प्रस, परवानीपुर, ८ असोज/
नेपाल चिकित्सक सङ्घले तीन दिन देखि आह्वान गरेको हडतालका कारण स्वास्थय सेवा प्रभावित भएको छ । सङ्घको केन्द्रीय कार्यालय, काठमाडौंले जारी गरेको विज्ञप्तिमार्फत् तीन सूत्रीय माग राख्दै नारायणी अञ्चल शाखा पनि आन्दोलित भएको हो । नारायणी अञ्चल शाखा अध्यक्ष डा. जगदीश अग्रवालले माग पूरा नभएसम्म चिकित्सकहरूको आन्दोलन जारी रहने बताए । सङ्घले गत असोज २ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा यदि उपचारको क्रममा कुनै बिरामीको मृत्यु भयो भने त्यसको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाट नै भराउने निर्णयले सम्पूर्ण चिकित्सकहरूको मानमर्दन र सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको उपहास गरेको चिकित्सकहरूको ठहर छ । आन्दोलित चिकित्सकहरूको पहिलो बुँदा पास हुन लागेको विधेयक फिर्ता गर्नुपर्ने माग रहेको छ । दोस्रो माग स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गर्नेलाई जेल बिदाउट–वेल राखिएको छ । तेस्रो चिकित्सक शिक्षा ऐन पारित हुनुपर्ने र बिरामीमाथि थुप्रिंदै गएको ५ प्रतिशत सेवा शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ ।