डा. रमेश मिश्र
आयुर्वेद एउटा चिकित्सा विज्ञान हो । रोग परीक्ष्Fण र औषधि व्यवस्थापन सबै वैज्ञानिक पद्धतिमा आधारित हुन्छ । कुन रोग लाग्ने कारण के हो ? कहिलेदेखि लागेको छ ? यसको लक्षण र औषधि व्यवस्था सबैको एउटा निश्चित मापदण्ड हुन्छ । आयुर्वेद उपचारमा एउटै रोगको औषधि व्यवस्थापन रोगीको प्रकृति अनुसार फरकफरक हुन्छ । अतः योगी, साधु, फकिर र टेलिभिजनको विज्ञापनमा भर परी औषधि कहिल्यै पनि सेवन गर्नुहुँदैन । रोग लागे आयुर्वेद खानुपरेमा आयुर्वेद चिकित्सक, कविराज, वैद्यको सल्लाहनुसार सेवन गर्नुपर्दछ ।
आयुर्वेद अनुसार वात, पित, कफ, यी तीन शारीरिक दोषहरू हुन् । यसैमा हाम्रो शरीर स्वस्थ रहनु वा नरहनु आधारित हुन्छ । यसमध्ये कुनै एक, दुई वा तीनै दोषहरूमा जब विषमता हुन्छ, तब रोगको उत्पत्ति हुन्छ र दोष वैषम्यलाई नै रोग वा विकार भनिन्छ । दोष वैषम्य हुनेबित्तिकै रोग उत्पन्न हुँदैन, यसको क्रमिक विकासको प्रक्रियाबाट रोग उत्पन्न हुन्छ । विषम दोष जुन क्रमबाट रोग उत्पन्न गर्दछ, त्यस क्रममा ६ वटा अवस्था हुन्छन्, जसलाई आयुर्वेदको भाषामा क्रियाकाल भनिन्छ । क्रियाको अर्थ हो चिकित्सा र कालको अर्थ हो अवसर अर्थात् क्रियाकाल चिकित्साका अवसर यी ६ अवस्थाहरूमा जब पनि सम्भव भए रोगको चिकित्सा शुरू गरिदिनुपर्दछ । किनकि रोगोत्पत्तिको जति अगाडि चिकित्सा गरिन्छ, रोगलाई समूल नष्ट गर्नमा त्यत्ति नै बढी सुविधा हुन्छ ।
चिकित्सामा प्रथम क्रियाकाल अर्थात् सञ्चयको अवस्थामा रोगी आए सजिलै रोग नष्ट गर्न सकिन्छ । आयुर्वेद चिकित्साको सफलता र चिकित्सकको बुद्धिमानी यस कुरामा भर पर्दछ कि रोग प्रकट हुनुभन्दा पूर्व नै भावी विकारको व्याधि तŒवको पहिचान गर्न यसको लागि नाडी परीक्ष्Fाबाट थाहा पाउन सकिन्छ । साथसाथै धातु, मलको विकृति हुनुभन्दा पहिला रोगीको सूक्ष्म परीक्षण गरेर दोष वैषम्यको स्थिति थाहा पाइन्छ । दोष वैषम्यजन्य क्रियाकाललाई सूक्ष्म बुद्धिद्वारा थाहा पाएपछि चिकित्सकले दोषको सञ्चय अवस्थामा नै प्रतिकारको उपाय गरिसकेपछि विकार शान्त हुन्छ र रोग उत्पन्न हुने सम्भावना समाप्त हुन्छ । अतः रोगको अनुत्पत्ति अथवा समूल उन्मूलनको लागि सञ्चय, प्रकोप, प्रसर, स्थान, संश्रय, व्यक्त र भेद यी ६ क्रियाकाल चिकित्सा गर्नलाई चिकित्सकलाई थाहा पाउनु अत्यन्त जरुरी हुन्छ । अतः आपूm बाहिरबाट स्वस्थ भएपनि कम्तीमा वर्षमा एकपटक चिकित्सकसँग आप्mनो स्वास्थ्यबारे सल्लाह लिनुपर्दछ किनकि रोगलाई नजरअन्दाज गरियो भने रोग बिस्तारैबिस्तारै बढ्दैबढ्दै सञ्चयबाट भेदतिर गएर ठूलो रूप लिन्छ । समयमा उपचार गरियो भने ठूल्ठूला रोगहरू पनि सजिलै निको पार्न सकिन्छ ।
आयुर्वेद चिकित्सक, नारायणी आयुर्वेदिक औषधालय, वीरगंज