प्रस, वीरगंज, ९ असोज/
वीरगंज महानगरको मेयरका ३५ प्रत्याशीमध्ये १५ जनाले अहिलेसम्म १ मत पनि पाउन सकेका छैनन् । १ लाख ८ हजार ५ सय १ मतदाता रहेको वीरगंज महानगरमा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८४ हजार ७ सय ६३ मत खसेको थियो । अहिलेसम्म जारी मतगणनामा करिब २८ वडाको नतिजा सार्वजनिक भएको छ ।
केही वडाको मतगणना जारी छ भने १५ देखि १८ वडाको मतगणना केही राजनीतिक दलको विरोधमा हाल स्थगित अवस्थामा छ । पछिल्लो मतगणनासम्म मेयरका ३५ प्रत्याशीमध्ये १५ जना उम्मेदवारले आप्mनो मतसमेत पाउन सकेका छैनन् । जबकि निर्वाचन प्रयोजनमा उम्मेदवारी दर्ता गर्दा एकजना समर्थक र एकजना प्रस्तावकले उम्मेदवारको हकमा हस्ताक्षर गरेको हुन्छ । समर्थक, प्रस्तावक तथा उम्मेदवार समेतले आपैmलाई मतदान नगरेको सङ्ख्या १५ छ ।
वीरगंज महानगरमा उम्मेदवारी दिएका मेयरका प्रत्याशीमध्ये १ मत पनि नपाउनेहरूमा काउली, केटाकेटी, काठको मुढा, कालो पाटी, मसी र कलम, ज्यावल, काँटा–चम्चा, बिरालो, मकैको बोट, क्यालकुलेटर, ठेकी, बाकस, ब्याट्री, ब्याडमिन्टन कर्क, पानीको बोतल, पानीको फिल्टर, कोसा चुनाव चिह्न रहेका उम्मेदवारले १ मत पनि पाएका छैनन् ।
यसैगरी बेलना र चकला, इस्टकोट, पङ्खा, क्यामरा चुनाव चिह्न रहेका उम्मेदवारले १ मत मात्र पाएका छन् ।
चुनाव चिह्न चमेरो–७, क्यारेमबोर्ड– १४, पाङ्ग्रो– ७२, हँसिया– ४७, हँसिया तारा–७८ मत पाएका छन् ।