हो। कान पनि हानिकारक, भयङ्कर, कर्कश कटु शब्द सुनेर अरुचि र मधुर ध्वनिमय, आनन्ददायक शब्दलाई सुनेर रुचि प्रकट गर्छ, यो परीक्षण शक्ति हरेक इन्द्रियमा हुन्छ तर यदि दिनहुँ नराम्रो कुरासँग अभ्यास गराइयो भने इन्द्रिय त्यस नराम्रोको पनि अम्मली हुन्छ। नर तब काम सेवनको लागि प्रस्तुत हुन्छ, जब मादालाई पनि त्यसको इच्छा हुन्छ। मादा पनि गर्भधारण गर्ने आवश्यकताको लागि उत्तेजित हुन्छ र जसरी त्यो आवश्यकता पूरा भयो भने एक लामो समयको लागि जबसम्म पुनः गर्भधारण गर्ने आवश्यकता पर्दैन, तबसम्मको लागि एकदमै शान्त हुन्छ। यसबीचमा नर मादाको साथ रहे पनि काम प्रस्ताव गर्दैन। यस विषयमा पनि मनुष्य प्राणीले आप्mनो विविध स्थिति बनाएको छ। प्रायः सबै इन्द्रियको दुरुपयोग हुन्छ। अखाद्य खाना, फोहर अस्वस्थकर वायुमा बस्नु, घृणित फोहर कुरूप पदार्थलाई आँखामा ल्याइराख्नु, कटु कर्कश शान्ति भङ्ग गर्ने अरुचिकर शब्द ध्वनि श्रवण गर्नु, अति पूर्ण अमर्यादित काम सेवन गर्नु यी सबै कुरा इन्द्रियको लागि उचित मर्यादा तोड्ने यस्तो जीवनले कसलाई निरोगी बनाइराख्छ।
दिनमा सुत्नु, रातमा जाग्नु, तेज बिजुलीको प्रकाशमा आँखा गढाइराख्नु, धूलो, धुँवा, गर्मी, फोहरले भरिएको वातावरणमा रहनु यी सबै प्रकृतिको नियम तोड्नु हो। शरीरको छालाको बनावट स्वाभाविक यस्तै छ कि जाडो–गर्मीबाट शरीरको बचाऊ त्यसले गर्न सक्छ। ससाना र कमजोर प्राणी पनि खुला शरीर गर्मी–जाडोमा घुमफिर गर्छ तर कसैलाई न त निमोनिया हुन्छ, न त लु नै लाग्छ। फेसनको कारण कपडाको भरमार गरेर, गन्जी, कमिज, वास्कट, कोट, ओभरकोट, एकमाथि अर्को पाँच कपडा, हरेक कपडामा दुई–तीन परत यस प्रकार १०–१५ परतले शरीर ढाक्दा छालाको चैतन्यता नष्ट हुन्छ। भित्रको खराब हावा जुन छालाबाट निस्किन्छ, कपडाले ढाकिएर त्यो रोकिन्छ र शरीरभित्र घेरिएर रहन्छ। बाहिरको स्वच्छ वायु कपडाको रोकावटको कारण छालासम्म पुग्दैन। जसरी बन्द कोठामा फलेको बिरुवा स्वच्छ वायुको अभावमा पहेंलो हुन्छ र ओइलाउँछ। त्यही अवस्था कपडाको भरमारको कारण हाम्रो शरीरको हुन्छ। मुख, नाक, कान, अनुहार, घाँटी, हातको पञ्जा आदि जुन स्थान सदा खुला रहन्छ, त्यसलाई जाडो वा गर्मीको कुनै विशेष अनुभव हुँदैन। यस प्रकार सम्पूर्ण शरीर खुला रह्यो भने केही हानि छैन। साधु, संन्यासी, किसान तथा जङ्गली जातिका मानिस प्रायः खुला शरीर नै बस्छन्, उनीहरूलाई जाडो–गर्मीको कुनै कष्ट हुँदैन। कपडाको भरमार जाडो–गर्मीबाट जोगिनको लागि होइन, वरन पैmसनको कारण गरिन्छ र यो फेसन अन्ततः हानिकारक नै सिद्ध हुन्छ।