$type=ticker$count=12$cols=4$cate=0

भडखालो आइलाग्यो

SHARE:

    विभिन्न किसिमको दुरवस्था झेलिरहेको नेपाली जनतालाई अहिले विभिन्नथरीको आशङ्काको रोगले च्याप्न थालेको छ । नेपाली जनतामा, लामो समयदेखि निरन्तर जारी सङ्क्रमणकालले कुनै पनि कामप्रति आशङ्का जन्मने स्वभाव बन्दै गइरहेको छ र परिस्थितिले पनि उक्त स्वभावको पोषणमा योगदान दिइरहेको छ । पर्सा जिल्लामा जारी स्थानीय तहको मतगणना कार्य, अन्यत्र सम्पन्न भइसकेर, महानगरपालिका मात्र बाँकी रहँदा, आजभोलि परिणाम आउने आशमा बसेको नगरवासीको मनमा तुषारापात भएको छ । निर्वाचन आयोगले जारी गरेको मत–तालिका र दलका मतगणना प्रतिनिधिहरूले दिएको तालिकामा भिन्नता रहेको अत्तो थापेर एकथरीले विवाद उठाएपछि भरतपुरजस्तै लामो समयसम्म वीरगंजको मतगणना पनि विलम्बित हुने हो कि भन्ने आशङ्का उब्जेको थियो । भरतपुरकाण्डको परिणामबाट त्रस्त नेपालीमा संत्रास उत्पन्न गराएको थियो । हुनत तत्कालका लागि मतगणना राखी राख्ने सद्यःनिर्णयले यो आशङ्का टरेको छ ।
    कुनै व्यवधान उत्पन्न नहुने हो भने भोलि वा पर्सिसम्म वीरगंजको मतगणना सम्पन्न भएर परिणाम आइसक्छ । परिणामको अनुकूलता वा प्रतिकूलताले कोही हर्षित र कोही दुःखी बन्नु अनिवार्य छ । यो स्वाभाविक मानव प्रकृति हो । तर यसलाई एउटा खेल ठान्ने हो भने आजको खेलको विश्लेषण गरेर, आजको कमी–कमजोरी र रणनीतिक त्रुटि परिमार्जन गरेर भोलिको विजयलाई निश्चित गर्न सकिन्छ । एउटा व्यक्ति वा राजनीतिक पार्टीका लागि उपयुक्त पनि यही हो । हारलाई जसरी पनि विजयमा परिणत गर्ने बानी बसालियो भने दीर्घकालमा त्यसले नराम्रो परिणाम दिन्छ । मानिस पो अल्पजीवी हुन्छ, देश र राजनीति दीर्घजीवी हुन्छ । मानिसले गर्ने हित भनेको आपूm संलग्न दल र देशको मात्र हो । एउटा व्यक्ति बन्यो र सम्पूर्ण समाज पतनोन्मुख भयो भने त्यो स्वेच्छावादी सोच हो । एउटा व्यक्तिको शर्तमा समग्र समाज र देशको भलो हुनु समष्टिको हित हो । यद्यपि हाम्रो समाजमा यो सोच फलीभूत हुन समय लाग्ला तर देश त्यसै दिशातर्फ उन्मुख छ । र आउँदो दिनमा हाम्रो समाज सम्पूर्णतामा पुग्ने निश्चित देखिएको छ ।
    हामी लोकतन्त्र उन्मुख छौं । लोकतन्त्रमैं देश र देशवासीको हित छ भन्ने हाम्रो समयको मान्यता हो । अब यस मार्गबाट विचलित हुन पाइन्न । लोकतन्त्रको संस्थागत विकासका लागि जनता र जनताको मतमा विश्वास गर्नैपर्छ । जनताले दिएको निर्णय निःसङ्कोच स्वीकार गर्नैपर्छ । आज निर्वाचनको समयमा प्राप्त मत जनताको निर्णय हो । त्यो निर्णय कसको पक्षमाम गयो र कसको विपक्षमा गयो र किन गयो भनी समीक्षा गर्ने बेला आउँदै छ । आजको दायित्व भनेको बिनापूर्वाग्रह जननिर्णय स्वीकार गर्नु हो । यसमा व्यवधान पु¥याउनु भनेको ‘थान गुमाएर गज प्राप्त गर्ने’ बनियाँ–प्रवृत्ति साबित हुन जानेछ । असत्यमाथि सत्यको विजयरूपी बडादशैं महान् पर्वको शुभ अवसरमा वीरगंज महानगरपालिकाको निर्वाचनले सत्य र असत्यको भेद मेटाउने छ भन्ने कुरामा ढुक्क हुन सक्नु नै लोकतान्त्रिक मर्म र मान्यतालाई अङ्गीकार गरेको ठहर हुनेछ । अन्यथा भीरबाट खस्न लागेको गाईका लागि राम १ राम ११ मात्र भन्न सकिन्छ । त्यो अवस्था नआइलागोस् भन्ने हेक्का राखेर पाइला चाल्नु नै श्रेयस्कर हुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भडखालो आइलाग्यो
भडखालो आइलाग्यो
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_372.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_372.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy